- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरक्वारेन्टाइनमा व्यायाम

क्वारेन्टाइनमा व्यायाम

- Advertisement -spot_img

दिप्तीशिखा चौधरी
दंगीशरण, ३० जेठ । पश्चिम दाङको दंगीशरण गाउँपालिकाका क्वारेन्टाइनमा योग अभ्यास सुरू गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरूलाई मध्यनजर गर्दै योग अभ्यास सुरू गरिएको छ ।
जागृति महिला सामुदायिक संस्थाको आयोजना एवं सामाजिक विकास कार्यालय प्रदेश नं ५ को आर्थिक सहयोगमा गाउँपालिकाको दुईवटा क्वारेन्टाइनमा योग अभ्यास सुरू गरिएको हो ।
क्वारेन्टाइनमा बसेका नागरिकहरूका लागि योग अभ्यासको आयोजना गरिएको छ । कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएका नागरिकहरूको स्वास्थ्यको कामना गर्दै योग अभ्यासको आयोजना गरिएको पतञ्जली योग प्रशिक्षक दंगीशरणका दिपक गौतमले जानकारी दिए ।
योग र ब्यायामको माध्यमले रोगबाट बच्न सकिने भन्दै गाउँपालिकाको वीरेन्द्र मावि हेकुली र सिद्ध पृथ्वी जनता माविको क्वारेन्टाइनमा बसेकाहरूका लागि व्यायामको आयोजना गरिएको उनले बताए ।
कोरोना संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि प्रत्येक दिन बिहान योग प्रशिक्षण दिने गरेको उनले बताए ।
व्यक्तिको मनोबल र आत्मविश्वासले कोरोना संक्रमणलाई पराजय गर्न सहयोग पुग्ने भएकाले योग र व्यायामको व्यवस्था गरिएको जागृति महिला सामुदायिक संस्थाकी दिपा अधिकारीले बताइन् ।
पछिल्लो समयमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गएकाले यसको नियन्त्रणका लागि योगको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।
अहिले गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरूलाई पतञ्जली योग प्रशिक्षक दंगीशरणका दिपक गौतम र कमलकान्त भट्टराईले प्रशिक्षण दिइरहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here