- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरबेलझुण्डीबाट तीन डिस्चार्ज

बेलझुण्डीबाट तीन डिस्चार्ज

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २८ जेठ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका तीनजनालाई घर पठाइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सर्बेश शर्माका अनुसार रुपन्देहीको समरिमाई गाउँपालिकाका तीनजना संक्रमतिलाई डिस्चार्ज गरी घर पठाइएको हो ।
उनीहरु १४ दिन आइसोलेसनमा बसेका थिए । आइसोलेसनमा बस्दा पनि कोरोनाको कुनै लक्षण नदेखिएपछि स्वाव परीक्षण नगरेरै डिस्चार्ज गरिएको हो ।
कोरोनाको लक्षण नदेखिएको र १४ दिन आइसोलेसनमा बसेपछि मन्त्रालयको परिपत्रका आधारमा डिस्चार्ज गरिएको डा. शर्माले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्न परिपत्र गरेको छ ।
अहिले बेलझुण्डीमा ४८ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालले यसअघि १८ जनालाई डिस्चार्ज गरिसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here