- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरअभिमुखीकरण तालिम

अभिमुखीकरण तालिम

- Advertisement -spot_img

घोराही, २७ जेठ ।
त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष कार्यालयको आयोजना तथा महेन्द्र बहुमुखी क्याम्पस दाङको संयोजनमा महेन्द्र बहुमुखी क्याम्पस दाङमा अध्यापनरत प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, शिक्षण सहायक तथा आंशिक शिक्षकहरूका लागि अनलाइन शिक्षा प्राध्यापनसम्बन्धी दुईदिने अभिमुखीकरण तालिम भएको छ ।

तालिमममा पुल्चोक ईञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा सुवर्ण साक्य, तालिम तथा प्रशिक्षकहरू नेपालगञ्ज क्याम्पसका उपप्राध्यापक चक्र वम, बुटवल क्याम्पसकी बनस्पती बिभाग प्रमुख उपप्राध्यापक माया उपाध्याय, पुल्चोक ईञ्जीनियरिङ क्याम्पसका शिक्षक अनिल बर्मा र महेन्द्र बहुमुखी क्याम्पस दाङका कम्युटर शिक्षक कर्ण पुनले त्रिविले कोभिड–१९ ले सिर्जना गरेको असहज परिस्थितिमा माईक्रोसफ्ट अफिस ३६५ टिमबाट अनलाईन कक्षा सञ्चालन विधिबारे प्रशिक्षण दिएका थिए ।

तालिमको उद्घाटन सत्रमा क्याम्पस प्रमुख दिवाकर शर्माले क्याम्पसका प्राध्यापकहरूको प्राविधिक क्षमता विस्तारमा त्रिविले गरेको सहयोगको प्रशंसा गरेका थिए । तालिमको अवसरमा प्राध्यापक धरणीधर शर्माले विद्यार्थीहरूले पठनपाठन सुचारू गर्न भनिरहेको सन्दर्भमा तालिम धेरै नै उपयोगी भएको बताएका थिए ।

सहायक क्याम्पस प्रमुख सुदर्शन रिजालले क्याम्पसका कर्मचारी तथा प्राध्यापकको प्राविधिक तथा अनलाइन शिक्षा क्षमता विस्तारमा क्याम्पसले त्रिविसँगको समन्वयमा थप काम गर्दै जाने बताए । तालिममा क्याम्पसका ५० बढी शिक्षकहरूको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here