- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयपरिक्षण बढाऊ

परिक्षण बढाऊ

- Advertisement -spot_img

सम्पादकीय
नेपालमा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ । परिक्षणको दायरा जति बढायो उति नै संक्रमित थपिने गरेका छन् । भारतबाट भित्रिनै नागरिकको संख्या पनि दैनिकजसो बढ्दै गएको छ ।
उनीहरूलाई सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरेर स्वाव संकलनको कामलाई पनि तिब्रता दिएका छन् । तर परिक्षणको गति सुस्त हुँदा एउटा रिपोर्ट आउन एकसाता लाग्ने गरेको छ ।
दाङमा पनि घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङसहित विभिन्न जिल्लाको चार हजार बढी स्वाव परिक्षणको पर्खाइमा छन् । दाङका मात्रै २ हजार ५ सय जनाले रिपोर्टको नतिजा पर्खिरहेका छन् ।
स्वाव संकलन भएको लामो समय हुँदा रिपोर्ट के आउने हो ? भन्ने क्वारेन्टाइनमा बस्ने मानसिक पीडा रहन्छ नै । उनीहरूले छिटो रिपोर्ट आएपछि ढुक्क हुने र यथार्थ बुझ्ने अवस्था आउँछ ।
राज्यको व्यवस्थापन कमजोर हँुदा स्वाव परिक्षणमा आफ्नो पालो कुर्नुपर्ने अवस्था आउनु उचित होइन । परिक्षणलाई जति छिटो हुन सक्यो त्यति नै संक्रमण पनि कम हुने हो ।
त्यो वातावरण राज्यले बनाउनुपर्छ । राप्ती स्वास्थ्य प्रतिष्ठानमा स्थापना गरिएको मेसिनमा दैनिक २ सयको स्वाव परिक्षण हुने गरेको छ तर स्वाव संकलन सरदर ४ सयजनाको हुने गरेको छ ।
स्वाव संकलनले गति लिएपनि परिक्षण गर्ने मेसिनको अभावका कारण परिक्षणले गति लिन सकिरहेको छैन् । दाङका दशवटै स्थानीय तहमा अहिले ५ हजार बढी क्वारेन्टाइनमा बसेका छन् । परिक्षणको गतिलाई हेर्ने हो भने रिपोर्ट आउन महिनौ दिन कुर्नुपर्ने अवस्था देखिन्छ ।
रिपोर्टको नतिजा ढिलो आउँदा संक्रमणको जोखिमसँगै मृत्युवरण गर्नुपर्ने अवस्था आउन समेत सक्छ । परिक्षणले गति लिन नसक्दा स्थानीय तहको व्ययभारसमेत बढ्न थालेको छ ।
क्वारेन्टाइनमा बसेका नागरिकलाई रिपोर्ट नआउन्जेल राख्नुपर्ने भएका कारण उनीहरूको खाने बस्नेलगायतका व्यवस्थापनमा दैनिक लाखौंको खर्च हुने गरेको छ ।
दिनप्रतिदिन बढ्दैको गएको कोरोना महामारीको संकटलाई समाधान गर्नका लागि परिक्षणको दायरा बढाउनुभन्दा अरू विकल्प देखिदैन । परिक्षणको गति सुस्त नेपालमा कतिपयले आफ्नो रिपोर्ट थाहा नपाउँदै मृत्युवरण गर्नुपरेको स्थिति छ ।
तत्काल परिक्षणको दायरा बढाउनका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा पनि पिसिआर मेसिन जडान गर्न सकिन्छ ।
प्रतिष्ठानमै पनि अर्को मेसिन थप गरी परिक्षणको दायरा फराकिलो बनाउन सकिन्छ । तर प्रयासहरू सार्थक बन्न सकिरहेका छैनन् ।
परिक्षण नहुँदा संक्रमण फैलने डर पनि उत्तिकै हुन्छ । त्यसकारण पनि परिक्षणको दायरालाई फराकिलो बनाई संक्रमणको जोखिम न्यूनीकरण गर्न सकिन्छ । ढिलायो कि बिलायो भन्ने नेपाली उखान हामीकहाँ सत्य सावित नहोस् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here