- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsतुलसीपुर ६ को नीति तथा कार्यक्रम

तुलसीपुर ६ को नीति तथा कार्यक्रम

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २५ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार प्रस्तुत कार्यक्रमले यस आर्थिक वर्षको बजेटलाई सडक वर्षका रूपमा घोषणा गरेको छ ।
पूर्वाधार विकास, सामाजिक र आर्थिक दिगो विकासका लागि वडा सरकारले यस वर्षको बजेटमा सडक पूर्वाधारको स्तरोन्नतिलाई प्राथमिकता दिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा अध्यक्ष नवराज लामिछानेले पूर्वाधार, सामाजिक र आर्थिक पक्षको दिगो विकासका लागि सडक विस्तारका कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिए ।
वडाले आर्थिक वर्ष ०७७/७८मा कुल बजेटको ४६.९६ प्रतिशत बजेट पूर्वाधार विकासका छुट्याइएको छ ।
आर्थिक विकासतर्फ ७.७५ प्रतिशत, सामाजिक विकासतर्फ १०.६० प्रतिशत, सुशासन तथा संस्थागत विकास तर्फ १५.१५ प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १६.७७ प्रतिशत र भूमी सहकारी तथा वनतर्फ ३.०३ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
तुलसीपुर उपमहानगरले उपलब्ध गराएको ६६ लाख बजेट सिलिङमा रहेर नीति तथा कार्यक्रम र बजेट तयार गरिएका अध्यक्ष लामिछानेले जानकारी दिए ।
वडाले सडकहरू कालोपत्रे गर्ने, मर्मत, सम्भार गर्ने, मुख्य सडकमा विरूवा संरक्षण गर्ने, सडक चौडाको मापदण्डअनुसार सडकलाई व्यवस्थित गर्ने सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक आईल्याण्डको व्यवस्थापन गर्नेलगायतका योजनाहरू अगाडि सारेको छ ।
यसका लागि वडाले कुल बजेटको ४६.०६ प्रतिशत अर्थात् ३० लाख ३९ हजार नौँ सय ६० रूपैयाँ पुँजीगततर्फ र बाँकी ३५ लाख ६० हजार ४० रूपैयाँ चालुतर्फको बजेटमा बिनियोजन गरेको छ ।
छाडा चौपाया नियन्त्रणका लागि सेवाप्रदायक संस्थासँग सहकार्य गर्ने, बजेट स्रोतको आधारमा आयका योजनाहरूलाई टुक्रे योजनाबाट हटाएर क्रमागत र परिणाममुखी योजनामा जोड दिइने वडा अध्यक्ष लामिछानेले बताए ।
वडामा स्वच्छ पिउनेपानी व्यवस्थापनलाई व्यवस्थित र सरल बनाउने, बालअधिकारलाई संरक्षण गर्दै आगामी एक वर्षभित्र वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने,
नगर र वडालाई आकर्षक हुने गौरवका कार्ययोजनालाई निरन्तरता दिने, बढ्दो सामाजिक विकृति, लैंगीक हिंसा नियन्त्रणका लागि ठाउँ–ठाउँमा सामाजिक सचेतनामूलक होडिङबोर्ड, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम र मिडिया नीति निर्माण गरी सबै प्रकारका सञ्चार माध्यमको प्रयोग गर्ने योजनाहरू वडाको प्राथमिकतामा राखिएका छन् ।
यस्तै वडा स्वास्थ्य केन्द्रको क्षमता बृद्धि गर्ने, बेरोजगार युवाका लागि उत्पादनमुखी र स्वरोजगार कार्यक्रमहरू सञ्चालन गर्ने असहाय बालबालिका र महिलाहरूका लागि बालसुधार,
बाल स्याहार र महिला सेफ हाउस निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने र वडालाई आगामी दुई वर्षभित्रमा वातावरणमैत्री वडाको रूपमा घोषणा गर्ने कार्यनीति अगाडि सारेको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले कोरोनाभाइरसको महामारीले नगरका विकास निर्माणका कामहरूलाई प्रभाव पारेको बताइन् ।
जीविकोपार्जनका लागि समस्या भएका नागरिकहरूलाई मध्यनजर गर्दै नगरले श्रम बैंकको स्थापना गरिएको उनले बताइन् । वडाका नीति तथा कार्यक्रमहरू समयसापेक्ष भएको भन्दै यसका लागि जनप्रतिनिधिहरू क्रियाशील भएर लाग्ने बताइन् ।
कार्यक्रममा उपमहानगरका कार्यपालिका सदस्य अमर नेपाली (माईकल) ले आर्थिक वर्ष ०७७/७८ नीति तथा कार्यक्रम तथ्यपूरक रहेको बताए । वडाको स्तरोन्नतीका लागि गरिएको मेहनत र प्रयास उपलब्धिमूलक भएको बताए ।
विकास निर्माणको गती सुस्त भएको भन्दै यसलई सुधार गर्दै वडालाई नगरकै उत्कृष्ट वडाको रूपमा स्थापित गर्नुपर्ने बताए । उनले डिपबोर्डिङ सञ्चालन गर्ने र धुलोमुक्त सडक बनाउनेतर्फ ध्यान दिन जरूरी रहेको औंल्याए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका सह–ईन्चार्ज टोपबहादुर महतरा, राप्रपका नेता छोटीलाल थारू, राजमोका नारायण भण्डारी, पत्रकार महासंघका सदस्य नारायणप्रसाद भण्डारीलगायतको सहभागिता रहेको थियो ।
वडा सदस्य युवा कराराको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण वडा सदस्य दुजमान भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here