- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरपिसिआर चेकजाँचको व्यवस्थापन गर्न माग

पिसिआर चेकजाँचको व्यवस्थापन गर्न माग

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २५ जेठ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पिसीआर चेकजाँचको व्यवस्था गर्न माग गरिएको छ ।
कोरोना संक्रमितहरूको संख्या प्रत्येक दिन बढ्दै गएकाले प्रादेशिक अस्पतालमा पिसीआर चेकजाँचको व्यवस्था गर्न माग गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो माग गरेको हो ।
बैठकले जिल्लामा पिसिआर टेष्टका लागि एउटा मात्रै मेसिन भएको भन्दै तत्काल थप व्यवस्था गर्नका लागि प्रदेश सरकार समक्ष अनुरोध समेत गरेको छ ।
नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको वैठकले कोरोना चेकजाँच गर्नेको संख्या उल्लेख्य मात्रामा बढेको हुँदा समस्या आएको भन्दै तत्काल चेकजाँचको व्यवस्था गर्नका लागि अनुरोध गरेको हो ।
बैठकले जिल्लामा एउटा मात्रै पिसिआर मेसिन हुँदा स्वाव परिक्षणको दायरा बढाउन नसकिएको भन्दै मेसिनको व्यवस्थापन गर्न समेत माग गरेको समितिका संयोजक नवराज लामिछानेले बताए ।
‘अहिले सामान्यतया स्वाव संकलन गरेको पाँच दिनपछि मात्रै रिपोर्ट आउने गरेको छ’ उनले भने–‘स्वावको परीक्षण ढिलो हुँदा क्वारेन्टाइनमा लामो समयसम्म मान्छे राख्नुपर्ने भएकाले व्यवस्थापनमा कठिनाइ भएको छ ।’

आइसोलसन बनाउन सुरू

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले आइसोलेसन वार्ड बनाउन सुरू गरेको छ । कोरोना संक्रमितलाई लक्षित गर्दै उपमहानगरले पहिलो चरणमा २० वेडको आइसोलेसल बनाउन लागेको हो ।
आइसोलेसन निर्माणका लागि उपमहानगरपालिकाले विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको संयोजकत्वमा समिति गठनसमेत गरेको छ ।
समितिको सदस्यमा १९ नम्वर वाहिनी र उपमहानगरपालिका अन्तर्गत जनस्वास्थ्य प्रवद्र्धन शाखा रहेका छन् । उपमहानगरपालिकाले दोघरेमा रहेको सभाहल र राप्ती लाइफ केयर नर्सिङ कलेज मोतीपुरमा रहेका भवनमा आइसोलेसन प्रक्रिया अगाडि बढाएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here