- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरलकडाउनको अवधिमा आत्महत्या

लकडाउनको अवधिमा आत्महत्या

- Advertisement -spot_img

आजभोलि लकडाउनको अवधिमा देशभर आत्महत्याका घटना बढेको समाचार आउने गरेको छ । प्रहरी प्रधान कार्यालको तथ्याङ्क अनुसार चैत ११ देखि जेठ २२ सम्म लकडाउनको समयमा मुलुकभर १ हजार १ सय ५ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेहरूमा ५ सय ७१ पुरूष, ३ सय ९६ महिला, ५२ बालक र ८६ जना बालिका रहेका छन् । लकडाउन अवधिमा प्रदेश नम्बर ५ मा आत्महत्या गर्नेको संख्या अन्यत्रको तुलनामा बढी पाइएको छ । प्रदेश ५ मा यो अवधिमा २ सय ४२ जनाले आत्महत्या गरेका छन् ।
जसमा १ सय २७ पुरूष, ८८ महिला, ८ बालक र १९ जना बालिका रहेका छन् । लकडाउनको अवधिभरको तथ्याङ्कलाई मात्रै हेर्ने हो भने पनि विगतको सामान्य अवस्थामा भन्दा यो बेला आत्महत्याका घटना निकै बढेको देखिएको छ ।
कोरोनाभाइरससँगै जीवन कसरी चलाउने भन्ने डर, त्रास, रोजगारी गुम्नुजस्ता कारणले आत्महत्या बढेको विज्ञहरूको तर्क छ ।
विभिन्न कारणले आर्थिक संकट विकराल बन्दै जाँदा मानिसमा नैराश्यता उत्पन्न हुने गरेकोले आत्महत्या गर्नेको संख्या बढेको मनोविज्ञहरूको छ ।
आत्महत्याको तथ्याङ्कलाई हेर्दा विष खाएर, हाम फालेर र झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको देखिन्छ । मानिसले किन गर्दछ आत्महत्या यो खोजको विषय बनेको छ ।
किन बढ्दै छ आत्महत्या ? विद्यालयमा पढने साना बालबालिकादेखि युवा, युवती, वयस्क र वृद्धहरूले समेत आत्महत्या गरेको तथ्यहरू फेला परेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बर्षेनी विश्वमा ६ लाख ५० हजार मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको छ ।
अहिले नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दो छ । नेपालमा प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको तथ्य फेला परेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौं स्थानमा पर्न आउँछ । महिलाको आँकडालाई हेर्दा त तेस्रो स्थानमा पर्न आउँछ । तर, लक्षण पहिचान गरी रोकथाममा ध्यान दिन सकेमा आत्महत्यालाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।
आत्महत्या गर्नेहरूका धेरै कारणहरू पाइन्छ । चरम आर्थिक नोक्सानी, असफल प्रेमजस्ता कारणले पनि मानिस आत्महत्या गर्ने गर्छन् । प्रायः उदास र निराशावादी भावनाका कारण मानिसले आत्महत्या रोज्छन् ।
आत्महत्या गर्ने समयमा मानिसले बाँकी जीवनका लागि कुनै पनि विकल्प देखेका हुँदैनन् । अत्याधिक रिसको कारणले पनि मानिसले आत्महत्या गर्ने गर्छन् ।

समाज, घरपरिवारदेखि लिएर साथीभाइ सबैले आत्महत्या गर्नेलाई धिक्कार दिने छन् । मूर्ख मानिसले मृत्युपछि पनि दुःख दिन्छ भन्ने हाम्रो सामाजिक मान्यता अनुसार आत्महत्या गर्ने मानिसले कानुनी तवरबाट पनि अरू मानिसहरूलाई अप्ठ्यारो गराएर दुःख दिने काम हुन्छ । राज्यको दृष्टिकोणमा आत्महत्या गर्ने सामाजिक समस्याप्रति केन्द्रित हुन सकेको छैन । यसलाई न्यूनीकरण गर्दै रोक्न सकिएन भने यसले समाजमा ठूलो समस्या खडा गर्दछ ।


सहन नसक्ने घट्ना, गम्भीर रोग, अपमानबोधका कारणले पनि मानिसले आत्महत्याको बाटो रोज्ने गर्छन् । कतिपय आत्महत्या वंशानुगत कारणले पनि हुने गर्छ ।
आत्महत्या गर्ने परिवारको इतिहासले पनि मानिसले आत्महत्या गरेको पाइन्छ । काममा असुरक्षा, असन्तुष्टि, निरन्तर दुव्र्यवहारको सामनाका कारण पनि मानिस आत्महत्याको निर्णयमा पुग्छ ।
आत्महत्या गर्ने मानिसहरूमा पहिला नै लक्षणहरू देखिन्छ । अत्यन्तै धेरै वा कम सुत्ने हुन्छन् । यस्तो मानिस चिन्तित र उत्तेजित हुन्छन् । आत्महत्याबारे सोचेको मानिस अत्यन्त निराशाजनक हुन्छ र हरेक क्षण एक्लोपनको महसुस गर्छ ।
सामाजिक कार्यमा सहभागी हुन नचाहने, नहुने, कोहीसँग बोल्न आवश्यक नठान्नेजस्ता लक्षण पनि देखाउने गर्छन् । यस्ता मानिसले स्वयम्लाई हानी गर्ने विधि पनि खोजी गरिरहेका हुन्छन् ।
विश्व स्वास्थ्य संगठनका तथ्याङ्कअनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको साताँै स्थानमा पर्छ ।
महिलाको तथ्याङ्कलाई हेर्ने हो भने नेपाल तेस्रो देश हो ।
विश्वभरको तथ्याङ्कले पुरूषमा ४५ र महिलामा ५५ बर्षपछि आत्महत्याको सम्भावना बढ्ने गरेको देखाउँछ । आत्महत्या गर्नका कारण त किटान गर्न सकिदैन, तर अनुसन्धानले मानसिक रोगका कारण ९० प्रतिशतले आत्महत्या गर्ने गरेका छन् ।
डिप्रेसन आत्महत्या गर्न सघाउ पु¥याउने प्रमुख मानसिक रोग हो । त्यस्तै बाइपोलार डिस्अर्डर, स्किजोफेनिजाजस्ता मानसिक रोगीहरूले पनि आत्महत्या गर्ने गर्छन् ।
विशेषगरी परिवारका सदस्यले नै आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउन आवश्यक हुन्छ । लक्षण देखाउने व्यक्तिसँग लामो समय रहन पनि आवश्यक हुन्छ ।
यस्ता व्यक्तिलाई नियमित ध्यान गराउनुपर्छ । ध्यानले नकारात्मक विचारबाट प्रभावित हुनबाट जोगाउनुका साथै जिउने कलाको विकास गराउँछ ।
यस्ता प्रकारका मानिसलाई लागूपदार्थ र मद्यपानको लतमा फसेको भए तत्काल मुक्त गर्न प्रयास गर्नुपर्छ ।
आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य हो । सामान्यतया आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ । त्यति गर्दा पनि जीवनशैलीमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ ।
मनोवैज्ञानिक भन्दछन्– कुनैपनि मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाइ राखेको हुन्छ । मानव मस्तिष्कमा चौविसै घण्टा राम्रा विचार मात्र सिर्जना हुँदैन ।
कतिपय बेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेट्न नसकी मृत्यु नै उसले मुख्य बाटो अपनाउन खोज्दछ । त्यसैले कुनै आत्मबल कम हुने व्यक्तिमा त्यस्तो सोचाइ उत्पन्न हुनासाथ ऊ तुरून्त आत्महत्या गर्नेतर्फ लाग्दछ ।
आत्महत्याको सोचाइ गरिरहेको बेलामा साथीभाइ अथवा अन्य मानिसको भेटवार्ताबाट पनि समयलाई गुजार्न सक्यो भने त्यो मानिस आत्महत्याबाट बच्न सक्छ ।

यसरी आत्महत्याको क्रम बढी रहँदा एउटा प्रश्न सधैं अधूरो रहने गर्दछ, आखिर किन गर्दछन् मानिसहरू आत्महत्या ? आत्महत्या गर्नेहरूमध्ये गरिबी, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक असफलताजस्ता कारणबाट मानिस आत्महत्या गरेको देखिन्छ ।
यस्तै प्रतिष्ठा कायम राख्न नसक्दा, व्यापार, व्यवसायमा घाटा, आर्थिक भार, आफन्तको शोक, परिवारको मृत्यु, दैविप्रकोप, आत्मसम्मान घट्दै गएमा पनि आत्महत्या गरेको पाइन्छ ।
एक्लोपन, गल्ती वा अपराधको बोध, ज्यादा महत्वाकांक्षा, प्रेममा धोका, दीर्घरोगी, नकारात्मक सोच, बिना लक्ष्य कामको तयारी र सामाजिक सञ्जालको दुरूपयोग, पारिवारिक तनाव,
महिला अस्मितामा पर्ने चोटका कारण पनि आत्महत्या भएको देखिन्छ । यसरी देखिने अस्थायी समस्यालाई समाधान गर्न नसक्दा कतिपय मानिस आफ्नो अमूल्य जीवन आत्महत्या गरी गुमाउँछन् ।
पुँजीवादी संस्कारमा हुर्केको हाम्रो समाजमा अधिकांश आत्महत्या गरिबीकै कारणबाट भएको पाइन्छ । यो बाहेक आत्महत्या गराउन प्रेरित गर्ने कारणमा सामाजिक र आर्थिक क्षेत्रमा विचलन लगातार उदासीपन, चिन्तन छटपटी हुनु लगातार धेरै दिनसम्म निन्द्रामा गडबडी,
दोधार मनस्थिति, हरेक कुरामा चाहना घट्दै जानुले पनि मानिसलाई नैरास्यता बनाउँछ र ऊ आत्महत्याको सोंचमा पुग्दछ ।
कतिपय अनमेल विवाह, झै–झगडा, लोग्ने–स्वास्नीबीच वैमनस्यता, सासू–ससुराको टकस र प्रेम विछोडका कारण पनि मानिसले आत्महत्या गरेको पाइन्छ ।
युवा अवस्थाको लापरवाही, शिक्षाको ढिलाई र सँगसँगै पढेका साथीहरूको प्रगतिले पनि आत्मबल कम भएका मानिसलाई आत्महत्या गर्नेतर्फ उन्मुख पारेको हुन्छ ।
आत्महत्या गरेका मानिसहरूको अध्ययन गर्दा हरेक क्षेत्रको असफलता र बेरोजगारीका कारण पनि धेरै युवा युवतीले आत्महत्या गरेको पाइएको छ ।
अन्धविश्वास, जातियता, चेतनाको कमिले समेत आज मानिस आत्महत्यालाई अन्तिम बाटो अपनाउन पुगेका छन् ।
नेपालमा मात्र होइन आत्महत्या गर्नेहरूको संख्याले विश्वलाई नै प्रश्न चिन्ह खडा गरिदिएको छ । मानिसहरू जीवनदेखि किन हरेस खान्छन त ? मनोचिकित्सक भन्दछन्–
मानिसहरूले आत्महत्या गर्नुको पछाडी आ–आफ्नै कारण रहेको हुन्छ । जो नितान्त निजी, अज्ञात अनि डरलाग्दो । मनोविज्ञानका प्राध्यापकको भनाइ अनुसार अधिकांश मानिसहरू वास्तवमा मर्न चाहँदैनन् । तर तिनीहरू विद्यमान परिस्थितिको अन्त गर्न चाहन्छन् ।
जुनकुरा आत्महत्या गर्नुअघि लेखेर छाडिएका चिठीमा प्राय पाइने शब्दहरूले यि कुराहरूलाई संकेत गर्दछ । जस्तै अँह… मैले यो सहनै सकिन अथवा अब पनि किन बाचिरहने ? जस्ता वाक्यहरूले जीवनका तिता वास्तविकताहरूदेखि भाग्ने तिव्र इच्छालाई प्रकट गर्दछ ।
मानिसहरूको आत्महत्या गर्नुको कारण फरक–फरक भएपनि जीवनमा भोग्नुपरेका समस्यालाई समाधान गर्न नसकिएको अवस्थामा मानिसलाई आत्महत्या गर्न उत्साहित गराउँदछ ।
अरूको दृष्टिमा सानो मानिने कुरा उसको लागि ठूलो भएको हुन्छ । समस्यासँग हरेस खानु पनि आत्महत्यामा सोच बढाउनु हो ।
यस्ता अनगिन्ती कुराहरूबाट के देखिन्छ भने आत्महत्या गर्नेहरूको मुल समस्या एउटै हँुदैन । उमेर, समाज र उसले लिएको शिक्षामा समेत भर पर्दछ ।
आत्महत्या गर्नेहरूको तथ्याङ्कले के देखाउँछ भने यस्ता कायरहरू जुनसुकै वर्ग, सबै जाति र पेशामा लागेका मानिसहरू पर्दछन् ।
मानिसले किन आत्महत्या गर्दछ होला ? के कसैले आत्महत्या गर्दैमा उसको सबै दोष अथवा समस्याहरू पनि आत्महत्यासँगै हत्या हुन्छ ?
जब ऊ आफैले समस्याको समाधान निकाल्न नसकेर आत्महत्या गर्दछ, भने उसको सन्तानको अवस्था कस्तो होला ?
हाम्रो दर्शन र धर्मशास्त्रहरू अनुसार आत्मजीवनको एउटा अंग हो । मानव प्राणी जुन अलौकिक छन् उसको मृत्युपछि पनि आत्माको मृत्यु हुँदैन भन्ने मान्यता छ ।
तर भौतिक विज्ञानले आजसम्म यसबारे पत्ता लगाउन सकेको छैन । किनभने आत्माको जाँचको लागि कुनैपनि नियन्त्रण मार्ग छैन । मृत्युपछि के हुन्छ भन्ने बारे आफ्नै किसिमको तर्क मानिसहरूले राख्दै आएका छन् । मानिस जन्मिएपछि एक दिन मृत्युको मुखमा पुग्नै पर्दछ ।
यो प्रकृतिको नियम हो । जन्मिएपछि हुने जीवन यात्राको सत्य पनि मृत्यु हो । यस्तो कुरालाई पनि बिर्सिएर जीवनसँग सघंर्ष गर्न डराउने कातर व्यक्तिहरू आत्महत्या गर्न तयार हुन्छन् ।
आत्महत्या गर्न खोजेका तर असफल भएका वा चिकित्सकले बचाएका मानिसहरूको दिन चर्चा पनि अर्कै मानिन्छ । उसलाई हाम्रो समाजले हेर्ने दृष्टि अर्कै बनाएको हुन्छ ।
ऊ आफै पनि समाजमा लज्जात्मक शैलीमा बाँच्नु पर्दछ । कोहि मानिस आत्महत्या असफल भई बाँच्न गयो भने हिनताको बोधले गाउँनै छाडी पलायन हुनुपरेको अवस्था पनि समाजमा छ ।
कतिपयले सामाजिक मर्यादा र आत्मा असन्तुलनकै कारण पुन आत्महत्याबाट जीवनको लिला समाप्त पारेका छन् । मानिसको जीवन एउटा चेस अथवा बाघतालको खेलसँग दाज्न सकिन्छ ।
किनकी खेलका कोहि पनि हार्दछु भनेर खेल्दैन । तर खेलमा एउटा मात्र गोटी चाल्न गल्ती ग¥यो भने खेल हार्न सक्दछ । त्यस्तै मानव जीवनमा हरेक किसिमको संघर्ष गर्नुपर्दछ ।
जीवनमा सुख, दुःखको यात्रा सबैमा हुन्छ । कहिले उदास हुनु र कहिले खुशी हुनु जीवनको नियम हो । तर लगातर उदास रहनु, खुशी पनि महसुस गर्न नसक्नु, हरेक काम बोझ झै लाग्नु,
पहिला सहज लागेको काम पनि गाह्रो लाग्नु, लगातार नकारात्मक सोंच मात्र आउनु, अब केही राम्रो हुँदैन जस्तो सोंच लगातार आउनु, शारीरिक दुख्नु खासै कारण नहुँदा पनि छिटो थकाई लाग्नु, निन्द्रा भोक नलाग्नु,
रूनमा लाग्नु, कसैले माया गर्दैन भने सोंच हावी हुनु, या आफूले गर्दा सबैले दुःख पाएजस्तो लाग्नु जस्ता उदासीपनका लक्षण कहिलेकाहिँ मानिसमा देखिन सक्दछ ।
त्यो समयमा आत्महत्याको सोंच आउन सक्दछ भन्ने भनाई आत्महत्याको बारेमा अनुसन्धान गर्दै आएका मानिसहरूको भनाई छ ।
त्यसैगरी अरू कडा खालका मानसिक रोगजस्तै स्किजोफ्रेनिया जसमा अरूले नसुनिएको आवाज सुनिने, भ्रम हुने हुन्छ । शंका गर्ने लक्षण हुन्छ । त्यस किसिमका मानिसहरूले आत्महत्या गर्ने गरिएको एक अध्ययनले देखाएको छ । नसा लिने जस्तै रक्सी, गाँजा, अफिम,
नसाको तनाव छोड्न नसकेर अनि नसा लिने ब्यक्तिमा पनि आत्महत्या गर्ने किसिमको मानसिक रोग हुने सम्भावना धेरै हुन्छ ।
धेरैजनालाई जीवनको कुनै मोडमा केही क्षणलाई नै आत्महत्या गर्ने सोंच आउन सक्छ । कुनै पनि प्रकार या कारणले आएको आत्महत्याको सोंचलाई हटाउन साथी र परिवार, इष्टमित्र, शिक्षकको सहयोग आवश्यक पर्दछ ।
एकपटक आत्महत्याको कोशिस गरेको मानिसले फेरी पनि आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ । त्यसैगरी परिवारमा कसैले आत्महत्या गरेको छ, भने पनि आत्महत्या गर्ने सम्भावना धेरै रहेको देखिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने किन मान्छे आत्महत्या गर्दछ ? यो अध्ययनको विषय हो ।
आत्महत्या गर्नेहरूले एउटै कारणले सबैले आत्महत्या गरेको पाइन्न । आत्महत्या रोग नभई विभिन्न कारणले निम्त्याउने समस्या हो ।
मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाई राखेको हुन्छ । मानव मस्तिष्कमा चौबिसै घण्टा राम्रा विचार मात्र सिर्जना हुँदैन ।
कतिपय बेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेट्न नसकी मृत्यु नै उसले मुख्य बाटो अपनाउन खोजेको हुन्छ ।
मृत्युसँग नडराउने तर जीवनका सबै पक्षका संघर्षसँग डराएर आत्महत्या गर्ने कातरहरूले सामाजिक समवेदना पाउने छैनन् ।
समाज, घरपरिवारदेखि लिएर साथीभाइ सबैले आत्महत्या गर्नेलाई धिक्कार दिने छन् । मूर्ख मानिसले मृत्युपछि पनि दुःख दिन्छ भन्ने हाम्रो सामाजिक मान्यता अनुसार आत्महत्या गर्ने मानिसले कानुनी तवरबाट पनि अरू मानिसहरूलाई अप्ठ्यारो गराएर दुःख दिने काम हुन्छ ।
राज्यको दृष्टिकोणमा आत्महत्या गर्ने सामाजिक समस्याप्रति केन्द्रित हुन सकेको छैन । यसलाई न्यूनीकरण गर्दै रोक्न सकिएन भने यसले समाजमा ठूलो समस्या खडा गर्दछ । यो कुरा समाजमा रहने सबैले बुझ्न जरूरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here