- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरवडासभा सम्पन्न

वडासभा सम्पन्न

- Advertisement -spot_img

प्रदेश टुडे
रूकुम (पश्चिम), २८ जेठ । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ को चौथो वडासभा सम्पन्न भएको छ ।
चौथो वडासभाले विशेषगरी सिंचाई, खानेपानी, सडकलाई प्राथमिकता दिइएको वडा सचिव प्रवेश परियारले बताए । त्यस्तैगरी वडासभाले वडा नम्बर ३ का केही विद्यालयलाई मर्मतको योजना पनि अगाडि सारेको हो ।
०७६/७७ को योजनाको समीक्षासमेत गरिएको थियो । समीक्षाले सबै काम सन्तोषजनक पाइएको बताएको छ । ०७६/७७ को १७ लाख बजेट शिक्षा, स्वास्थ्य, खानेपानी, सडकमा खर्च गरिएको वडा कार्यलयले जनाएको छ ।
०७७/७८ को बजेटबाट कोरोनाभाइरस अर्थात् कोभिड–१९ लाई विशेष तरिकाले बजेटको ब्यवस्थापन गर्ने वडा अध्यक्ष चन्द्र बहादुर केसीले बताए । वडा अध्यक्ष चन्द्रबहादुर केसीको अध्यक्षतामा भएको वडासभामा गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी प्रमुख आतिथ्य रहेको थियो ।
त्यस्तै वडासभामा वडा जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन वडा सचिव प्रवेश परियारले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here