- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsस्वाव संकलन स्थगित

स्वाव संकलन स्थगित

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २६ जेठ ।

स्वाव परिक्षणको गति बढ्न नसक्दा दाङमा स्वाव संकलनको काम एकसातालाई स्थगित गरिएको छ । पिसिआर प्रविधिबाट जाँच गर्न पठाइएका स्वावहरू राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकहप्ता अघिदेखिको थुप्रिएर रहेको हुँदा एकसातालाई स्वाव संकलन नै स्थागित गरिएको हो ।

पिसिआर प्रविधिबाट जाँच गर्ने मेसिन प्रतिष्ठानमा अहिले १ हजार ७ सय बढी स्वाव जाँचको प्रक्रियामै रहेको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए । ‘प्रतिष्ठानमा दाङसहित अन्य जिल्लाको पनि स्वाव जाँच गर्नुपर्ने भएकाले दाङको १ हजार ७ सय बढी स्वाव परिक्षणको प्रक्रियामै छ’ उनले भने– ‘एक हप्तासम्म त्यो स्वाव परिक्षण गर्न समय लाग्ने देखिन्छ ।’

प्रतिष्ठानमा स्थापना गरिएको मेसिनमा एक पटकमा ९६ जनाको स्वाव परिक्षण गर्न सकिने रजिष्ट्रार देवले बताए । ‘एक पटकमा ९६ जनासम्मको परिक्षण गर्नसक्छ, त्यो एकपटकको रिपोर्ट आउन करिब ७ घण्टासम्म लाग्ने गरेको छ, यस हिसाबले दैनिक २ सयको हाराहारीमा स्वाव जाँच हुने गरेको छ ।’

प्रतिष्ठानमा एकहप्तादेखिको स्वाव जाँच नहुँदा अहिलेलाई स्वाव संकलनको काम स्थगित गरिएको घोराही उपमहानगरपालिकाका कोभिड–१९ फोकलपर्सन विकेश रेग्मीले जानकारी दिए ।

घोराहीको करिब ७ सयजनाको स्वाव जाँच अहिले पनि प्रक्रियामै रहेको छ ।’ उनले भने– ‘जाँच हुन एकसाता लाग्ने भएका कारण अहिलेलाई संकलनको काम नै स्थागित गरिएको हो, अरू केही समस्या होइन स्वावको जाँच ढिलाई हुँदा संकलनको काम रोकेका हौँ ।’

लामो समयदेखिको स्वाव जाँच नहुँदा प्रतिष्ठानले थप स्वाव लिन नमानेपछि संकलनको काम रोकेको लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज शर्माले बताए । ‘शनिबारसम्मको आँकडा अनुसार लमहीको २ सय ३५ स्वाव परिक्षण गर्न बाँकी छ’ उनले भने– ‘अरू स्वाव संकलन गरेर के गर्नु र ? प्रतिष्ठानमा पहिलेकै स्वाव परिक्षण हुन बाँकी रहेको छ ।’ प्रतिष्ठानमा पठाएको थुप्रै स्वाव परिक्षण हुन बाँकी हुँदा स्वाव संकलनको काम दशवटै स्थानीय तहले रोकेका छन् ।

दाङमा एकमात्र स्वाव परिक्षण गर्ने मेसिन हुँदा स्वाव परिक्षणको कामले गति लिन सकेको छैन् । स्वाव परिक्षणमा ढिलाई हुँदा क्वारेन्टाइनमा बसेका मानिसहरूले आफूहरूको स्वाव परिक्षण कहिले हुन्छ ? भनेर सोधिरहने गरेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।

‘स्वाव पठाएको एकसातापछि रिपोर्ट आउँछ, दाङमा एक ठाउँमा मात्रै स्वाव परिक्षण हुँदा यस्तो समस्या आएको हो ।’ उनले भने– ‘गाउँपालिकामा अहिले स्वाव संकलन गर्ने काम स्थगित गरेका छौँ ।’

स्वाव परिक्षणमा ढिलाइ हुँदा क्वारेन्टाइनमा भारतबाट आउने नागरिक भरिन थालेको उनले बताए । ‘परिक्षण छिटो भएपछि क्वारेन्टाइनमा बसेका नागरिकहरू घरको क्वारेन्टाइनमा जान्थे र पालिकाका क्वारेन्टाइन खाली हुन्थे तर अहिले ढिलाइ हुँदा समस्या देखिएको छ ।’ क्वारेन्टाइनमा धेरै दिन राख्दा पालिकालाई व्ययभार पनि बढ्ने गरेको उनले बताए ।

तुलसीपुरका पनि करिब ३ सय जनाको स्वावको रिपोर्ट आउन बाँकी रहेको तुलसीपुर उपमहानगर–पालिकाका कोभिड–१९ फोकलपर्सन विमल केसीले बताए । ‘आइतबार मात्रै ५७ जनाको स्वाव संकलन गरेका छौँ, तर अब केही दिनलाई संकलन नगर्ने त होला ?’ उनले भने– ‘छिटै जाँच गर्न पाए त ढुक्क हुने थियौँ भन्छन् सबैले तर जाँच गर्ने मेसिन एउटामात्रै हुँदा रिपोर्ट आउन एकसाता नै लाग्ने गरेको छ ।’

दाङमा एक ठाउँ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै स्वाव जाँच हुँदा धेरै स्वाव परिक्षणको पर्खाइमा रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले बताइन् । ‘पालिकालाई एकसातासम्म स्वाव जाँच नगर्नुस् भनेका छौँ’, उनले भनिन्– ‘संकलनमात्र गरेर के गर्नु र परिक्षण हुने ठाउँ छैन् ?’

चार हजार बढीको स्वाव संकलन

दाङमा चार हजार बढीको स्वाव संकलन गरिएको छ । स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कअनुसार दाङका दश स्थानीय तहमा अहिलेसम्म ४ हजार ३ सय ६८ जनाको स्वाव संकलन गरिएको छ । संकलन गरिएका स्वावमध्ये २ हजार ५ सय ९९ जनाको स्वाव परिक्षण भइरहेको छ भने १ हजार ७ सय ६९ जनाको स्वाव परिक्षण हुन बाँकी रहेको छ ।

अहिलेसम्म घोराहीमा ९ सय १३, गढवामा ६ सय ५, बंगलाचुलिमा ५ सय ५०, बबई ५ सय ३९, तुलसीपुरमा ४ सय ५१, राप्तीमा ४ सय ४०, लमहीमा २ सय ८५, शान्तिनगरमा २ सय ७०, राजपुरमा १ सय ८८ र दंगीशरणमा १ सय २७ जनाको स्वाव संकलन गरिएको छ ।

दाङमा परिक्षण गरिएको स्वावमा अहिलेसम्म ७६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । अहिलेसम्म घोराहीमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । घोराहीमा २२, बंगलाचुलीमा १८, गढवामा ८, तुलसीपुरमा ५, लमहीमा ९, राजपुरमा ६, राप्ती र बबईमा २÷२ जनामा संक्रमण देखापरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here