- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsब्राउन सुगरसहित दुईजना नियन्त्रणमा

ब्राउन सुगरसहित दुईजना नियन्त्रणमा

- Advertisement -spot_img

दाङ, २५ जेठ ।
दाङका ब्राउन सुगरसहित दुईजना युवालाई प्रहरीले नियन्त्रण लिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले शनिबार मोटरसाइकलमा ब्राउन सुगर लागूऔषध ओसारपसार गरिरहेको अवस्थामा दुईजनालाई नियन्त्रणमा लिएर जनाएको छ ।

अमिलियादेखि तुलसीपुरतर्फ जाँदैै गरेको भे २ प २७४ नम्बरको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ दमारगाउँ चेकपोष्टमा चेकजाँच गर्दा उक्त मोटरसाइकलका चालक बाँके कोहलपुर नगरपालिका वडा नं.७ बस्ने बर्ष २८ को श्री बहादुर रावतले चलाएको मोटरसाइकल खानतलासी गर्दा उक्त मोटरसाइकलको पछाडीको सिटमुनी कालोरङको प्लाष्टिकमा कालो टेप लगाई वाइरिङ तारमा टासी लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर बरामद गरिएको ईप्रका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।

त्यस्तै उक्त मोटरसाइकल सवार रहेका बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानी बस्ने बर्ष २४ को सुजन शाहीको शरीर खानतलासी गर्दा निजले लगाई राखेको अन्डर वेयरको अगाडीतर्फको दाहिने जाँघमा कालो प्लाष्टिकमा पोको पारी ब्राउन सुगर फेला परेको हो ।

दुबै स्थानमा फेला परेको ब्राउन सुगर लागूऔषधको तौल गर्दा १४ ग्राम १० मिलिग्राम रहेको सिंहले बताए । ती ब्यक्तिहरूलाई पक्राउ गरी सवार मोटरसाइकलसमेत बरामद गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here