- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरवर्षौपछि गाउँमा सिंचाई कुलो

वर्षौपछि गाउँमा सिंचाई कुलो

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), २८ जेठ । रूकुम पश्चिमको एउटा गाउँमा वर्षौपछि सिंचाई कुलो पुगेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ कोलचौरमा सिंचाई पुगेको हो ।
गाउँ नजिकै वर्षभरी बग्ने छिप्रा–छिप्रा भएता पनि अहिलेसम्म त्यस गाउँमा सिंचाई पुगेको थिएन । त्यस गाउँमा धेरै समयपछि सिंचाई पुगेको स्थानीय बासिन्दाले बताएका छन् ।
त्यस गाउँमा सिंचाई नहँुदा बर्षाको समयमा मात्र बाली उत्पादन हुने गरेको थियो । सिंचाईको अभाव रहेको रूकुम पश्चिमको बाँफिकोटको गाउँपालिकाको एक गाउँमा वर्षौंपछि सिंचाई सुविधा निर्माण उपभोक्ता समितिका अध्यक्ष कुल बहादुर खत्रीले बताए ।
बाँफिकोट गाउँपालिका–३ कोलचौरका स्थानीयहरूले धेरै समयपछि सिंचाई सुविधा प्राप्त गरेका छन् । यसअघि गाउँ आफ्नै गाउँ नजिकै छिप्रा खोला बग्ने भए तापनि कुनै सरकारी र गैरसरकारी संस्थाले सहयोग गरेका थिएनन् ।
त्यस छिप्रा खोलाबाट बाँफिकोट गाउँपालिकाको कुनाखेत गाउँ, लामाचौर गाउँ, थारकाटे गाउँका स्थानीयले त्यस खोलाबाट सिंचाई प्रयोग गर्दै आएका छन् ।
त्यस खोलाबाट आठवटा सिंचाई कुलो निर्माण गरिएको बताएको छ । त्यस खोलाको पानी वर्षायाममा बढेर ठूलो हुन्छ र हिउँदमा सानो भएका कारण सबै गाउँमा पुग्न असजिलो हुन्छ । खोला बग्ने भएपनि उनीहरूले राम्रोसँग सिंचाईको उपयोग गर्न पाएका थिएनन् ।
स्थानीय आफैले सिंचाई निर्माण गर्न सम्भव नभएपछि सिंचाई निर्माण गरिदिन पटक–पटक विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा माग गर्दै आएका थिए । तर कतैबाट सिंचाई निर्माणको लागि काम सुरू हुन सकेको थिएन ।
स्थानीयको मागअनुसार तत्कालीन कृषि विकास कार्यालय रूकुम पश्चिमको आर्थिक सहयोगमा सिंचाई कुल निर्माण भएको हो । २०५६ सालमा निर्माण भएको उक्त सिंचाई कुलो लामो समयसम्म राम्रो हुन सकेको थिएन ।
जम्मा २५ लाख ४३ हजार १ सय ९६ रूपैयाँमा सम्पन्न भएको उक्त सिंचाई योजनामा कृषि विकास कार्यालयबाट २१ लाख २५ हजार अनुदान रहेको थियो भने स्थानीयले ४ लाख १८ हजार १ सय ९६ बराबरको श्रमदान गरेका थिए ।
यस सिंचाई कुल बनेपछि यहाँका ७० घरधुरी लाभान्वित भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । उनका अनुसार गाउँमा सिंचाई पुगेपछि यहाँका स्थानीयहरू खुशी भएका छन् ।
अब आगामी वर्ष खेतबारीमा गहुँ, मकै र असारमा धान रोपाईमा सिंचाई गर्नुका साथै बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्न सजिलो हुने विश्वास लिएको छ ।
सिंचाई अभावले त्यस गाउँका स्थानीय बेमौसमी तरकारी र सिजन अनुसारको तरकारी खेती गर्न गर्दा हरियो सागपात र तरकारीसमेत नपाउने यो गाउँमा अब भने तरकारी उत्पादन गरेर किसानले आर्थिक आम्दानीसमेत गर्न सक्ने स्थानीयको आशा रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here