- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरकृषि विकास बैंकको रक्तसञ्चारलाई एसी

कृषि विकास बैंकको रक्तसञ्चारलाई एसी

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ३० जेठ । कृषि विकास बैंक घोराही शाखाले नेपाल रेडक्रस सोसाइटी दाङ शाखालाई दुईथान एसी सहयोग गरेको छ । रक्तसञ्चार केन्द्र घोराही र रक्त सञ्चार केन्द्र तुलसीपुरमा राख्ने गरी बैंकले दुईवटा एसी सहयोग गरेको हो ।
बैंकको सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत रक्तदानका क्रममा रक्तदाताहरूलाई सुविधा दिने उद्देश्यले एसी सहयोग गरेको कृषि विकास बैंक घोराही शाखाका प्रबन्धक बाबुराम ज्ञवालीले जानकारी दिएका छन् ।
एक कार्यक्रमका बीच कृषि विकास बैंक क्षेत्रीय कार्यालय नेपालगंजका प्रमुख गिरधारी पौडेल र घोराही शाखाका प्रबन्धक बाबुराम ज्ञवालीले नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका सभापति नारायण आचार्यलाई एसी हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै कृषि विकास बैंकका क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख पौडेलले सामाजिकप्रति उत्तरदायित्वलाई वहन गर्दै कोरोनाको कहरको समयमा पनि बैंकले सहयोगको कार्यक्रम गरेको बताए ।
उनले बैंकले गरेको सहयोगलाई सहीरूपमा उपयोग गर्दै रक्तदाताहरूलाई सुविधा दिनसमेत आग्रह गरेका थिए ।
उनले कृषि विकास बैंकले अन्य निजी बैंक सरह नै जनतालाई सुविधा दिदै आएको भन्दै सेवालाई व्यवस्थित गर्दै आएको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङका शाखा सभापति नारायण आचार्यले कृषि विकास बैंकको सहयोगले ब्लड बैंकको स्तरवृद्धि गर्न सहयोग पु¥याएको बताएका थिए ।
‘ब्लड बैंकमा एसीको सुविधा नहुँदा गर्मीको समयमा रक्तदान गर्दा कतिपय रक्तदाताहरू बेहोस हुने गर्नुभएको थियो’ सभापति आचार्यले भने–
‘अब रक्तदान गर्ने ठाउँमा एसी जोडेपछि त्यो समस्या हट्नेछ । साथै यो सहयोगले ब्लड बैंकको स्तरवृद्धिमा समेत सहयोग पुग्ने भन्दै सहयोग गर्ने कृषि विकास बैंकलाई धन्यवाद दिए । कार्यक्रमको सहजीकरण बैंकका शाखा अधिकृत राजकुमार विकले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here