Sunday, April 14, 2024
Homebreaking-newsक्वारेन्टाइनमा प्याड, सर्वोत्तम लिटो

क्वारेन्टाइनमा प्याड, सर्वोत्तम लिटो

- Advertisement -spot_img

दाङ, २७ जेठ ।
दाङका क्वारेन्टाइनमा रहेका महिला तथा बालबालिकाहरूका लागि स्वास्थ्य तथा पोषणयुक्त सामग्री सहयोग गरिएको छ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले क्वारेन्टाइनमा रहेका महिला तथा बालबालिकाहरूका लागि सुरू गरेको सहयोग कार्यक्रमअन्तर्गत प्याड र सर्वाेत्तम लिटो प्रदान गरिएको हो ।

क्वारेन्टाइनमा रहेका महिलाहरूका लागि पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सहयोग सुरू गरेको हो । महिलाहरूका लागि सेनेटरी प्याड र सातु एवं बालबालिकाहरूका लागि सर्बाेत्तम लिटो सहयोग गरिएको छ । पहिलो चरणमा घोराही उपमहानगरपालिका वडा नम्बर १० र १८ का विभिन्न क्वारेन्टाइनमा रहेका महिला, बालबालिका र अपांग व्यक्तिहरूलाई सहयोग गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० का क्वारेन्टाइनमा रहेका ७ जना महिला एकजना अपांग व्यक्ति र १ जना बच्चाका लागि सामग्रीहरू सोमबार सहयोग गरिएको छ । संस्थाका वरिष्ठ प्रवन्धक लोकमणि रेग्मीले १० नम्बर वडाका सदस्य लक्ष्मी लम्साललाई उक्त सामग्री प्रदान गरेका हुन् ।

यसअघि घोराही उपमहानगरपालिका वडा नम्बर १८ का विभिन्न क्वारेन्टाइनमा पुगेर संस्थाले महिला तथा बालबालिकालाई स्वास्थ्य तथा पोषणयुक्त सातु र सर्बोत्तम लिटो प्रदान गरिएको छ । यसका साथै घोराही–१० को मावि लमडरूवामा रहेको क्वारेन्टाइनमा रहेका एकजना बालकका लागि दैनिक दूधको व्यवस्था पनि गरिएको संस्थाका वरिष्ठ प्रबन्धक रेग्मीले जानकारी दिए ।

क्वारेन्टाइनमा रहेका महिला तथा बालबालिकाहरूको स्वास्थ्यलाई मध्यनजर गरी संस्थाको तर्फबाट सहयोगको कार्यलाई अगाडी बढाएको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिइन् ।

‘क्वारेन्टाइनमा रहनुभएका दिदिबहिनीहरू र उहाँहरूका बालबच्चाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै हामीले सक्दो सहयोगको कार्यलाई अगाडी बढाएका छौँ’ उनले भनिन्, ‘घोराहीबाट सुरू भएको यो सहयोगको अभियान अन्य स्थानीय तहहरूमा पु¥याइने छ ।’

नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा सञ्चालन गरिएको महिला सामुदायिक सेवा केन्द्र कम्पनीद्वारा उत्पादित पोषणयुक्त सातु र सर्बाेत्तम लिटो एवं लैंगीक पुनस्र्थापना केन्द्रद्वारा उत्पादित पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सहयोग गरिएको योगीले जानकारी दिइन् ।

यस कार्यलाई अन्य स्थानीय तहसम्म पु¥याइने संस्थाले जानकारी दिएको छ । लकडाउनको समयमा दाङ, सल्यान, प्यूठान, रोल्पा जिल्लाका विभिन्न स्थानका विपन्न परिवारका लागि खाद्यान्न एवं स्वास्थ्य सामग्री सहयोग गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here