- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयबजारमा लापरबाही नगरौं

बजारमा लापरबाही नगरौं

- Advertisement -spot_img

सम्पादकीय
बन्दीबन्दीको समय लम्बिदै बजार अस्तब्यस्त बन्न थालेको छ । स्थानीय सरकार र स्थानीय व्यवसायीहरूले बजारमा आफूखुशी गर्न थालेका छन् ।
यसले सबैलाई पक्कै पनि जोखिम बढाएको छ । दाङमा पनि मुख्य बजार तुलसीपुर, घोराही, लमहीमा केही दिनदेखि व्यापार, व्यवसाय सञ्चालन हुन थालेको छ । पसल खोल्ने निश्चित समय भएपनि लगभग सबै प्रकारका व्यवसाय सञ्चालन हुन थालेका छन् ।
यसले लकडाउन केही खुकुलो देखिएको छ । अत्यावश्यकबाहेक अन्य व्यवसाय सञ्चालनका लागि स्थानीय प्रशासनले अनुमति नै दिएको छैन् तर, कतिपय ठाउँमा व्यवसायीले आफूखुशी निर्णय गर्दै व्यवसाय सञ्चालन गरेको पाइन्छ । व्यवसायीले प्रशासनको निर्णयलाई लत्याएका छन् ।
तुलसीपुरमा पनि होटल र नाइबाहेक अन्य पसल सबै खोल्न पाउने निर्णय नै गरेको छ । उपमहानगरपालिकाको निर्णयसँगै अन्य पसलहरू पनि खुल्न थालेका छन् ।
लमहीमा त झन् स्थानीय प्रशासनको अनुमतिबिना नै व्यवसायीले आफ्नो व्यवसाय खोल्ने गरेका छन् ।
पछिल्लो समयमा बजार खुल्न थालेपछि चहलपहल पनि बढेको देखिन्छ । यसरी बढेको चहलपहलले सबैलाई जोखिम नबढाउन भन्न सकिदैन । यो कार्यलाई व्यवस्थापन गर्नसकेमा मात्रै जोखिम कम गर्न सकिन्छ । कोरोनाको रोकथामको लागि भन्दै सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन हुनु राम्रो हुँदैन ।
संक्रमणको झन् जोखिम बढेको छ । दैनिकजसो कोरोना संक्रमित बढ्दै गएको अवस्थामा पनि व्यवसाय सञ्चालन हुँदा पनि स्थानीय प्रशासनले नियमन गर्न सकेको छैन् ।
अन्य पसल खोल्दा नागरिकको दैनिकी सहज हुने भनिए पनि यसले ल्याउने परिणामका विषयमा गम्भीर बन्न नसकेको देखिन्छ ।
सामाजिक दूरी कायम गरी व्यवसाय सञ्चालन हुन दिने हो भने होटल र नाइ पसल पनि सञ्चालन हुनुपर्ने तर्क पनि आइरहेका छन् । तर अहिलेको अवस्थामा तत्काल बजार खोलिहाल्ने सान्दर्भिकता देखिदैन् ।
लकडाउनको उल्लंघन् गरी गरिएका गतिविधि स्वभनीय छैनन् । बजारमा हुने गतिविधिले सबैलाई जोखिम बनाएको छ । यो कार्यलाई व्यवस्थापन गर्न आवश्यक देखिन्छ ।
लकडाउनलाई खुकुलो बनाउने हो भने प्रशासनले जिल्लाभरी सबै व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, नत्र होइन भने अत्यावश्यकबाहेक अन्य व्यवसाय सञ्चालन गर्न नदिनका लागि प्रशासनले गतिलो कदम चाल्नुपर्छ । लकडाउन कार्यान्वयनमा सबै लाग्नुपर्छ ।
समस्या दिनप्रतिदिन जटिल बन्दै गएको अवस्थामा बजार खुल्ला हुँदा जोखिम बढेको छ । बजार खोल्ने विषयमा स्थानीय सरकार, स्थानीय प्रशासन र व्यवसायी बीचमा एकअर्कामा समन्वय हुनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here