- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसम्पादकीयविद्युत बक्यौता

विद्युत बक्यौता

- Advertisement -spot_img

सम्पादकीय
तुलसीपुर क्षेत्रमा एक करोड बढी विद्युत महसुुुल बक्यौता देखिएको छ । विद्युतको यो बक्यौता बर्षेनी यहि रूपमा सार्वजनिक हुँदै आएको छ । खासगरेर घट्नुपर्ने बक्यौता रकम बर्षेनी बढिरहेको कार्यालयकै तथ्यांकले देखाएको छ ।
कार्यालयले वितरण गरेको विद्युतको लामो समयदेखिको एक करोड रूपैयाँ बक्यौता रहेको देखाएको छ । विभिन्न निकाय तथा व्यक्तिहरूबाट सो रकम बक्यौता रकम नतिर्नु नै यसको मुख्य समस्या बनेको छ ।
विद्युतका ४२ हजार ग्राहकबाट बक्यौता रकम असुल उपर गर्न विद्युत कार्यालयले तदारूकता देखाउनुपर्छ । यसमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिकाको सडक बत्तीकै आधाभन्दा बढी बक्यौता हुनुले स्थानीय सरकारको लापरबाही देखिनु राम्रो हैन ।
११ वटा विषयगत ग्राहकहरूबाट विद्युत महसुल उठ्न बाँकी देखिएको छ । ब्यावसायिक ग्राहक, सामुदायिक विद्युुतीकरण कार्यालय, ब्यक्तिगत घर र स्थानीय तहले विद्युत उपयोग गरेवाफत तिर्नुपर्ने ठूलो रकम तिरेका छैनन् ।
सबैभन्दा बढी ब्यक्तिगत घर र त्यसपछि स्थानीय तहको बक्यौता देखिएको छ । खानेपानी उपभोक्ता संस्था, उद्योग, प्रशासन, स्वास्थ्य संस्था, सिंचाईका लागि स्थापना भएका डिप बोरिङ पनि विद्युत महसुल नतिर्नेमा देखिएको छ ।
तुलसीपुर नगरपालिकाको मातहतमा रहने गरी तुलसीपुरका सडकमा जडान भएका सडक बत्तीको महसुलसमेत लामो समयदेखि उठ्न सकेको छैन । तुलसीपुर उपमहा–नगरपालिकाको नाममा झण्डै ५३ लाख ८३ हजार बढी रकम बक्यौता देखिएको छ ।
मन्दिर, विद्यालय तथा सरकारी कार्यालयको नाममा पनि केही रकम बक्यौता देखिनुले सहजरूपमा विद्युत महसुल तिर्ने परिपाटी छैन भन्ने देखाउँछ । बक्यौता राख्ने र लामो समयदेखि विद्युत महसुल नबुुझाउनेहरूमा यस क्षेत्रका प्रतिष्ठित ब्यक्ति पनि देखिएका छन् ।
कार्यालयले बक्यौता असुलका लागि धेरै प्रयास भएका छन् । तर त्यतिले मात्रै सफल भएको देखिदैन । बक्यौता असुल उपरका लागि कार्यालयले गरेका केही प्रयासहरू राम्रा छन् । यद्यपि त्यसलाई निरन्तरता दिनसकेमा अझ यो बढी प्रभावकारी देखिनेछ ।
विद्युत कार्यालयले विद्युत महसुल नतिर्ने ग्राहकहरूलाई निगरानी बढाएर बक्यौता असुल गर्नुपर्छ । ताकेता र निगरानी बढाउँदा पनि बक्यौता रकम नतिर्ने निकाय र क्षेत्रलाई कडाई गर्न जरूरी छ ।
ठूलो रकम बक्यौता राखिरहनु पनि विद्युतको कार्य दक्षतामा समेत समस्या देखिन्छ । त्यसकारण बक्यौता असुल उपरमा विद्युत कार्यालय चनाखो हुनुपर्छ । रकम असुल उपरमा विशेष ध्यान दिनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here