- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरकाउन्सिलिङका लागि टोल फ्रि नम्बर

काउन्सिलिङका लागि टोल फ्रि नम्बर

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २८ जेठ । कोरोना–भाइरसका कारण हुन सक्ने मानसिक तथा मनोसामाजिक समस्यासँग सामना गर्न मनोविमर्श सेवाका लागि दाङमा टोल फ्री नम्बर सुरू गरिएको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको हो । कोरोना–भाइरसको कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा हुनसक्ने मानसिक तथा मनोसामाजिक समस्याका विरूद्धमा मनोविमर्श गर्नका लागि केन्द्रले मंगलबारदेखि १६६०८२१८००० नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको हो ।
कोरोनाभाइरस र लामो समयदेखिको लकडाउनको कारण व्यक्तिहरूमा पर्न सक्ने मानसिक असरहरूको फोनबाटै मनोविमर्श (काउन्सिलिङ) गर्नका लागि संस्थाले टोल फ्रि नम्बर सुरू गरेको संस्थाका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिए ।
कुनै पनि व्यक्तिले आफू लगायत परिवारका कुनै पनि सदस्यहरूमा मानसिक एवं मनोवैज्ञानिक असर देखापरेमा केन्द्रको टोल फ्री नम्बर १६६०८२१८००० मा नमस्ते (एनटिसी) को सीमबाट सम्पर्क गरेर निःशुल्क मनोविमर्श सेवा लिन सक्ने उनले जानकारी दिइन् ।
शनिबारबाहेक हरेक दिन बिहान १० देखि दिउँसो ४ बजेसम्म निःशुल्क मनोविमर्श सेवा लिनसक्ने छन् । ‘कोरोनाभाइरस र लामो समयदेखिको लकडाउनको कारण विभिन्न व्यक्तिहरूमा मानसिक एवं मनोवैज्ञानिक असर परेको पाइएको छ ।
उनीहरूलाई काउन्सिलिङको आवश्यकता पर्नसक्छ । काउन्सिलिङका लागि सहज होस् भनेर हामीले टोल फ्रि नम्बर सञ्चालनमा ल्याएका हौँ’ केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले भनिन् ‘यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन । निःशुल्क रूपमा उहाँहरूले तालिम प्राप्त मनोविमर्शकर्ताहरूबाट मनोविमर्श सेवा लिन सक्नुहुन्छ ।’
कोरोनाभाइरसको त्रासका कारण पछिल्लो समय मानसिक तथा मनोसामाजिक समस्या बढ्दै गएको मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी दिइन् ।
मानसिक तथा मनोसामाजिक असर परेमा डर लाग्ने, चिन्ता लाग्ने, आत्तिने, छटपटी हुने, अत्यधिक टाउको दुख्ने, चिटचिटाहट हुने, मुटुको धड्कन बढ्ने, रून मन लाग्ने, आत्मबलमा कमी आउने,
आत्महत्याको सोचहरू आउने, ध्यान केन्द्रित गर्न गाह्रो हुने, भ्रमपूर्ण विचारहरू आइरहने, काम गर्न जागर नलाग्ने, धुम्रपान तथा मद्यपानको अत्यधिक प्रयोग गर्ने, एकान्त मन पराउने, नकारात्मक सोचाईहरू आईरहने जस्ता विभिन्न लक्षणहरू देखिने उनको भनाई छ ।
लकडाउनको समयमा आत्महत्याका घटनाहरू पनि बढेको ढकालले जानकारी दिइन् । यी लक्षणहरू दुई हप्ताभन्दा बढी देखिएमा मनोविमर्शको आवश्यक पर्ने गर्दछ ।
जसका लागि तालिमप्राप्त मनोविमर्शकर्ताद्वारा मनोविमर्श सेवा लिनुपर्ने ढकालले जानकारी दिइन् ।
‘व्यक्तिमा मानसिक तथा मनोसामाजिक समस्याका लक्षणहरू दुई हप्ताभन्दा बढी समयसम्म देखिएमा मनोविमर्शको आवश्यकता पर्दछ’ ढकालले भनिन् ‘त्यस्ता व्यक्तिहरूले समयमै मनोविमर्श सेवा पाउनुभयो भने मानसिक तथा मनो–सामाजिक समस्या समाधान हुन सक्छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here