- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरक्वारेन्टाइनबाट २१४ घर फर्किए

क्वारेन्टाइनबाट २१४ घर फर्किए

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान २८ जेठ । भारतका विभिन्न ठाउँबाट आई क्वारेन्टाइनमा बसेका बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकाका २ सय १४ जनालाई क्वारेन्टाइनबाट घर फर्किएका छन् । जेठ ५ गतेदेखि क्वारेन्टाइनमा बस्दै आइरहेका र पीसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको नवज्योति मावि बाबियाचौरबाट ३५ जना, भेरी आधारभूत गराबाट ४२ जना, जनता प्रावि आमखोलीबाट ८५ जना र कुमाख गाउँपालिकाको नारायण माध्यमिक विद्यालय रूमाल गाउँबाट २ जना,
गुरूदासे माध्यमिक विद्यालय बाट ९ जना, जनकल्याण माध्यमिक विद्यालय बडागाउँ कोटबाट ११ जना, सरस्वती माध्यमिक विद्यालय झारकाँडाबाट ९ जना, भेरी माध्यमिक विद्यालय टाट्केबाट १३ जना गरी जम्मा २ सय १४ जना क्वारेन्टाइनमा बस्दै आइरहेका थिए ।
बनगाड कुपिण्डे नगरपालिकाले पिसिआर रिपोर्ट नेगेटिभ आएपछि पुन १ सय ६२ जनाको आरडिटी गरेर घर पठाएको छ ।
आरडिटी रिपोर्टमा एक जनाको शंकास्पद आएको कारण उसलाई पुनः पिसिआर गरिने नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेल जानकारी दिए । विदाइ कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका नगरप्रमुख गोविन्द कुमार पुनले दुई हप्तासम्म होम क्वारेन्टाइन बून आग्रह गरे ।
साथै जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सम्पर्कमा रहिराख्न आग्रह गरे । गाउँघरमा हुने कुनै प्रकारका गतिविधि नगर्न र कोरोनासम्बन्धी सबैले जनचेतनामूलक सन्देश दिन सबैमा अनुरोध गरे । कोरोना नेगेटिभ आएकोलाई प्रमाणपत्रसमेत दिएको छ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ सय २४ दार्मा गाउँपालिकामा ९ जना, कुमाख गाउँपालिकामा २ जना र कपुरकोट गाउँपालिकामा १ जना गरी जम्मा १ सय ३६ जना कोरोना संक्रमित भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here