- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचररूकुम घटनाको विरोधमा धर्ना

रूकुम घटनाको विरोधमा धर्ना

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ३० जेठ । रूकुम पश्चिम चौरजहारी–८ सोतीमा भएको घटनाको विरोध गर्दै संयुक्त दलित युवा अभियानले तुलसीपुरमा एक घण्टा धर्ना दिएको छ ।
जातीय विभेदकै कारण भएको उक्त घटनाको विरोधमा ¥याली निकालेको अभियानले बिहीबार धर्ना कार्यक्रमको आयोजना गरेको थियो ।
बिहान ८ देखि ९ बजेसम्म तुलसीपुरको विपी चोकमा धर्ना दिएका थिए । त्यस अवसरमा ५० बढी युवाहरूको सहभागिता रहेको थियो ।
धर्नापछि आयोजित सभालाई सम्बोधन गर्दै अभियानका संयोजक खेमराज विश्वकर्माले छजनाको ज्यान गरी भएको उक्त घटनाको विरोध गर्दै सत्यतथ्य छानबिनको लागि दवाव दिन धर्ना दिएको जानकारी दिएका छन् ।
उक्त नरसंहार घटनाको दोषी उम्कने गरी घटना तोडमोड गर्न खोजे दलित युवाहरू नछाड्ने र निरन्तर खबरदारी गर्ने उनले बताएका थिए ।
सहसंयोजक शेर बहादुर परियारले नवराज विकसहित ज्यान गुमाएका परिवारलाई राज्यले न्याय दिन नसके आन्दोलनलाई अझ सशक्त बनाइने बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here