- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरपूर्वसूचना प्रणाली (सम्पादकीय)

पूर्वसूचना प्रणाली (सम्पादकीय)

- Advertisement -spot_img

प्राय सबै अवस्थामा सूचनाको आफ्नै महत्व र विशेषता हुन्छ । सूचना प्रणालीलाई प्रभावकारी बनाउनसके आधा समस्या त्यहिबाट समाधान ब्यवस्थापन हुनेमा द्विविधा छैन । तर सूचना प्रणालीलाई प्रभावकारी बनाउन नसकेमा धेरै समस्या आउँछ । काम र योजना पनि प्रभावहीन हुनसक्छ । सूचनामा पनि पूर्वसूचना प्रणाली बढी प्रभावकारी मानिन्छ । घटना घट्नु पूर्व नै आम नागरिकसम्म सूचना पुग्नसके त्यसबाट हुने क्षतिलाई न्यूनीकरण त गर्न सकिन्छ नै त्यसलाई प्रभावकारी रूपमा ब्यवस्थापन पनि गर्न सकिने अवस्था रहन्छ । पूर्वसूचना प्रणालीको सबैभन्दा बढी महत्व विपद्को समयमा हुन्छ । केही विपद्हरूमा पूर्वसूचना प्रणालीको प्रयोगले फाइदा नगरे पनि केही विपद्मा भने महत्वपूर्ण मानिन्छ सूचना प्रणाली । तर प्रदेश नं. ५ को हकमा विपद्को व्यवस्थापनको लागि पूर्वसूचना प्रणाली प्रभावकारी नभएको सरोकारवालाको भनाइले अब सूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।

दाङ विपद्को उच्च जोखिममा रहेको जिल्ला हो । दाङका सबैभन्दा बढी बाढी पहिरो, डुबान र आगलागीले सताउने गर्छ । विपद्को पूर्वतयारी र पूर्वसूचना प्रणालीका प्रयोग र तयारी नहुँदा केही विपद्हरूले दाङ, बाँके, बर्दियामा ठूलै क्षति पु¥याएका छन् । २०७१ र ७४ मा आएको बाढीले पु¥याएको क्षति बढी हुनुमा सूचना प्रणालीको कमीका कारण नै हो । पूर्वसूचना प्रभावकारी नहँुदा देखिएको क्षतिलाई सूचना प्रणाली प्रभावकारी भएको भए कम गराउन सकिन्थ्यो । राज्यले विपद्को पूर्वतयारीमा ध्यान नदिदा र पूर्वसूचना प्रणाली र प्रशारण प्रक्रियालाई प्रभावकारी तथा चुस्तदुरूस्त नपार्दा आम नागरिकले ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था छ । यो अवस्था आउन दिनुहुँदैन । पछिल्लो समय भने विपद्सँग काम गर्ने केही संस्थाले राज्यका निकायहरूलाई विपद्को पूर्वतयारीको बारेमा भने झक्झक्याई रहेका छन् ।

सूचना प्रभावकारी भएमा मात्रै विपद्लाई सहजै व्यवस्थापन र क्षति न्यूनीकरण गर्न सकिन्छ भन्ने अभिप्राय सबैमा देखिएको छ । जिल्लाका सरोकारवालाहरूले पनि सम्भावित विपद्को न्यूनीकरण र व्यवस्थापनमा चासो देखाउनु राम्रो हुन्छ । अहिले नेपालमा स्थापना भएका तीनैतहका सरकारहरू यसतर्फ जागरूप भएर लाग्नुपर्छ । प्रभावकारी सूचना प्रणालीको अवधारणलाई ध्यान दिएर सूचना प्रणालीलाई छिटो र छरितो बनाउनेतर्फ लाग्नुपर्छ । दाङमा बाढी, पहिरो, आगलागी, भूकम्पलगायतका विपद्हरू बढी हुने गर्दछन् । त्यहि अनुसारको सूचना प्रणालीलाई पनि क्रियाशील बनाउन सकेमा यसको प्रभावकारिताको पुष्टि हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here