- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-news‘इपिसेन्टर’ बन्दै बनगाड

‘इपिसेन्टर’ बन्दै बनगाड

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, २६ जेठ ।

पश्चिम सल्यानको बनगाड कुपिण्डे कोरोनाको इपिसेन्टर बनेको छ । अब्यवस्थित तथा भद्रगोल क्वारेन्टाइनका कारण अहिले बनगाड कुपिन्डे नगरपालिका कोरोनाको इपिसेन्टर बन्दै गएको छ ।
नगरपालिकामा आइतबारमात्र थप २८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

बनगाड कुपिण्डे नगरपालिकाका क्वारेन्टाइनमा बसी रहेका २८ जना संक्रमित थपिएको प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले पुष्टि गरेको हो । नगरपालिकामा मात्रै संक्रमितको संख्या १ सय ७ पुगेको छ ।

नगरपालिकामा १७ गते २५ जना, १९ गते १७, २४ गते ३७ र आइतबार २८ जनामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै सल्यानमा संक्रमितको संख्या भने १ सय १९ पुगेको छ । आइतबार संक्रमित हुनेहरूमा बनगाड कुपिण्डे नगरपालिका १ का १८, १९, २०, २०, ३८, ६०, २२, २४ र २५ वर्षका पुरूष तथा १६ वर्षिया एक महिला रहेका छन् ।

वडा नं. ३ का २२, २९, २० र २४ वर्षका पुरूष, वडा नं. ४ का २८, ४९ र ५६ वर्षका पुरूष रहेका छन् । वडा नं. ५ का १७ र २०, वडा नं. ६ का ३५ र ३६, वडा नं. ७ का २१, २२, २३, २५, ३३, २३ रहेका छन् ।

संक्रमित सबैलाई सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा राखिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । बनगाड कुपिण्डे नगरपालिकामा १ सय ७, दार्मा गाउँपालिकामा ९, कुमाख गाउँपालिकामा २ र कपुरकोट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here