- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयनिर्माण उपकरणमा क्षति

निर्माण उपकरणमा क्षति

- Advertisement -spot_img

सम्पादकीय
एकैदिन दाङमा दुईवटा योजनामा प्रयोग भएका मेसिनरी उपकरण र निर्माण सामग्रीमा आगजनी भयो ।
दाङको तुलसीपुर उपमहानरपालिका क्षेत्रमा रहेको एक खानेपानी आयोजनाको पाइप लाईन विस्तारको लागि ल्याएएको पाइपमा आगलागी गरियो भने त्यहि दिन देउखुृरी क्षेत्रमा निर्माण भइरहेको हुलाकी राजमार्ग निर्माणमा प्रयोग भएका ठूला उपकरणहरू स्काभेटर,
स्काभेटरहरूमा आगलागी भयो । केही दिनअघि मात्रै तुलसीपुरकै एक निर्माण व्यवसायीको स्काभेटरमा आगजनी गरिएको थियो ।
पछिल्लो समय दाङमा निर्माणका प्रयोग भएका उपकरणहरू र निर्माण सामग्रीमा अज्ञात समूहबाट क्षति पु¥याउने क्रियाकलापहरू बढेका छन् ।
यस्ता क्रियाकलापले जिल्लाको शान्ति सुरक्षाको विषयमा पनि शंका गर्ने ठाउँ देखिएका छन् । लकडाउनको समय, प्रहरी प्रशासनको सबै क्षेत्रमा भएको निगरानी र सर्तकताले समेत हिंसातम्क र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सकेको देखिएन ।
विकास निर्माणमा प्रयोग हुने सवारी साधन र सामग्रीहरूमा शृङ्खलावद्ध रूपमा क्षति पु¥याइनुले विकासमा समेत पक्कै पनि असर पर्ने छ ।
यसतर्फ सोचेर यस्ता खालका गतिविधि नियन्त्रणमा प्रशासन लाग्नु नै पर्छ । हुलाकी राजमार्ग निर्माण आयोजनामा प्रयोग भएका चारवटा स्काभेटरहरूमा आइतबार राति आगजनी हुनुले पनि विकासका गतिविधिमा अपरोध भइरहेको छ भन्ने देखाएको छ ।
भने अर्काेतर्फ व्यवसायी र उनले प्रयोग गर्ने साधनहरू समेत असुरक्षित भएको देखाउँछ । मध्यरातमा अज्ञात समूहको हुलियामा कुनै पनि क्षेत्रमा क्षति पु¥याउने गतिविधि तत्काल रोक्न सक्नुपर्छ भने विकासका कसैले पनि अवरोध गर्नुहुँदैन ।
पार्किङ गरेर राखिएका उपकरणहरूमा आगलानी गरिनु र योजनाका लागि उपभोक्ताले ल्याएर राखेका खानेपानी पाइपलगायतका सामग्रीमा आगजनी गर्नु दानवीय कार्य हो ।
यस्ता जो कोही भए पनि कडाभन्दा कडा कारवाहीको भागेदार बन्नुपर्छ । प्रशासनले दोषीहरू छानबिन गरी कानुनी दायरामा ल्याएर हदैसम्मको कारवाही गर्नसकेमा मात्रै अरू दिनहरूमा हुने यस्ता गतिविधिहरू हट्ने छन् ।
विकास सबैलाई आवश्यक छ । विकासमा सबै पक्षको सहयोग र सहकार्य भएमा मात्रै त्यो विकास राम्रो र दीर्घकालिन हुन्छ । तर विकासमा अवरोध गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने जमात सबै क्षेत्र र स्थानमा छ । यो अवस्था आउन दिनुहुँदैन ।
विकास व्यक्तिगत स्वार्थभन्दा पनि सामूहिक स्वार्थका लागि हुनुपर्छ । सबैले आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका खेलेर विकासको गतिलाई तिव्रता दिनुपर्छ ।
विकासमा अवरोध गर्ने हिंसात्मक गतिविधि सञ्चालन गर्ने, उदण्डता देखाउनेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न पछि हट्नु हुँदैन । यसमा दवाव र प्रभावलाई परै राख्न सक्ने आँटको पनि आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here