- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरमानवीय समानता खोजेको भाइरस

मानवीय समानता खोजेको भाइरस

- Advertisement -spot_img

हाम्रो मुलुक विश्वका अन्य मुलुकहरूको तुलनामा विकासोन्मुख, कृषि प्रधान र पानीमा ब्राजिलपछिको दोस्रो धनी देश हो भन्ने १/२ कक्षादेखि चार दशक गुजारी सक्दासम्म पढ्दै र सुन्दै आए । अझै मपछिका कति पुस्ताले यहि पढ्ने र सुन्ने हुन् यसको जवाफ गर्भमै छ ।

देशमा ठूला–ठूला क्रान्तिहरू भए । कैयौं शासन सत्ताहरू पल्टाए देश र जनताको मुक्तिका लागि रगतका खोलाहरू बगे । प्रजातन्त्र, बहुदल, लोकतन्त्र आयो र गणतन्त्र पनि आयो । जति ठूला चर्का–चर्का भाषण गरी अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद मुर्दावाद, समाजवाद र साम्यवाद जिन्दावाद भन्दै जनता लडाएर र जनता मराएर नेताहरूका टाउकाको मूल्य तोक्ने र ठोक्ने जे जस्ता कुकर्म सुकर्म भए ।

जुन तन्त्र आएपनि जनताका समस्या २०४६ सालको भन्दा अझ दयनीय छन् । कृषि प्रधान देशमा समयमा मल बीउको ठेगान छैन । अनेकन कृषकले बालीनाली उत्पादन गर्‍यो बिचौलिया हावी हुन्छ । पानीको दोस्रो धनी मुलुक रे ! हिउँदमा, गर्मीमा सिंचाईको कुरा छोडौं पिउने पानीका लागि घण्टौं लाईन बस्नुपर्छ ।

बर्षातको समय जतिबेला पानी प्रसस्त हुन्छ छिमेकी मित्र राष्ट्रका बाँधहरूले गर्दा मानौ माछा पौड्ने पोखरीमा हामी नेपाली पौडिरहेका हुन्छौं । हाम्रा नेताले हेलिकप्टर चढी आकाशबाट हामीलाई हेरिरहेका हुन्छन् । देशमा जे–जस्ता परिवर्तनहरू भए जुनसुकै व्यवस्था आयो वास्तविक भोटर जनता जहाँको तहिँ तर नेता र उनका आसेपासे तथा केही टाठाबाठाको अवस्था १४÷१५ बर्षकै अन्तरालमा सगरमाथाकै उचाइ जस्तै अग्लिएको छ ।

अहिले हाम्रो देशको परिस्थितिमा हिजोका दिनमा सबैकुरा नेताहरूलाई मात्र आएपनि एउटा कुरा अहिले सबैलाई आएको छ । नेता, जनता, धनी, गरिब र सुकिला, मुकिला त्यो हो कोरोनाभाइरस । जनता र नेता, अमिर र गरिबका बीचको जुन खाडल छ मानौं कि अहिलेका नदीजन्य सामग्रीहरूमा तस्करीको खेती गर्नेहरूले खोला नदीहरूमा रातारात गिट्टी, बालुवा र ढुङ्गा उठाई बनाएका खाडलहरू जस्तै त्यो खाडल पुर्न । किनकि यो भाइरसले कसैलाई चिन्दैन ? कसैको नातेदार होइन ? बन्दुक र बंकरबाट तर्सिदैन र अर्काे हाम्रो मुलुकमा अति चलेको घुस पनि यसले खादैन ?

किनकि हामीले धेरै समाचारहरू सुनेका छौं । बाहिरी मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुख, मन्त्री, सचिव र जनता सबैलाई आक्रमण गरेकै छ त्यसैले होस पु¥यायौं । यहाँ कोही उच–निच, ठूलो–सानो, धनी–गरिब छैन किनकि सबै मानवजातिको रगत रातो छ । संकीर्ण भावना बोकेका मनुवाहरूको मनसपटलको शब्दकोषमा मात्र यी कुरा हुन्छन् सायद कोरोनाभाइरसले तिनीहरूको गिदी खल्बलाएको होला ।

२०१९ डिसेम्बरमा चीनको वुहान सहरबाट मानव सभ्यतामा धावा बोल्दै कोरोनाभाइरसले आफ्नो यात्रा सुरू गरेको हो । यसले यात्रा सुरू गर्दैगर्दा विश्वको स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो संगठन WHO ले नेपालजस्ता मुलुकमा यसले प्रवेश गर्‍यो भने भयावह अवस्था हुनेछ भनि पहिले नै हाम्रा देशका सारथीहरूलाई सजग गराएकै हो ।

तर त्यसबेला खासै वास्ता गरेको देखिदैन ? किनभने २०७६ कार्तिक ११ मा देश लकडाउन हँुदै गर्दा कोरोनासम्बन्धी स्वास्थ्य सामग्री जुटाउने, स्वास्थ्यकर्मी परिचालन गर्नेजस्ता कुरा भएनन् जतिबेला भयो त्यतिबेला पनि कमिसनको हल्लाले ठूलै रूप लिएको सुनियो ।

अहिले अवस्था दिन दुगुना रात चार गुनाको हिसाबले अघि बढिरहेकोछ । WHO ले पहिला सजग गरायो । अहिले सजगताको चेतावनी दिइरहेकोले सरकारको ओठ मुख सुकेको जस्तो देखिन्छ । पहिलानै सजग भएको भए यस्तो विकराल अवस्था हँुदैनथ्यो कि ? चाहे सामग्री खरिद होस्, स्वास्थ्यकर्मी परिचालन होस्, क्वारेन्टाइन वा आइसोलेसन निर्माण होस् । अहिलेको बिकराल अवस्थामा आफ्नो ज्यानको प्रवाह नगरी अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गर्न हामी हिचकिचाउनु हुँदैन ?

नेपालमा लकडाउन सुरू भएदेखि २०७७ जेठ २० सम्म भारतबाट १,४२,७८४ जना भित्रिएका छन् भने तेस्रो मुलुकबाट भित्र्याउने प्रक्रिया सुरू भएको छ र हालसम्म भएका क्वारेन्टाइनहरूमा त्यहाँको भौगोलिक अवस्था, स्थानीय बस्तुस्थिति र समाज अनुसार जिल्ला सुरक्षा समिति, जनस्वास्थ्य कार्यालय र स्थानीय सरकारसँगको छलफल र सहयोगका आधारमा सुरक्षाकर्मी खटाईने कुरा गृहमन्त्रालयका सूचना अधिकृत उमाकान्त अधिकारीले बताएका छन् ।

हाम्रो देशका अधिकांस क्वारेन्टाइनहरू WHO वा नेपाल सरकारले तोकेको मापदण्डअनुसार बनेका छैनन् भन्ने कुरा तमाम घटनाक्रमहरूले देखाएका छन् । क्वारेन्टाइन निर्माण गर्ने सन्दर्भमा राज्यले मापदण्ड तोकेपनि देशका विभिन्न ठाउँहरूमा मापदण्डको कुनै प्रवाह नगरी जथाभावी सस्तो लोकप्रियताका रूपमा बनाएको देखिएको र सुनिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं.१० को एक क्वारेन्टाइनमा यस्तो प्रचण्ड गर्मीको बेला पिउने पानी र पंखासमेत नभएको घरबाट खाना, खाजा ल्याएर खाने गरेको र पल्ला समेत नभएको, शौचालयमा सौंच गर्दा दुर्गन्धित भएको जस्ता समाचार त्यस क्वारेन्टाइनमा बस्नेहरूले बाहिर ल्याएपछि त्यहाँका वडा अध्यक्षले बाहिर किन कुरा पु¥याएको भनी क्वारेन्टाइनमा बस्नेलाई हप्काएका छन् भने त्यहि जिल्लाको राप्ती सोनारी गाउँपालिकाका एक वडा अध्यक्ष छिमेकी राष्ट्र र बाहिरी जिल्लाबाट आएका ब्यक्तिहरूलाई क्वारेन्टाइन बसाई सहज बनाउन अहोरात्र खट्दा आफै संक्रमित र्भका छन् । उनी भन्छन् ‘म जनताको सेवक हुँ सेवा गर्दागर्दै फिल्डमै ढलेपनि रत्तिभर पिर छैन नआत्ति सावधानी अपनाए कोरोना परास्त गर्न सकिन्छ ।’ एउटै जिल्लामा कोही कस्ता कोही कस्ता दैवको लिला अपरम्पार ।

यस्तै समस्याबाट सल्यान जिल्ला पनि अछुतो रहन सकेको छैन । अझ उदेकलाग्दो कुरा त कैलाली जिल्लाको टिकापुर नगरपालिका फाँटा गाउँमा छ । त्यहाँका स्थानीय जो आफूलाई बुज्रुक ठान्छन् उनीहरूले अपरिचित ब्यक्ति गाउँ प्रवेश गरेमा रू १०००÷– जरिवाना तिराउने निर्णय गरेका छन् ।

एक नेपालीले अर्काे नेपालीलाई स्वदेशनै प्रदेश बनाउने कस्तो बिडम्वना ? समाजमा कोही यस्ता ब्यक्तिहरू हुँदा रहेछन् क्वारेन्टाइन, आइसोलेसन र कोरोना विशेष हस्पिटल आफ्नो गाउँ–घर र टोल–छिमेक नजिक नबनोस् भनी लागि पर्ने । हे मन्द बुद्धिका मनुवा तिमीहरूको जुनसुकै रोगको उपचार तिम्रा घरमै सम्भव छ ? तिमीहरूलाई रोग लाग्दैन, मर्नु पर्दैन, कि अजम्बरी छौं समाज चाहिदैन ?

आजैबाट आफ्नो बानी सुधार । कोरोनाले मरेको बिरामीको लास अन्य पनि संक्रमित हुने डरले परिवारलाई नदिएर राज्यले ब्यवस्थापन गर्दछ तर समाजका त्यस्ता कलंकितहरूको मृत्यु सधैं कोरोनाले मरेजस्तै हुनेछ त्यतिबेला तिमीहरू समाज गुहार्ने लायकका पनि हुने छैनौ । भेरी नगरपालिका–६ जाजरकोटमा पनि यस्तै घटना भयो । त्यहाँका स्थानीयले भारत र अन्यत्रबाट आएका नागरिकलाई गाउँको स्कुलमा क्वारेन्टाइन बनाई राख्दा सम्पूर्ण गाउँनै जोखिममा पर्ने भन्दै स्कुलको छानो भत्काई दिएको घटना हामी सबैले सुनेका छौं ।

दैलेख जिल्लाको भैरवी गाउँपालिका–३ को आधारभूत विद्यालयको क्वारेन्टाइनमा कम्तिमा ५० जना राखिएकोमा आरडिटी परिक्षण गर्दा चारजनाको रिपोर्ट पोजेटिभ आयो । त्यहाँ कुनै आइसोलेसन कक्ष नभएकोले बसेका अन्य पनि संक्रमित हुन सक्ने डरले गाईगोठमा सारिएको कुरा त्यहाँको गाउँपालिका उपाध्यक्ष पद्म कुमारी बिष्ट बिना हिचकिचावट बताउँछिन् ।

त्यहि गाउँपालिकामै क्वारेन्टाइनमा बस्ने खाने, सरसफाईको कुनै ब्यवस्था नभएको भन्दै नाराबाजी पनि भएको थियो ।
स्थानीयतहमा बनेका क्वारेन्टाइनहरू ब्यवस्थित नभएको हुँदा अन्य विभिन्न अमानवीय घटनाहरू घट्न सक्ने भन्दै स्थानीय तहमा बनेका क्वारेन्टाइनहरू संघीय सरकारले आर्थिक सहयोग गरी ब्यवस्थित बनाउन सांसदहरूले समेत माग गरेका छन् । नेपालमा हालसम्म २००९ सरकारी विद्यालय र कलेजहरू तथा आंशिक रूप निजी संस्थाहरू क्वारेन्टाइनका रूपमा प्रयोग भएको शिक्षा तथा मानव विकास केन्द्रका सूचना अधिकारी माधव दाहाल बताउँछन् ।

यता शिक्षा मन्त्रीले २०७७ असार १ बाट विद्यालय पठनपाठन सुचारू हुने संकेत गर्छन् । यसैमा शिक्षा मन्त्रालयकी प्रवक्ता दिब्या दुवाडी भन्छिन् ‘२०७७ असार १ बाट हुने पठनपाठन भनेको नेटको सुविधा हुने ठाँउमा इन्टरनेटबाट अनलाइन कक्षा र नेट नहुने ठाउँमा रेडियो, टिभिबाट एवं केही नहुने ठाउँमा छापा पाठ्यपुस्तक दिएर स्वाध्यायन गराउने तर स्कुल खुली पठनपाठन नहुने’ मन्त्रीदेखि अन्यका फरक– फरक अभिब्यक्ति आउँदा अन्योल नहुने कुरै छैन तर आम जनमानसले बुझ्ने कुरा के हो भने अधिकांश सरकारी बिद्यालय क्वारेन्टाइन बनेपछि कहाँ पढाइ हुने ?

विश्व स्वास्थ्य संगठन (WHO) र नेपाल सरकारले तोके बमोजिमका मापदण्ड पूरा नगरी बनाइएका क्वारेन्टाइनहरू गैरकानुनी र मानवअधिकारविरूद्ध पनि हुन्छन् । नेपालको संविधान अनुसार पनि सबै नेपालीहरूले उपचार पाउने र स्वच्छ वातावरणको अधिकारलाई आधारभूत मानवअधिकारको रूपमा ग्यारेन्टी गरेको छ ।

राज्यले तोकेको मापदण्ड विपरीत सञ्चालन भएका वा मापदण्डअनुसार सञ्चालन गर्न नसकिने क्वारेन्टाइन बनाएर स्वदेश तथा बाहिरी राष्ट्रबाट आएका नागरिकहरूलाई त्यहाँ राख्नुभन्दा त्यस्ता ब्यक्तिहरूलाई कोरोनाभाइरसको बारेमा पूर्ण प्रशिक्षण दियर वा तत्काल सकिन्छ भने परिक्षण गरी घर–घर होम क्वारेन्टाइनमा बस्ने वातावरण मिलाउनसके संक्रमित हुने संख्या न्यून हुन्छ कि ?

कोरोना महामारीको त्रासले लकडाउन लम्बिदै जाने टेष्टको दायरा नबढाउने, संक्रमित बढ्दै जाँदा क्वारेन्टाइन, आइसोलेसन र हस्पिटल भरिदै जाने हो भने कोरोनासँगै भोकमरीले जनता मर्ने उद्योगधन्दा, कलकारखाना बन्द हुँदा देशको अर्थतन्त्र चौपट हुने । देश लकडाउन छ कोरोनाभाइरस अझै जवान बन्दैछ तर सधै पैसाका लागि जस्तोसुकै कदम उठाउन पछि नपर्ने तस्करहरूका लागि यो समय उत्तम ठहरिएको छ ।

चाहे चोरी सिकारी, चाहे वन पैदावर, नदीजन्य होस् वा भर्खर मात्र दाङ तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्समा समातिएको लागूपदार्थ होस् । तस्करी गर्ने तस्कर हो तिम्रा पैसा, चुल्ठेमुन्द्रे र ओसारपसार सेटिङले कोरोनाभाइरस डराउँदैन । त्यसैले सबैथोक आफू बाँचे गरौंला त्यसैले बचौं र बचाऊ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here