- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरदोषीलाई कारवाही र व्यवसायीलाई क्षतिपूर्तिको माग

दोषीलाई कारवाही र व्यवसायीलाई क्षतिपूर्तिको माग

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ३० जेठ । दाङ निर्माण व्यवसायी संघले देउखुरीमा सडक निर्माणमा प्रयोग भएका स्काभेटरमा आगजनी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका महासचिव शोकबहादुर रोकामगरले एक प्रेस विज्ञप्ति जारी गरी केही दिन पहिले कल्याणकोट कालाकाटे गढवा सिक्टा सडक निर्माणमा प्रयोग भएका स्काभेटरहरूमा आगजनी गर्नेलाई तत्काल पहिचान गरी कडा कारवाही गर्न माग गरेका छन् ।
बज्रगुरू कान्छाराम कन्स्ट्रक्सन जेभीका ति स्काभेटरमा आगजनी हुँदा करोडौंको नोक्सानी भएको भन्दै दोषीलाई कारवाही र क्षतिपूर्तिका लागि सरकारसँग संघले माग गरेको छ ।
निर्माणमा खटिएका निर्माण व्यवसायीलाई हतोत्साहित गर्ने क्रम नरोकिएको भन्दै महासचिव रोकाले निर्माण कार्य रोकेर सुरक्षा माग्नु पर्ने अवस्था आएको उल्लेख गरे । तीन दिन पहिले गढवा गाउँपालिका–१ जेठान गाउँमा राखिएका पाँचवटा स्काभेटरमा आगजनी भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here