- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरकैदीबन्दी परिवारलाई बाख्रा सहयोग

कैदीबन्दी परिवारलाई बाख्रा सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २५ जेठ । पीडित सेवा संघ दाङले कैदी जीवन बिताइरहेका धनबहादुर पुनका परिवारलाई बाख्रा वितरण गरेको छ ।
तुलसीपुर उपहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटका पुन परिवारलाई जीविकोपार्जनमा सहज बनाउने उद्देश्यका साथ संघले तीनवटा बाख्रा वितरण गरेको हो ।
आर्थिक रूपमा विपन्न पुन परिवारलाई बाखापालनमार्फत दैनिकी चलाउन बाख्रा वितरण गरेको संघका संयोजक टोपबहादुर महतराले बताए ।
संघका संयोजक महतरा र स्वयम्सेवक गीता महतराले शुक्रबार घरमै पुगेर बाख्रा र खाद्यान्न वितरण गरेका हुन् । बाख्रापालनमार्फत उनीहरूलाई परिवारलाई स्वरोजगार बनाउने विश्वास गरिएको उनले बताए ।
यस्तै लकडाउनका कारण दैनिकी चलाउन असहज भएको अवस्थामा संघले घरमै पुगेर बाख्रा वितरण गर्नुका साथै ५० केजी चामल पनि वितरण गरेको छ ।
श्रीमानले लामो समय कैदी जीवन बिताउँदा दैनिकी चलाउन समस्या परिरहेको समयमा पीडित सेवा संघ दाङले खाद्यान्नका साथै बाख्रा वितरण गर्दा आफु खुशी भएको श्रीमती मिना पुनले बताइन् ।
बाख्रापालनमार्फत छोरीको पढाइ खर्चमा समेत सहयोग पुग्ने उनले बताइन् । पीडित सेवा संघ दाङले यसअघि पनि कैन्दीबन्दी पुनकी छोरीलाई मासिकरूपमा पढाइ खर्चसमेत व्यहोदै आएको संयोजक महतराले बताए ।
संघले विभिन्न समयमा कैदीबन्दी परिवारलाई सहयोग गर्दै आएको छ । पुन परिवारलाई यसअघि घरमा सोलार पनि सहयोग गरिसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here