- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरतीन वर्षमा सबैको पहुँचमा पानी

तीन वर्षमा सबैको पहुँचमा पानी

- Advertisement -spot_img

दाङमा ७४ प्रतिसत नागरिकहरू खानेपानीको सहज पहुँच पुगेका छन् । तीन वर्षभित्र सबै नागरिकलाई खानेपानीको पहुँचमा पु¥याउन योजना तयार गरेर निर्माणका योजनाहरूलाई तिव्ररूपमा अघि बढाइएको छ । लकडाउनको अवधिमा पनि दाङका खानेपानी योजनाहरू निर्माण तिव्र धमाधम भइरहेका छन् । जिल्लाको समग्र खानेपानीको अवस्था र योजना बजेटमा रहेर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख ई.गुणनीधि पोख्रेलसँग प्रदेश टुडेको साप्ताहिक स्तम्भ टुडे वार्तामा संवाद गरेका छौं ।


खानेपानीको अवस्था कस्तो छ ?

हाम्रो तथ्यांकले ७४ प्रतिशत घर–घरमा पानी पुगेको भन्छ दाङको तथ्यांकले यहि नै भन्छ । तर त्यो तथ्यांकमा हामी पनि सन्तुष्ट छैनौं । अहिले यो प्रदेश सरकारले ‘वास प्रोफाई’ बनाउँदै छ । जसमा स्थानीय तहहरूको समन्वयमा गणकहरू खटिएर गाउँ–गाउँ जानुभएको थियो ।
अब यसले नै रियल तथ्यांक आउँछ भन्ने आशामा छौं । सबैको घरमा पानी पु¥याउनको लागि प्रदेश सरकारले संकल्प प्रस्ताव पनि पास गरेको छ । अहिले सबैको घरमा पानी पुगेको छैन् ।
तीन वर्षभित्र सबैको घरमा पानीको धारा पु¥याउने भनेर । यो संकल्प प्रस्ताव पास भए अनुरूप नै कार्य अगाडी बढाइरहेका छौं । तथापि यो ओभरहेड ट्यांकी निर्माण हुने आयोजनाहरूमा के समस्या हुने रहेछ ?
भने ओभरजेड टयांकी निर्माण गर्नको लागि हामी निर्माण व्यवसायीहरूलाई कम्तीमा पनि १५ महिनाको समय अवधी हामीले दिन्छौं । उहाँहरूलाई त्यो समय अवधी दिएर अन्य आयोजनाहरूको अन्य संरचनाहरूको निर्माण गर्दा दुई वर्षमा आयोजना सम्पन्न हुने अवस्था देखिदैन ।
त्यसकारण हामीले यो कार्यालयले यो अर्थिक वर्षदेखि के पोलिसी लियोभन्दा ओभरहेड ट्यांकी निर्माण कार्य ठेक्का प्रक्रिया अनुसार हुँदै गर्छ ।
बोरिङमार्फत पाइप लाइन विच्छाएर डाइरेक्ट पानी चलाउने ट्रेन पनि हामी शुरू गर्ने कार्यक्रम सञ्चालन गरेका छौं र दुई तीनवटा आयोजनामा हामीले डाईरेक्ट पानी वितरण गर्ने आयोजना पनि शुरू गरिसकेका छौं ।
जस्तै तुलसीपुरको पश्चिम दाङको छरछरेमा ओभरहेड ट्यांकी निर्माण नहुँदै बोरिङवाट पानी सिधै जनतालाई पु¥याइरहेका छौं ।

आधारहरू के–के छन् ?

अब हामीले तल्लो बेल्टमा कुरा गर्दाखेरी बोरिङको पानी सोच्छ नै हुन्छ । यसमा कुनै प्रकारको जिवाणुहरू त्यस्तो संक्रमित हुँदैन् । यसमा अलिकति दाङमा देखिएको भनेको चुनाको केही हदसम्म छ । चुनाले मात्रै स्वास्थ्यलाई असर गर्ने चाहिँ होइन् ।
चाहिने मात्रा बढी भयो भने यसलाई नियन्त्रण गर्न सकिन्छ । अब पहाडी बेल्टमा ग्राभिटिवाट मुहानबाट बगेर आउने पानी पनि मुहानमा आफै दूषित हुने होइन व्यक्तिगत र जनावरका क्रियाकलापका कारणबाट दूषित हुने हुन् ।
दाङमा तीन वर्ष अगाडी शान्तिनगर गाउँपालिकामा आएको झाडापखालाबाहेक त्यसपछि खानेपानीको कारणले त्यस्तो केही समस्या आएको छैन् । बोरिङको पानी शुद्ध नै हुन्छ ।

पानीको स्रोतहरूमा के–कस्ता समस्या छन् त ?

दाङमा पानीको स्रोतको लागि केही कठिनाई चाहिँ छ । माथिल्लो बेल्टहरूमा चाहिँ परम्परागत स्रोतहरू जुन मुहानहरू विभिन्न कारणहरूले स्रोतमा ह्रास आउँदै गएको अवस्थामा माथिल्लो बेल्टमा बृहत् पम्पिङ आयोजनाहरू गर्नुपर्ने अवस्था छ ।
अर्को तराईको बेल्टमा जुन हाइवेको आसपासमा हामीले बोरिङ गरेपनि भने अनुरूपको पानी आइरहेको छैन् । भूमिगत पानी नै कम छ । चार–पाँच लिटर पानी आयो भने हामी खुशी हुनुपर्ने अवस्था छ ।
त्यसकारण पानीको लागि चाहिँ दाङमा अलिकति कठिनाई नै छ तर एउट बोरिङले पुगेन भने दुईवटा बोरिङसम्म बनाएर भएपनि पानी पु¥याईरहेका छौं ।

जिल्लामा खानेपानीका कस्ता कार्यक्रम सञ्चालन छन् ?

डिभिजन कार्यालय प्रदेश सरकारअन्तर्गत स्थापना भएको कार्यालय हो । अहिले दुईथरी कार्यक्रमहरू सञ्चालन गरिरहेका छांै ।
एउटा प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार आफैले राखेका योजनाहरू जुन प्रदेश सरकारबाट आफ्नो स्रोतबाट बजेट विनियोजन गर्छ ।
अर्को हामीले सशर्तका कार्यक्रमहरू जुन संघीय सरकारबाट प्रदेश सरकारमा हस्तान्तरण भएर आएका आयोजनाहरू तिनीमा रकम विनियोजन सशर्तको रूपमा संघीय सरकारले हस्तान्तरण गर्छ । यसरी दुईथरीका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं ।

कार्यक्षेत्र र बजेटको अवस्था कस्तो छ ?

दाङको डिभिजनको कार्य क्षेत्र दाङ र रूकुम पूर्व हो । यो आर्थिक वर्षको लागि । सशर्तको आयोजनामा दुईवटा जिल्ला गरेर जम्मा ८२ वटा आयोजनाहरू सञ्चालनमा छन् । रूकुम पूर्वको आयोजना गरेर १ सय १५ आयोजनाहरू निर्माणाधिन अवस्थामा छन् ।
बजेटको कुरा गर्ने हो भने सशर्तमा करिव ३० करोडको हाराहारीमा खानेपानीको आयोजनाको लागि बजेट विनियोजन भएको छ । त्यसैगरी प्रदेश सरकारअन्तर्गतका कार्यक्रमहरूको लागि ३० करोड ४६ लाखको हाराहारीमा बजेट विनियोजन भएको छ ।

दाङको हकमा मात्रै कुरा गर्नुपर्दा ?

दाङको मात्रै कुरा गर्दा ८२ वटा आयोजनाहरू संघीय सरकारबाट हस्तान्तरण भएर आएका योजनाहरूमा ३६ करोडा दाङमा र सघन भन्छौं हामीले प्रदेश सरकारले शुरू गरेको आयोजनाहरू तिनीहरू चाहिँ ३० करोडको हाराहारीमा बजेट विनियोजन भएको छ ।

के–के छन् योजनाहरू ?

हामीले गर्ने विशेषगरी खानेपानीको आयोजना हो । एउटा प्रदेश सरकारले नयाँ स्मार्ट शौचालय कार्यक्रम पनि राखेको छ । त्यसको डिपिआर तयारीको मात्रै काम भएको छ ।
त्यसको टेण्डर प्रक्रिया अगाडी जान सकिरहेको छैन् । त्यसैगरी खानेपानी आयोजनाहरू विशेषगरी पहाडी बेल्टहरूमा ग्राभिटी सिस्टमको खानेपानी आयोजना, पम्पिङ सिस्टम खानेपानी आयोजना र तल्लो बेल्ट जुन तराई बेल्टमा बोरिङमार्फत ट्यांकी बनाएर पानी वितरण गर्ने खालकाआयोजनाहरू सञ्चालनमा छन् ।

ठूलो आयोजनाहरू के–कस्ता छन् ?

ठूलो आयोजनाहरू तपाई भन्न खोजेको चाहिँ खास सहलगानी र सुख्खा क्षेत्र त्यस्ता आयोजना संघीय सरकारले हेर्छ । हामीले काम गर्ने पनि त्यस्तैै प्रकृतिका आयोजना हुन् ।
सानो र ठूलो आयोजना भन्ने त रकमले मात्र ठूलो र सानो हो । तर आयोजनाको प्रकृति चाहिँ उस्तै हुन् । संघले गर्ने पनि त्यहि पम्पिङकै आयोजना हो । हामीले पनि त्यस्तै नै गर्छौ । त्यसकारण हाम्रा आयोजना पनि बृहत् आयोजनाहरू नै हुन् ।
जस्तै उदाहरणको लागि भन्नुपर्दा तपाईले पनि देखिरहनुभएको छ । घोराहीकै कुरा गर्नुपर्दा घोराही बसपार्कमा पनि एउटा आयोजना सञ्चालनमा छ ।
दाङमा विभिन्न स्थानहरूमा बोरिङ गरेर ओभरहेड ट्यांकीमार्फत पाइप लाइनमार्फत वितरण गरिरहेको छौं । जनश्रमदानमार्फत पनि पानी वितरण गरिरहेका छौं ।

पानी बोरिङको लागत कति छ ?

एउटा बोरिङको २५ देखि ३० लाख हाराहारीमा लागत अनुमान हुन्छ । ट्यांकीको कुरा गर्नु हुन्छ भने हामीले तीनथरी साइजका ट्यांकी दाङमा निर्माण गरेका छौं । एउटा एक लाख ५० हजार लिटरको, अर्को दुई लाख २५ हजार लिटरको र अर्को साढे चार लाख लिटरको पानी ट्यांकी निर्माण गरिरहेका छौं ।
तिनीहरूको लागि अनुमानको कुरा गर्दाखेरी साढे चार लाख लिटरको २ करोड २० लाखको हाराहारीमा आउँछ, २ लाख २५ हजार लिटरको २ करोडको हाराहारीमा आउछ, एक लाख ५० हजारको ट्ंयाकीको कुरा गर्दा एक करोड ७५ हजारको हाराहारीमा लागत अनुमान गरिएको छ ।

आयोजना कति सम्पन्न भए ?

यो आर्थिक वर्षमा हामीले पाँचवटा आयोजनाहरू सम्पन्न गर्छौ होला । कुल संघ र प्रदेशको गरेर । हामीले लक्ष्य त सम्पन्न गर्ने भनेर त्यति धेरै राखेका थिएनौं । काम गर्दै जाँदाखेरी यो आर्थिक वर्षमा प्रदेश सरकारले शुरू गरेको कम्तीमा पनि ३० प्रतिशत आयोजनाहरू सञ्चालन गर्न सक्ने अवस्था रहेछ । यदि यो लकडाउन नभएको भए ।
यो लकडाउनले गर्दाखेरी हाम्रो यो जनश्रमदान गर्ने, पाइप लाईनको कामहरू भने प्रभावित भएको छ । फिल्ड अनुगमनहरूमा गयो भनेपनि देखिन्छ । उपभोक्ताहरूले आफ्नै गाउँका व्यक्तिहरू प्रयोग गरेर जन समुदायबाटै हुने कामहरू चाहिँ गरिरहनुभएको छ ।
त्यहि हो लकडाउन नभएको भए चाहिँ हाम्रो प्रदेश सरकारले शुरू गरेका ३० प्रतिशत आयोजनाहरू यहि आथिक वर्षमा सम्पन्न गर्न सकिने अवस्था देखिएको थियो । लकडाउनले केही समस्या बनाएको छ ।

तोकेकै सबै योजनाहरू सम्पन्न हुन्छन् त ?

योजना त सक्ने होइन । हामीले यो आर्थिक वर्षको लागि विनियोजन भएको बजेट कति सदुपयोग गर्छौ भन्ने हो । योजना सम्पन्न त हाम्रो चारदेखि पाँचवटा आयोजना सम्पन्न गरेर यो आर्थिक वर्षमा हस्तान्तरण नै गर्छौ ।
हामीले अलि बढी आयोजनाहरू सम्पन्न गर्नसक्ने अवस्था चाहिँ थियो । यो लकडाउनले गर्दा केही असर पक्कै ग¥यो । अर्को आर्थिक वर्षमा पहिलो चौमासिकमै हामीले सबै आयोजनाहरू सम्पन्न गरेर हस्तान्तरण गर्छौ ।

निर्माणका कामहरूमा लकडाउनको प्रभाव ?  

प्रभाव त पारेको नै छ । कामहरू त प्राय ठप्प नै जस्तै छ । चार–पाँचवटा केही निर्माण व्यवसायीहरूले नेपालकै कामदार प्रयोग गरेर ओभरहेड ट्यांकीहरू बनाइरहनु भएको छ । ३०–३५ वटा ओभरहेड ट्यांकीहरूको काम भइरहेको थियो ।
जसमा भारतीय मुलुकका कामदारहरू संलग्न हुनुहुन्थो । उहाँहरू कोरोनाभाइरसले गर्दाखेरी आफ्नो देशमा फर्किएकाले कामहरू प्रभावित भएका छन् । जनसमुदायहरू आफै संलग्न भएर हुने कामहरू साना संरचनाहरूको कामहरू भइरहेको छ ।

अन्त्यमा केही ?

हामीले लकडाउनको बाबजुद पनि हामीले विकास निर्माणका कामहरू तोकेका मापदण्डअनुरूप अगाडी बढाइरहेका छांै । यो कार्यालय अत्यावश्यक सेवा सञ्चालन ऐनअन्तर्गत अत्यावश्यक सेवामा पर्ने कार्यालय भएकाले लकडाउनको समयमा पनि एकदिन बन्द गरेनौं ।
सबै कर्मचारीहरू आएर आ–आफनो जिम्मेवारी सम्हाल्नु भएको छ । यो कोरोनाको भए हुँदाहुँदै पनि फिल्ड जाने अनुगमन गर्ने, निर्माणका कामहरू अगाडी बढाउने कामहरू गरिरहेका छौं । ्

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here