- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचररोल्पामा थप १४ मा कोरोना

रोल्पामा थप १४ मा कोरोना

- Advertisement -spot_img

प्रदेश टुडे
रोल्पा, ३० जेठ । रोल्पामा बिहीबार थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा गरिएको स्वाव परिक्षणमा सुनिल स्मृति गाउँपालिकाका १४ जनामा संक्रमण पुष्टि भएको हो ।
गाउँपालिकाको वडा नम्बर ४ का ८ जना, वडा नम्बर ७ का १ जना र वडा नम्बर ८ का ६ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा एक बालक र एक महिला रहेका छन् ।
गाउँपालिकाको वडा नम्बर ४ का ७ वर्षका बालकमा कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का १६, १८, २२, २२, २४ र ३० वर्षका पुरूष र ४४ वर्षका १ महिलामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी वडा नम्बर ७ का १७ वर्षका एक पुरूष, वडा नम्बर ८ का १८, १९, २१,२३ र ३२ वर्षका पुरूषमा कोरोना पुष्टि भएको हो । रोल्पामा यसअघि तीनजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यससँगै रोल्पामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here