- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरगणित शिक्षकलाई अनलाइन प्रशिक्षण

गणित शिक्षकलाई अनलाइन प्रशिक्षण

- Advertisement -spot_img

दाङ, २७ जेठ ।
दाङमा गणित शिक्षकहरूका लागि तीनदिने अनलाइन प्रशिक्षण सुरू भएको छ । गणित शिक्षा परिषद् प्रदेश नं. ५ को आयोजनामा अनलाइन प्रशिक्षण सुरू भएको हो ।

सोमबार प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा प्रशिक्षण सुरू गरिएको हो । प्रशिक्षणको पहिलो दिन लोकबहादुर बस्नेतले गणित शिक्षणमा प्रयोग हुने सामग्री निर्माण तथा प्रयोगको बारेमा जानकारी गराएका छन् । सोमबारदेखि सुरू भएको प्रशिक्षणमा ३ सय ७८ जना गणित शिक्षकहरूको सहभागिता रहेको थियो ।

परिषद्का उपाध्यक्ष पर्शुराम चौधरीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा गणित शिक्षा परिषद्का केन्द्रीय अध्यक्ष मदनमान श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा. हिरा बहादुर महर्जन, वरिष्ठ गणितिज्ञ प्राध्यापक डा. हरिप्रसाद उपाध्याय, परिषद्का महासचिव रमेशप्रसाद अवस्थी, डा.जे.वि.प्रधान तथा योगगुरू प्रेम शाहलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका सहगाभीहरूले शिक्षण सिकाइसम्बन्धी आवश्यक पर्ने तालिमको व्यवस्थापन र बजेटका लागि सरकार समक्ष माग राख्ने बताएका थिए । प्रशिक्षणको समीक्षा प्राध्यापक डा. हरिप्रसाद उपाध्यायले गरेका थिए भने परिषद्की सदस्य सम्झना शर्माले धन्यवाद ज्ञापन गरेकी थिईन् ।

कार्यक्रमको सहजीकरण परिषद्का सचिव बिक्रम भण्डारीले गरेका थिए । यस्तै प्रशिक्षणको दोस्रो दिन पतञ्जली योग समिति प्रदेश नं. ५ का प्रदेश प्रमुख प्रेम शाहले योगालाई शिक्षा र स्वास्थ्यसँग कसरी जोड्न सकिन्छ ? भन्ने विषयमा जानकारी दिनेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here