- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsपश्चिम रूकुममा धान रोपाई

पश्चिम रूकुममा धान रोपाई

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), २५ जेठ । समयमै पानी परेपछि रूकुम पश्चिममा यस वर्षको धान रोपाई सुरू भएको छ । जिल्लाका सबै ठाउँका किसानहरू धान रोप्न सुरू गरेका छन् ।
विगतमा लामो समयसम्मको खडेरीका कारण समयमा धान रोपाई नभएका ठाउँमा यस वर्ष समयमै पानी परेपछि धान रोपाई सुरू भएको हो ।
जिल्लाको चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका, बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका किसानहरूले जेठको दोस्रो सातादेखि धान रोप्न लागेका हुन् ।
मानो रोपेर मुरी फलाउने किसानहरू कोरोना कहरका बीच पनि धान रोप्नमा व्यस्त भएको चौरजहारी नगरपालिकाका कृषक बेदनारायण शर्माले जानकारी दिए ।
उनले स्थानीय तहका सबै कृषि विकास शाखाहरूले धानको बीउ अनुदानमा वितरण गरेपछि किसानहरूलाई थप राहत मिलेको बताए ।
किसानहरूले कृषि विकास शाखाले वितरण गरेको सुख्खा ३, रामधान, राधा चार धान रोप्दै आएको ओली एग्रोभेटका सञ्चालक भागिराम ओलीले जानकारी दिए ।
किसानहरूले पछिल्लो समय विशेषगरी शंकरधान, युएस ३२१, उपज, साबा १३४, हाईब्रेड धानलगायतका विभिन्न जातका धानहरू लगाउँदै आएको उनले बताए ।
स्थानीय सरकारले किसानहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराएको बाँफिकोट गाउँपालिकाका कार्यालय प्रमुख लोकेन्द्र ओलीले बताए ।
किसानहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्नका लागि अनुदानमा धानको बीउ वितरण गरिएको उनले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here