- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-news४३६४ मा कोरोना

४३६४ मा कोरोना

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २९ जेठ । नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको स्वाव परिक्षणमा २ सय ५७ जना पुरूष र २२ जना महिला गरी २ सय ७९ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ जना पुगेको जानकारी दिए । ति मध्य ४ हजार ५५ जना पुरूष र ३ सय ९ जना महिला रहेका छन् । यसैबीच बुधबार ९० कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ सय ७४ जना पुगेको छ । जसमा ५ सय ९५ पुरूष र ७९ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ७२ जिल्लामा फैलिएको कोरोनाभाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
यसैबीच विश्वमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघेको छ । विश्वका २ सय १५ देशमा फैलिएको कोरोनाका कारण अहिलेसम्म ७३ लाख ४४ हजार ३ सय ४५ जनामा संक्रमण फैलिएको छ ।
वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोनाका कारण ४ लाख १४ हजार १ सय ४७ जनाको निधन भएको छ भने ३६ लाख २१ हजार ४ सय ५२ जना निको भएर घर फर्केका छन् ।
विश्वमा दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढेको छ । वल्डोमिटरमा रहेको तथ्यांक अनुसार अमेरिकामा २० लाख संक्रमितको संख्या पुगेको छ ।
अमेरिकामा २० लाख ४५ हजार ९ सय ८४ संक्रमित पुगेका छन् । अमेरिकामा मात्रै १ लाख १४ हजार १ सय ५९ जनाको निधन भएको छ ।
दोस्रो स्थानमा रहेको ब्राजिलमा भने ७ लाख ४२ हजार ४ जनामा संक्रमण फैलिएको छ भने ३ हजार ४ सय ९७ जनाको निधन भएको छ ।
छैठौँ स्थानमा रहेको भारतमा दुई लाख ७६ हजार ५ सय ८३ जनामा संक्रमण देखापरेको छ । भारतमा ७ हजार ७ सय ४५ जनाको निधन भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here