- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsसुरक्षा सर्तकताविना नै नगरसभा

सुरक्षा सर्तकताविना नै नगरसभा

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २९ जेठ । तुलसीपुर उपमहानगरपालिकाले नगरसभा गरेको छ । बुधबार भएको नगरसभामा सुरक्षा सतर्कता अभाव देखिएको छ ।
कोरोना महामारीका बीचमा भएको सभामा तीनजना विशिष्ट व्यक्तिबाहेक अरूमा स्वास्थ्य सुरक्षा सतर्कतालाई कम देखिएको छ । व्यवस्थापनमा समस्या भएको थियो ।
बुधबार बसेको छैठौं नगरसभामा स्वास्थ्य सामाजिक दूरी र सतर्कताका कुनै पनि उपायहरू अपनाइएको छैन । स्वास्थ्य सुरक्षा र सतर्कताको पूर्व तयारीविना नै नगरसभाको आयोजना गरेको भन्दै जनप्रतिनिहरूले गुनासो गरेका छन् ।
संवेदनशील समय र स्थानका विषयमा उपमहानगरले लापरबाही गरेको भन्दै केही जनप्रतिनिधि सभाबाटै बाहिरिएको वडा सदस्य सुवास डिसीले बताए  ।
बढ्दो कोरोना संक्रमणको जोखिमका विषयमा स्थानीय सरकार संवेदनशील नभएको भन्दै चौतर्फि आलोचना सुरू भएको छ । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको नगरसभामा सामाजिक दूरी कायम र स्वास्थ्य सतर्कतालाई पूर्णरूपमा बेवास्ता गरिएको वडा नं ५ का वडा सदस्य सुरेश श्रेष्ठले बताए ।
कोरोनाभाइरस संक्रमणको विषयमा स्थानीय सरकार संवेदनशील नदेखिएको उनले आरोप लगाए । माक्स र सेनिटाइजरको भरमा नगरसभा सुरू गरिएको भन्दै उनले आपत्ति जनाएका थिए ।
‘नगरसभा सम्पन्न गर्नुपर्छ, उनले भने– ‘तर स्वास्थ्य सुरक्षा सतर्कतातर्फ उपमहानगरको नगरसभामा किन केही तयारी भएको देखिएन ?’
कोरोनाको संक्रमणबाट बच्न र बचाउनका लागि सामाजिक दूरी निकै महत्वपूर्ण हुने भएपनि यसको व्यवस्थापन हुन नसक्दा असुरक्षित महसुस भएको भन्दै उनी नगरसभाबाट बाहिरिएको समेत जानकारी दिए ।
संघीय संसद, प्रदेशसभा लगायत देशका विभिन्न कार्यक्रममा सामाजिक दूरीलाई कायम गरी सभा, सम्मेलन र बैठक सम्पन्न भएका खबर सार्वजनिक भइरहेका छन् ।
तर संवेदनशील समय र स्थानमा सामाजिक दूरीलाई ध्यान नदिनु उपमहानगरको लापरबाही भएको उपमहानगरपालिकाका जनप्रतिनिधिहरूको गुनासो छ ।
तुलसीपुर उपमहा–नगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा नगरसभा बसेको हो । नगरसभामा लेखा समितिका संयोजक राजु आचार्यले छलफल र पारितका लागि महालेखा परिक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विधायन समितिका संयोजक देवराज विश्वकर्माले विधायन समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here