- Advertisement -spot_img
Saturday, June 19, 2021
Homebreaking-newsगाउँपालिकाले खरिद गर्‍यो भिटिएम

गाउँपालिकाले खरिद गर्‍यो भिटिएम

- Advertisement -spot_img

सल्यान, २६ जेठ ।
गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका र अन्य मुलुकबाट आउनेहरूलाई परिक्षण गर्नका लागि भिटिएम (स्वाव राख्ने भाँडो) खरिद गरिएको गाउँपालिकाले जनाएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट पिसिआर गर्नका लागि भिटिएम उपलब्ध नभएपछि आफै खरिद गरेर परिक्षण सुरू गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताएका छन् ।

‘हामीले १५ सय ६८ थान भिटिएम खरिद गरेका छौं, त्यसैबाट १ सय ६५ जनाको स्वाव संकलन समेत गरिसकिएको छ’ उनले भने । भारतबाट फर्कनेहरूको संख्यामा वृद्धि हुँदै गएका कारण परिक्षणको दायरा बढाउन भिटिएम आफै खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको तथ्यांकअनुसार गाउँपालिकाका ९ सयजना भारत र १३ सय ७० जना अन्य मुलुकमा विभिन्न कामको शिलशिलामा बस्दै आएका छन् ।

भारत र अन्य मुलुकबाट आउने ब्यक्ति र कोरोना संक्रमण हुन सक्ने आशंका गरिएका व्यक्तिलाई प्राथमिकता राखेर स्वाव संकलन गरी परिक्षण गरिने अध्यक्ष केसीले बताए । गाउँपालिकाले खरिद गरेको भिटिएमबाट जिल्ला स्वास्थ्य सेवा कार्यालयको प्राविधिक सहयोगमा शनिबार १ सय ६५ जनाको स्वाव संकलन गरिएको छ ।

सल्यानमा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ भने, छत्रेश्वरी गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमित देखिएका छैनन् । सल्यानको छत्रेश्वरी गाउँपालिकाले १ सय ६५ जनाको स्वाव संकलन गरेको छ । गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका १ सय ६५ जनाको शनिबार कोरोनाभाइरस (कोभिड–१९) को स्वाव संकलन गरिएको हो ।

भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका १ सय ६५ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । संकलित स्वावको पिसिआर परिक्षणका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाउने उनले बताए ।

गाउँपालिकाले भारतबाट आएकाहरूलाई त्रिभुवन जनता मावि भोटेचौर, शारदा क्याम्पस र शारदा मावि शंखमुलका तीनवटा क्वारेन्टाइनमा राखेको थियो । त्रिभुवन जनता माविमा ७८ र शारदा क्याम्पसमा ८७ जनाको स्वाव संकलन गरिएको हो ।

जसमा १९ जना महिला र १ सय ४६ जना पुरूष रहेको गाउँ स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले बताएकी छन् ।

क्वारेन्टाइनमा बसेकाहरूको अवधि ५ देखि १२ दिन भएको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । पिसिआर रिपोर्ट नआउँदासम्म उनीहरूलाई क्वारेन्टाइनमै राखिने बताइएको छ ।

शनिबार गरिएको स्वाव संकलनमा आवश्यक पर्ने भिटिएम गाउँपालिकाले आफै खरिद गरेको हो भने, प्राबिधिक र अन्य सहयोग जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानको रहेको गाउँपालिकाले जनाएको छ । स्वाव संकलन गाउँपालिका अध्यक्ष सन्तोष केसी, उपाध्यक्ष सीता केसी, वडा नम्बर ६ का अध्यक्ष चूडामणि दसौती लगायतको उपस्थितिमा भएको हो ।

५० जनाको आरडिटी रिपोर्ट नेगेटिभ

गाउँपालिकाले ५० जनाको आरडिटी परिक्षण गरेको छ । बाहिरी जिल्लाबाट आएका ५० जनाको आरडिटी विधिद्वारा परिक्षण गरिएको हो । परिक्षण गरिएका सबैजनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । आरडिटी गरिएका सबैजना गाउँपालिकाद्वारा निर्माण गरिएका क्वारेन्टाइनमा बस्दै आएका थिए ।

सबैजनाको रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकाले उनीहरूलाई घर पठाउने तयारी गरेको छ । आरडिटी परिक्षण गरिने किट जिल्ला स्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको हो ।

गाउँपालिकाले सातै वडामा क्वारेन्टाइन निर्माण गरेको छ । सल्यानको छत्रेश्वरी गाउँपालिकाले भिटिएम किनेर कोरोना परिक्षण सुरू गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) को पिसिआर विधिबाट परिक्षण गर्नका लागि गाउँपालिकाले १५ सय ६८ थान भिटिएम आफै खरिद गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here