Saturday, April 20, 2024
Homeफिचरदार्मामा योजनाको काम सुरू

दार्मामा योजनाको काम सुरू

- Advertisement -spot_img

सल्यान, २७ जेठ ।
सल्यानमा योजनाका कामहरू सुरू भएका छन् । जिल्लाको दार्मा गाउँपालिकाका विकास योजनाका कामहरू सुरू भएका हुन् । कोरोना कहरका बीच पनि गाउँपालिकाले सडक, स्वास्थ्य क्षेत्रका तीन ठूला योजनाको काम सुरू गरेको हो ।

कोरोना कहरका बीच दार्मा गाउँपालिकामा तीन ठूला विकास योजनाका काम सुरू भएका छन् । गाउँपालिकाले लकडाउनको समयमै सडक विस्तार एवं मर्मत सम्भार र स्वास्थ्य चौकी निर्माणको कामलाई निरन्तरता दिएको छ । योजना सम्पन्न गर्नुपर्ने मिति नजिकिदै गर्दा गाउँपालिकाले योजनाका कामहरू अगाडी बढाएको हो ।

गाउँपालिकाले वडा नं. ४ को रारेचौर–पेदी–पुखात–फारूलाचौर सडक, वडा नं. ३ र ४ स्थित मौलाहाले–फारूला–दार्माकोट सडक स्तरबृद्धिको काम सुरू गरेको हो । वडा नं. ४ मा रहेको स्वास्थ्य चौकी भवन निर्माणको काम सुरू गरिएको छ । उक्त भवनको शिलान्यास गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले गरेका हुन् ।

कोरोनाको कारणले विकास निर्माणका काम ठप्प नहुने भन्दै उच्च सुरक्षा सतर्कता अपनाउँदै कामहरू सुरू गरिएको अध्यक्ष केसीले बताए । तोकिएको समयमै योजनाका कामहरू सम्पन्न गरिसक्नु पर्ने भएको बताए । समयमै योजनाहरू सम्पन्न नगर्दा यसले दीर्घकालिन असर पार्ने भएकाले कोरोनाका कहरबीच काम सुरू गरेको उनको भनाइ छ ।

रारेचौर–पेदी–पुखात–फारूलाचौर सडक विस्तार र स्तरोन्नतीका लागि गाउँपालिकाले अनुमानित लागत २१ लाख ७ हजार ५ सय ४८ रूपैयाँ छुट्याएको गाउँपालिकाका इन्जिनियर मधुसुदन केसीले जनाकारी दिए ।

यस्तै मौलाहाले–फारूला–दार्माकोट सडक स्तरबृद्धिका लागि अनुमानित लागत २१ लाख ४० हजार ९ सय ६७ रूपैयाँ छुट्याइएको इन्जिनियर केसीले बताए । ३२ लाख ८४ हजार ९ सय २८ को लागतमा स्वास्थ्य चौकी भवन निर्माणको कामसमेत भइरहेको छ । सबै योजना निर्माणको ठेक्का जेनिशा निर्माण सेवा एण्ड सप्लायर्सलाई दिइएको इन्जिनियर केसीले जानकारी दिए ।

गाउँपालिकाले योजनाका कामहरू मात्र नभई आफ्नै स्रोत साधनको प्रयोग गरी सडक मर्मत गर्ने, नयाँ ट्रयाक खोल्नेलगायतका कामहरू गर्दै आएको उनले बताए । स्थानीय सरकारमार्फत सम्पन्न गर्नुपर्ने सबै योजनाहरू अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

यसैगरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले गाउँपालिका क्षेत्रभित्रका सबै ठाउँलाई सडक सञ्जालसँग जोड्ने बताए । यसका लागि चालु आर्थिक वर्षमा नयाँ सडक निर्माण तथा मर्मतको कामलाई तिव्र गतिमा अगाडी बढाएको उनले जानकारी दिए ।

गाउँपालिकाको करिब ४ करोड ७ लाख १० हजारको लागतमा यातायात पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ । पूर्वाधार विकासमा ६ करोड ४६ लाख १० हजार, खानेपानी तथा सरसफाईका योजनामा ४ करोड ४६ लाख, जलस्रोत तथा सिंचाईमा २६ लाख ५० हजार रकम विनियोज गरी योजनाका काहमहरू अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

नेपाल सरकारको विशेष अनुदान अन्तर्गतको जुगेपानी–तल्छारे–काफलनेटा लिफ्ट खानेपानी आयोजना र कर्णाली प्रदेश सरकारको समपूरक योजनाअन्तर्गतको सुन्धारी–घरबारी–सूर्योदय मावि लिफ्ट खानेपानी आयोजना पालिकाकै ठूला खानेपानी आयोजना हुन् ।

यी दुई आयोजनामा मात्रै ३ करोड बढीको लगानी रहेको छ । यिनको पूर्णतासँगै वडाका बासिन्दाको खानेपानीको अभाव टार्नेमा गाउँपालिका लागेको छ ।

ढाकाडामकोट–साङ्ट–झ्यारिबाङ–फारूला–तिमिलकाँडा सडक, भीरबाटी–दुबाङ–फारूला सडक, फारूला–तिमिलकाँडा सडक, मौलाहाले–फारूला सडक ग्रावेल, फारूला बजार सडक पिसिसी पालिकाका महत्वपूर्ण सडक आयोजनाहरू भएको खड्काले बताए ।

८२ लाखको लागतमा निर्माण हुन लागेको सहिद स्मृति रङ्गशाला निर्माण, उज्यालो अभियानअन्तर्गत २ करोड २५ लाखको बिजुली बत्ती विस्तारको काम भइरहेको छ ।

पुल निर्माणको काम अलपत्र

सल्यानको दार्मा खोला पुल निर्माणको काम अलपत्र परेको छ । रारेचौर–फारूलाचौर सडक–खण्डको दार्माखोलामा निर्माणको जिम्मा लिएका ठेकेदारले काम नगर्दा पुलको काम अल्पत्र परेको हो । करिव ३ करोड ५६ लाखको लागतमा पुल निर्माण काम सुरू गरिएको थियो ।

गत २०७६ पुस १७ गते शिलान्यास गरिएको उक्त पुल निर्माणको जिम्मा लक्ष्मण जेभी भरतपुरले लिएको थियो । काम बिचमै छोडेर ठेकेदार बेपत्ता भएपछि अहिले उक्त पुलको काम अलपत्र अवस्थामा रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here