- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरबगरमा विरूवा रोपियो

बगरमा विरूवा रोपियो

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २५ जेठ । दाङमा वन कार्यालयले यस बर्ष ४० हेक्टर बगरलाई वन बनाउने योजना बनाएको छ ।
डिभिजन वन कार्यालय दाङले यस बर्ष बबई नदी र अन्य नदीहरूले कटान गरेर छाडेको क्षेत्रमा वृक्षारोपण गरेर बगरलाई वन बनाउने योजना बनाएको हो ।
बगर क्षेत्रलाई वृक्षारोपण गरी हरियाली बनाउने योजनाअनुसार तयारी थालिएको डिभिजन वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिए ।
गत वर्षदेखि थालिएको बगरलाई वन बनाउने अभियान अन्तर्गत ४० हेक्टर बगरमा विरूवा लगाइएको थियो । ति बिरूवा हुर्कदै गएपछि आफूहरू थप उत्साहित भएर यस बर्ष पनि ४० हेक्टर बगरलाई वन बनाउने योजनामा लागेको वन अधिकृत ज्ञवालीले बताए ।
यो वर्ष वृक्षारोपणका लागि दुई लाख विरूवा तयारी अवस्थामा रहेको समेत कार्यालयले जनाएको छ । पहाडी क्षेत्रमा टिमुर, मालागेडी लगायतका प्रजातिका विरूवालाई रोप्ने तयारी भएको छ ।
यसैक्रममा यस बर्षको पहिलो चरणमा घोराही–५ स्थित धर्नाको नैनवार बगरमा वृक्षारोपण गरेर अभियानको शुरूवात गरिएको छ ।
बबई खोलाले कटान गरेर छाडेको १६ हेक्टर बगरमा उपभोक्ताहरूले वृक्षारोपण गरेका हुन् । नैनवार बगर सामुदायिक वन क्षेत्रमा बिहीबार ६ सय बढी बिरूवा रोपिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here