- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsबिजुलीको एक करोड बक्यौता

बिजुलीको एक करोड बक्यौता

- Advertisement -spot_img

उमा भण्डारी
तुलसीपुर, २८ जेठ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रबाट विद्युत उपभोग गरेकाहरूबाट एक करोड रूपैयाँ बक्यौता रहेको छ ।

प्राधिकरणले स्थानीय सरकार, सरकारी कार्यालय, उद्योग व्यवसायीहरूमार्फत र व्यक्तिगत घरहरूबाट उठाउनुपर्ने बक्यौता रकम ९९ लाख ८४ हजार, ७ सय २७ रूपैँया ७० पैसा रहेको तुलसीपुर वितरण केन्द्रका प्रमुख जगनन्नाथ लामिछानेले बताए ।

जसमध्ये सबैभन्दा धेरै सडक बत्तीको नाममा बक्यौता रकम देखिएको छ । तुलसीपुर उपमहा–नगरपालिकाले प्रयोग गरेको सडक बत्तीको मात्रै असुल उपर गर्नुपर्ने महसुल ५३ लाखभन्दा माथि छ । प्राधिकरणले रकम असुल गर्न सकेको छैन ।

स्थानीय सरकार र प्राधिकरण बीच बलियो समन्वय हुन नसक्दा विगत तीन वर्षदेखि सडक बत्तीको रकम उठ्न सकेको छैन ।

स्थानीय सरकारमा जनप्रतिनिधि आईसकेपछि सडक बत्तीको विषयलाई लिएर स्थानीय सरकार र प्राधिकरणबीच द्वन्द्व उत्पन्न भएको छ । अहिलेसम्म समन्वय हुन सकेको छैन ।

उपमहा–नगरपालिकाले सडक बत्तीको नाममा ५३ लाख ८३ हजार २६ रकम प्राधिकरणलाई तिनुपर्ने देखिएको विद्युत कार्यालयमा प्रशासन प्रमुख युवराज विष्टले जानकारी दिए । यो रकम वि.स.२०७५ साउनदेखिको हो ।

उपमहानगरले सडक बत्ती बाल्ने तर, बिल नतिर्ने क्रम जारी रहेपछि प्राधिकरणले विद्युतको महसुल तिर्न ताकेता गर्दै आएको छ ।

उपमहानगरपालिकाले भने यस विषयमा लामो समयदेखि आनाकानी गर्दै आएको विद्युतको भनाई छ । अहिले प्रति महिना १ लाख ७३ हजार, ६ सय ४६ रूपैयाँ बराबरको सडक बत्ती खपत हुँदै आएको प्रमुख लामिछानेले बताए ।

उपमहानगरले सडक बत्ती विस्तार गर्दा प्रयोग हुने तार, विद्युत पोल, ट्रान्फर्मरलगायतका सामग्री खरिद गर्ने भएकाले यसको योगदान प्राधिकरणले बुझ्न जरूरी रहेको तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत टोप बहादुर डाँगीले बताए ।

स्थानीय सरकारले विद्युत प्राधिकरणहरूका लागि गरेको योगदानलाई बुझ्न नसक्दा यो समस्या सबै ठाउँमा भएको उनको तर्क छ ।

‘प्राधिकरणले विस्तार गर्दा उपमहानगरपालिकाको जमिन प्रयोग गरेको छ, हामीले उनीहरूको सामान खरिद गरी उनीहरूलाई सहयोग गरेका छौँ’ उनले भने– हाम्रो योगदान पनि त उनीहरूले बुझ्नुप¥यो ।’

सडक बत्ती महसुल बाहेक कार्यालय तथा निजी प्रयोजनका लागि प्रयोग भएको विद्युत महसुल भने निरन्तर तिर्दै आएको उनले बताए । जबसम्म केन्द्रस्तरको नीति बन्दैन तबसम्म स्थानीय सरकार र प्राधिकरणबीचको यो द्वन्द्व समाधान नहुने उनको भनाई छ ।

विद्युत प्राधिकरणले शुल्क तिर्नका लागि स्थानीय सरकारलाई बारम्बार ताकेता गर्दा पनि समयमै रकम असुल्न नकेको नेपाल विद्युत प्राधिकरण तुलसीपुर केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए ।

‘सडक बत्ती आम नागरिकको माग भएकाले महसुल नउठ्दा पनि विद्युत प्रसारण गर्नुपर्ने बाध्यता छ’ उनले भने ‘समन्वय गरेरर जान सके सबैलाई राम्रो हुने थियो ।

सडक बत्तीबाहेक उद्योग, स्वास्थ्य, प्रहरी कार्यालय र ग्राहकहरूको घरमार्फत पनि रकम उठ्न बाँकी रहेको उनले बताए ।

लामो समयसम्म महसुल नतिरेका ग्राहकहरूको लाईन काटेर १ करोड ९७ लाख बराबरको बक्यौता रकम उठाउन सफल भएको उनले बताए । यसर्थ समयमै महसुल भुक्तानी नगर्नेहरूको विद्युत लाइन काट्ने तयारी भइरहेको उनको भनाइ छ ।

‘पटक–पटक ताकेता गर्दा पनि महसुल उठाउन सकिएको छैन’ उनले भने– ‘समयमा विद्युत महसुल नतिर्ने कुनै पनि संघसंस्था वा ग्राहकहरूको लाइन काटिने छ ।’

सरकारले सार्वनजिक स्थलमा प्रयोग गरिने विद्युत विस्तार र महसुलको विषयमा स्पष्ट नीति ल्याउन नसक्दा यो समस्या तुलसीपुरमा मात्र नभई अन्य क्षेत्रमा पनि रहेको उनले बताए ।

लकडाउनमा २ करोड महसुल संकलन

लकडाउन अवधिभर नेपाल विद्युत प्राधिकरण तुलसीपुर केन्द्रले २ करोडभन्दा बढी विद्युत महसुल संकलन गरेको छ ।

प्राधिकरणले चैत, बैशाख र जेठ गरी तीन महिनाको जम्मा २ करोड, १९ लाख, ४ हजार ५ सय १५ रूपैयाँ विद्युत महसुल संकलन गरेको कार्यालयका प्रशासन शाखा प्रमुख युवराज विष्टले जानकारी दिए । लकडाउनको समय भएकाले अन्य समयको भन्दा कम महशुल संकलन भएको विष्टले जानकारी दिए ।

प्राधिकरणले चैत महिनामा ८२ लाख ६४ हजार ५ सय १४, बैशाख महिनामा ३६ लाख ९२ हजार ४ सय ४५ र जेठ महिनाको हालसम्ममा ९९ लाख ४७ लाख ५ सय ५८ रूपैयाँ महशुल सकंलन गरेको छ ।

कोरोना संक्रमणको जोखिम र यातायात सेवा बन्द हुँदा जेठ महिनामा ४ हजार २७ जना ग्राहकहरूले मात्र विद्युत महसुल तिरेका छन् ।

ईसेवाको सुविधा भएका र कार्यालयमा आउन सक्ने ग्राहकले मात्र विद्युत महशुल तिर्ने गरेको अशिलेको अवस्था छ ।

अन्य समयमा भने ४२ हजार ग्राहकमार्फत मासिक २ करोड बराबर विद्युत महसुल संकलन हुने गरेको थियो । अहिले विद्युत प्राधिकरण तुलसीपुर केन्द्रमार्फत मासिक २२ लाख युनिट बिक्री हुँदै आएको छ । लकडाउनको समयमा ४५ प्रतिसत उपभोक्ताले मात्रै महसुल बुझाइरहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here