- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरअलपत्र नागरिकको उद्धार

अलपत्र नागरिकको उद्धार

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), २८ जेठ । भारतको विभिन्न स्थानमा अलपत्र परेका १ सय ५० जना नागरिकहरूको उद्धार गरिएको छ ।

लामो समयदेखिको लकडाउनका कारण तामिलनाडुको बोर्डरमा अलपत्र परेका नागरिकहरूको उद्धार गरिएको हो ।

रूकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नं १ का दुईजना व्यक्तिले आफ्नो व्यक्तिगत पहलमा अलपत्र परेकाहरूको उद्धार गरिएको हो ।

तामिलनाडु प्रदेश सरकारले नेपाल आउनमा नदिएपछि महिनौदेखि रूकुम पश्चिमका नागरिकहरू अलपत्र परेका थिए । गाउँपालिका वडा नं १ का वडा अध्यक्ष हर्कु मल्ल र समाजसेवी पवन कुमार चन्दले आवश्यक प्रक्रिया मिलाई उनीहरूको उद्धार गरेका हुन् ।

तामिलनाडु सरकारले नेपाल आउन नदिएर बोर्डरमै रोकेको खबर आएपछि तत्काल आवश्यक कागजात मिलाएर उनीहरूलाई घर ल्याउने वातावरण निर्माण गरेको वडा अध्यक्ष मल्लले बताए ।

‘हामी अलपत्र अवस्थामा छौँ, यहाँको सरकारले नेपाल आउन नदिएर बोर्डरमा रोकेर राखेको छ, उनले भने– ‘उद्धार र सहयोग माग्दै नागरिकहरूले फोन गरेपछि उहाँहरूको उद्धार गरिएको हो ।’

पहिलो चरणमा ९० जना र दोस्रो चरणमा ६० जनागरी जम्मा १ सय ५० जनाको उद्धार गरिएको उनले जानकारी दिए । उनीहरूलाई कपिलबस्तुको तौलिहवा नाका हुँदै घर पु¥याइएको हो ।
उनीहरूलाई स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएको हो ।

रूकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ३ का ६४ जना, बाँफिकोट गाउँपालिका वडा नम्बर १ का ९ जना र वडा नम्बर २ का २१ जनालाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको उनले बताए । थप ९० जना नागरिकहरू नेपाल आउन लागेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here