- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsप्रेम उपहार

प्रेम उपहार

- Advertisement -spot_img

किन प्रेम ग¥यौं मसँग
म दलित हुँ, म कामी हुँ
तिमी सास नलिनु है अब,
अन्तिम सास फेर्न
सफल भएको छु यो हावामा
म हिड्ने बाटोमा
पाइला अगाडी नबढाउनु
अन्तिम पटक दौडिन
सफल भएको छु म ।

पारिको त्यो कालो ढुङ्गा नछुनु,
तिम्रो घर आउँदा थकाई मारेको छु
भेरीको नजिक पर्दै नपर्नु हैं,
अन्तिम पटक पौडिन
सफल भएको छु म
किनकी म दलित हुँ,
तिम्रो घरमा घोईछिटो होला ।
किन ग¥यौं प्रेम मसँग
म दलित हुँ, कामी हुँ
मेरो जन्मदिने बुवाले
बनाएको हसिया, कोदालो नछुनु
हलो जुवाले नजोत्नु,
बन्चरोले दाउरा नकाट्नु
यी सबैमा दलितको सिपको पसिना छ
तिम्रो जात जान्छ,
कर्म खस्छ, किनकी तिमी ठूलो जात
म त तल्लो जातको कामी न हुँ ।

तिमी अब ढुक्क खुसी भएर बस्नु
तिम्रो जीवनमा र खानदानीमा
कुनै दलित आउँदैन अब,
तिम्रो पाईलाको नजिक आउनेहरु
थर्थराउने छन्, र्बबराउनेछन्,
डरले काप्ने हुनेछन्
म जस्तै प्रेम उपहार पाउन
भेरीलाई खोज्नेछन्
किनकी तिमी ठूलो जातकी होंँ,
म दलित हुँ ।


तिम्रो बुवाले हामीलाई लखेट्दा
खुकुरी, भाला, खुर्पा के–के बोकेका थिए
सुनपानीले मज्जासँग नुहाउन भन्नु
त्यो कुश, तिलाञ्जली जल
मात्र नमनछिनु
तिम्रो जन्मदिने ठकुर्नी आमालाई
त्यहाँ घर वरीपरी
सकेसम्म हिड्न नदिनु
किनकी तिम्रो घर वरिपरी
दलितले सास फेरेको छु

न त हाम्रो माया
ठकुरी ठकुर्नीले सुने
न त कलकल बग्ने
शान्त भेरीले नै सुन्यो
मेरो प्रेममय रोदन,
गुहार अनि चित्कार
धन्य मेरो मित्रहरु
मेरो लागि तिमीहरुले
आफ्नो सबै कुरा गुमाएर
मदाई नै रोज्यौं
किनकी हामी कामी
अनि तत्लो जाति नै थियौँ
तिमी अब ढुक्क खुसी भएर बस्नु
तिम्रो जीवनमा र खानदानीमा
कुनै दलित आउँदैन अब,
तिम्रो पाईलाको नजिक आउनेहरु
थर्थराउने छन्, र्बबराउनेछन्,
डरले काप्ने हुनेछन्
म जस्तै प्रेम उपहार पाउन
भेरीलाई खोज्नेछन्
किनकी तिमी ठूलो जातकी हांै,
म दलित हुँ ।

तिमीलाई जन्मदिने आमा
धेरै राम्री होलिन है !
महङ्गो रहेछ तिमी
अनि तिम्रो आमाको खुशी
तिमी र तिम्रो आमो हाँसोको लागि
मेरो जन्मदिने जन्मदाताको
काख खोसिएको छ
बुढेसकालको मेरो बुवाको
बैसाखी भाँचिएर
टुक्रा–टुक्रा परेको छ ।
आखिर प्रेम यस्तो चिज रहेछ
उपहार हर कोहिले पाउँदो रहेछ
म त कति भाग्यमानी है !
आफ्नो प्रेमको उपहार स्वरुप
कहालीलाग्दो मृत्यु र
भेरीको माया पाएँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here