Thursday, March 28, 2024
Homebreaking-newsहुलाकी राजमार्ग निर्माणमा रहेका एक्साभेटरमा आगजनी

हुलाकी राजमार्ग निर्माणमा रहेका एक्साभेटरमा आगजनी

- Advertisement -spot_img

दाङ, २७ जेठ ।
हुलाकी राजमार्ग निर्माण आयोजनामा प्रयोग भएका एक्साभेटरहरूमा आगजनी गरिएको छ । मध्यरातमा अज्ञात समूहले आयोजना निर्माणमा प्रयोग भएका पाँचवटा एक्साभेटरमा आगजनी गरेको दाङ प्रहरीले जनाएको छ ।

कल्याणकोट–कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणको काममा संलग्न एक्साभेटरमा आगजनी गरिएको छ । बा २ क ४४८२, बा १ क २२७१, बा २ क ३१४८, रा १ ख ७१३ र एउटा अनटेष्ट एक्साभेटरमा आगजनी भएको छ ।

दाङको गढवा गाउँपालिका वडा नं. १ जेठान गाउँस्थित राप्ती नदीको किनारमा पार्किङ गरेर राखिएका पाँचवटा एक्साभेटरमा आगजनी भएको हो । आगजनीका कारण चारवटा एक्साभेटर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।

एसपी चन्दले घटनाको अनुसन्धान भइरहेको र दोषी जोसुकै भएपनि दोषीलाई कानुनी दायरामा ल्याइने बताए । ‘यो एक्लो व्यक्तिबाट सम्भव छैन । समूहमा रहेका व्यक्तिले आगजनी गरेको हुन सक्छ’ उनले भने– ‘अहिले यो ऊ भन्नसक्ने अवस्था छैन, तर, जो संलग्न छन्, उनीहरू चाँडै नियन्त्रणमा आउँछन् र कानुनी कारवाही हुन्छ ।

‘राति १ बजे एक्कासी आगो सल्किएको देखेपछि निभाउने प्रयास गरियो तर, सवारी साधन जोगाउन सकिएन निर्माण कम्पनीका प्रतिनिधि बलबहादुर चापागाईले भने– ‘राप्ती नदीमा बाढी आएकाले तीन दिनदेखि काम भएको थिएन । स्क्याभेटर पार्किङ गरेर राखिराखेका थियौं । यो बीचमा धम्की कतैबाट नआएपनि अज्ञात व्यक्तिले फोनमा एक महिना अघि आर्थिक सहयोग माग गरेको तर, सहयोग गर्न नसक्ने कम्पनीले जवाफ दिएको उनले बताए ।

‘एक महिनाअघि सहयोग चाहियो भनेर फोन आएको थियो’, उनले भने ‘हामीले दिन नसकिने जानकारी गरायौं, पुनः आइतबार दिउँसो पनि सोही नम्बरबाट फोन आएको थियो उठाउन सकिन ।’ ‘राति त स्क्याभेटरमा आगजनी भयो’ उनले भने, ‘सहयोग नपाएको निहुँ पनि नहुनुपर्छ ।’

संलग्नको पहिचान हुन सकेको छैन । एक्साभेटरमा आगो लगाउन जुटको बोरामा मट्टितेल छर्किएको पाइएको छ । रडले सिसा फुटाएर मट्टितेल छर्किएको जुटको बोरामा आगो लगाएर चालकको सिट र भुइँमा राखेर आगो लगाएको घटनास्थलको अध्ययनबाट पत्ता पाइएको छ । निर्माण कम्पनीले आगलागी योजनावद्ध नै भएको हुनसक्ने बताएको छ ।

दाङका प्रमुख जिल्ला गोविन्द प्रसाद रिजालले घटनालाई गम्भीर रूपमा लिएर छानबिन थालिएको बताए । उनले काम निरन्तर हुने तर सावधानी पनि अपनाउनुपर्ने अवस्था रहने बताए । ४÷५ दिनमा आगलागीको घटनाको बास्तविकता आउने समेत बताए ।

सुरक्षा खोज्दै व्यवसायी

हुलाकी सडकअन्तर्गतको कामको गति लिन सुरक्षा महसुस हुनुपर्ने निर्माण व्यवसायीले बताएका छन् । तिव्रगतिमा सडक फराकिलो बनाउने र पिचको तयारी भइरहेका बेलाको यो घटनाले व्यवसायीहरूलाई सुरक्षाको प्रत्याभूति आवश्यक भएको उनीहरूको तर्क छ । लकडाउन हुनुअघि एक महिना जति काम गरेर झण्डै दुई महिना रूकेको काम बैशाख २५ गतेबाट सुरू गरिएको थियो ।

कल्याणकोट–कालाकाटे गढवा सिक्टा हुलाकी सडकको काम तिब्र रूपमा भैरहदा आइतबार राति भएको आगजनीको घटनाले व्यवसायी आतंकित बनेका छन् । ‘कामले गति लिदै थियो । सरकारको निर्णयअनुसार काम अघि बढाएका थियौँ ।

आयोजनाको काममा प्रयोग भएका सवारी साधनमाथि आगजनी हुँदा काम गर्ने वातावरण भएन’ निर्माण कम्पनी बज्रगुरू कान्छाराम कन्ट्रक्सन जेभीका प्रतिनिधि बलबहादुर चापागाईले भने– ‘सुरक्षाको प्रत्याभूति नहुँदासम्म काम सुरू गर्न सकिदैन ।’

६० करोडको लागतमा सडक चौडा गर्ने र कालोपत्रे गर्ने योजनाका साथ चालु आर्थिक वर्षबाट काम अघि बढेको थियो । तीन वर्षभित्र सडकको काम सक्ने सम्झौता भएको छ । हुलाकी मार्ग निर्माणअन्तर्गत योजना अघि बढिरहेको छ । सुरक्षाका कारणले नै काममा प्रभाव नपर्ने दाङ प्रहरी प्रमुख चन्दले बताए । उनले नियमित कामको लागि प्रयास हुने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here