- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरपिसिआर जाँच गराएर मात्र घर

पिसिआर जाँच गराएर मात्र घर

- Advertisement -spot_img

घोराही, २६ जेठ ।
घोराही उपमहानगरपालिका–१६ ले क्वारेन्टाइनमा बसेका सबैको पिसिआर जाँच गराएर मात्र घर पठाउने भएको छ । भारत तथा छिमेकी जिल्लाबाट आएका व्यक्तिहरूको अनिवार्य पिसिआर जाँच गराएर मात्रै घर पठाउने घोराही उपमहानगरपालिका वडा नं. १६ ले जनाएको छ ।

वडाका दुईवटा क्वारेन्टाइनमा २० जना छन् । ‘क्वारेन्टाइनमा बसेका सबैको पिसिआर जाँच गराएर मात्रै घर पठाउने हो’ घोराही उपमहानगर–पालिका वडा नं. १६ का वडा अध्यक्ष तारा डिसीले भने ‘पिसिआर जाँच गराउन ढिलो पालो नै किन नहोस् ।’ त्यसको लागि स्वास्थ्य शाखासँग समन्वय भइरहेको उनले बताए । सबैको पिसिआर जाँच गराएर पठाएमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरू पनि ढुक्क हुने उनले बताए ।

‘सबैलाई पिसिआर जाँच गराएर मात्रै घर जाने भने सम्झाएको छु’ उनले भने ‘ढिलै भएपनि जाँच गराएर मात्रै घर जाने प्रतिवद्धता जनाएका छन् ।’ आरडिटी मात्रै गरेर पठाउन केही समस्या देखिने होकी भन्ने कौतहुलता नहोस् भन्नको लागि पिसिआर नै गरेर पठाउन लागेको अध्यक्ष डिसीले भने । अबको केही दिनमा वडामा आठजना भारतबाट आउन लागेको खबर पाएको उनले बताए ।

त्यसको लागि पनि क्वारेन्टाइनको व्यवस्था गरेको उनको भनाइ छ । घोराही उपमहानगर–पालिका वडा नं. १६ मा करिव तीन सयजना बाहिर देशबाट आउन लागेको व्यक्तिहरूको लगत संकलन गरिसकेको वडा अध्यक्ष डिसीले बताए ।

‘जति समय लाग्छ क्वारेन्टाइनमै बसेर पिसिआर जाँच गराएर मात्र जान्छु’ घोराही उपमहानगरपालिका वडा नं. १६ की स्नेहा बुढाले भनिन् ‘पिसिआर जाँच गराएर गए भने घरको सबैजना ढुक्क अनि म पनि ढुक्क हुन्छु ।’

उनी भारतबाट घोराही उपमहानगर–पालिका वडा नं. १६ को श्री सिर्जनशील आधारभूत विद्यालयमा क्वारेन्टाइनमा आएर बसेकी छन् । ‘म स्वस्थ छु, भागेर भएपनि घर जान पाएजस्तो लाग्थ्यो’ बुढाले भनिन् ‘वडा अध्यक्ष आफै आएर पिसिआर जाँच गरेर मात्र जाने भनेर बुझाउनु भयो, अब त्यसै गर्छु ।’

त्यस्तै घोराही–१६ कै रामु विक पनि पिसिआर जाँच गराएर मात्रै घर जाने योजनामा छन् । ‘शुरूमा त मलाई पनि क्वारेन्टाइनमा बस्नै मन लाग्दैनथ्यो, घर जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो’ उनले भने ‘क्वारेन्टाइनमा बस्नुपर्ने मापदण्डहरू पूरा गरेर जान्छु ।’ उनी भारतबाट आएर आठ दिनदेखि क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा सामाजिक दूरी पनि कायम गरेको उनले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here