- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsनयाँ होइन, पुरानै भानुचोक

नयाँ होइन, पुरानै भानुचोक

- Advertisement -spot_img

भुवन गौतम
घोराही, २८ जेठ ।

घोराही बजारको मुख्य चोकको रुपमा रहेको भानुचोकको नाम परिवर्तन नगर्न माग गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं १५ स्थित भानु चोकलाई यथावत राख्न माग गर्दै आदिकवि भानुभक्तको फोटो समेत राखिएको छ ।

मंगलबार बिहान प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी, घोराही उपमहानगरपालिकाका वडा नं. १५ का वडा अध्यक्ष रमेश पाण्डे, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, पत्रकार नारायणप्रसाद शर्मा, सम्बन्धित टोल विकास संस्थाका अध्यक्षहरुको उपस्थितिमा भानुचोकको नामलाई यथावत राख्नको लागि फोटो राखेका हुन् ।

यसैबीच घोराहीका तीनवटा टोल विकास संस्थाहरुले भानु नाम यथावत राख्न माग गरेका छन् । घोराही उपमहानगरपालिका– १५ मा पर्ने भानु टोल विकास संस्थाका अध्यक्ष रेवा डाँगी, गौतम बुद्ध टोल विकास संस्थाका अध्यक्ष मिनराज घिमिरे र नयाँ सडक टोल विकासका अध्यक्ष श्यामप्रसाद आचार्यले संयुक्त रुपमा सोमबार विज्ञप्ति जारी गर्दै घोराही–१५ को मुख्यचोकका रुपमा रहेको भानुचोक (तुलसीपुर चोक)को नाम परिवर्तन गरी घोराही उपमहानगरपालिकाले घोडाको मूर्ति राख्ने गरेको निर्णयप्रति गम्भीर असहमति व्यक्त गर्दै पुरानै नामलाई यथावत राख्न माग गरेका हुन् ।

घोराही उपमहानगरपालिकाले घोराहीको पहिचान झल्काउने गरी घोराही–१४ र १५ को साझा चोक ट्राफिक चोकमा घोडाको मूर्ति राखिसकेकाले अर्को चोकमा पनि घोडाको प्रतिमा राख्ने प्रयास अवैज्ञानिक र बाहिरबाट आउनेलाई भ्रम पार्ने गरी काम नगर्न समेत आग्रह गरेका हुन् ।

उनीहरुले आदिकवि भानुभक्त आचार्यको नाम साकार पार्न र नेपाली भाषाप्रतिको सम्मान व्यक्त गर्न उक्त चोकमा आदिकवि भानुभक्त आचार्यको मूर्ति स्थापना गरी भानुचोक नाम यथावत राख्न माग गरेका छन् ।

तत्कालिन त्रिभुवन नगरपालिकाका नगर प्रमुख अमरबहादुर डाँगी (अहिले प्रदेशसभा सदस्य)को समयमा विज्ञहरूको सुझाव लिई घोराहीका विभिन्न चोकको नामाकरण गरेको थियो । सोही सुझावअनुसार तुलसीपुर चोकलाई भानुचोक नाम राख्ने र उक्त टोलको नामसमेत भानु टोल विकास संस्था राख्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यहाँको वस्तुस्थिति, ऐतिहासिकता र यहाँ बस्ने जनताको भावना विपरित नजान उनीहरुले आग्रह गरेका छन् । ‘पूर्वाग्रह र लहडको भरमा सार्वजनिक स्थानको नाम र अस्तित्व समाप्त पार्न नहुनेमा सतर्क रहन प्रिय जनप्रतिनिधिहरूमा अनुरोध गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।

भाषा र संस्कृति सबैका लागि प्रिय हुन्छन् भन्दै विज्ञप्तिमा एकअर्काको सम्मानबाट मात्र शान्तिपूर्ण सहअस्तित्व सम्भव छ भन्ने विषयमा विशेषतः जनप्रतिनिधिहरू सजग रहनुपर्नेमा जोड दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here