- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsप्रभावकारी बन्दै पूर्वसूचना प्रणाली

प्रभावकारी बन्दै पूर्वसूचना प्रणाली

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २४ जेठ । कोरोनाको कहरका बीचमा दाङका नदीतटीय क्षेत्रका समुदायहरू बाढीको क्षति तथा त्यसको असर व्यवस्थापनमा जुटेका छन् ।
विगतका वर्षहरूको भन्दा नोक्सानी र क्षति यो वर्ष कम गराउने उद्देश्यका साथ नदीतटीय क्षेत्रका नागरिहरूले सक्रियता देखाएका हुन् । कोरोनाले सताई रहेको अवस्थामा बाढी पूर्वसूचनाको प्रणालीको अभ्यास गर्दै समुदायस्तरमा बाढी व्यवस्थापनको पूर्वतयारी पूर्णरूपमा थालिएको छ ।
विश्व वातावरण दिवसको अवसरमा शुक्रबार जिल्लाको राप्ती र बबई नदीतटीय क्षेत्रका ६८ समुदायहरूमा प्रवाह हुने पूर्वसूचना प्रणालीको अभ्यास गरिएको छ ।
बाढी व्यवस्थापन पूर्णसूचना प्रणालीको अभ्यास गर्दै गर्दा यो प्रभावकारी रहेको समुदायका अगुवाहरूले बताएका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले बबई,
राप्ती नदीका तटीय क्षेत्रका समुदाय र सरोकारवालाहरूलाई नदीमा पानीको बहाव बढेको सूचना प्रभाव गरेर बाढी व्यवस्थापनको लागि समुदायलाई तयार गराए र यसको प्रभावकारितासमेत बुझाइएको छ ।
सबै समुदायमा भएको अभ्यास प्रभावकारी भएकोले विपद्मा पूर्णसूचना अति आवश्यक रहेको समुदाय बताएका छन् ।
चार चरणसम्म पठाइएको पूर्वसूचनाले जानकारीदेखि सुरक्षित हुनेसम्मको वातावरण बनेको सामुदायिक विपद् व्यवस्थापन समिति बखरियाका संयोजक नवराज रावतले बताए ।
‘बाढी आएपछि हामी तयारीमा लाग्यौं’ उनले भने, ‘क्रमश चौथो चरणसम्मकै सूचनाअनुसार समुदाय परिचालन भएर सुरक्षित बन्ने अभ्यास ग¥यौंै,यो सूचना प्रणाली प्रभावकारी बनेको छ ।’
अनुरोध सहितको पूर्वसूचना राप्ती गाउँपालिका वडा नं ६ बगरापुर, लमही नगरापालिका–८ धनपुरिया समुदायका पनि पुगेको थियो । उनीहरूले पनि यो प्रभावकारी भएको र सुरक्षा अपनाउन सहयोग पुग्ने बताए ।
पहिलो सूचनाले समुदायमा सूचना पु¥याउन साइरस (घण्टी) बज्छ । मानिसहरू सुरक्षित स्थानतर्फ लाग्न तयारी अवस्थामा हुन्छन् ।
अनि लगत्तै दोस्रो सूचना आईपुग्छ ‘पूर्ण सचेत हन भनिन्छ, अलि तेस्रो आउँछ, अनि चौथो आएपछि जलसतह सामान्य अवस्थामा फर्किएकोले र तत्काल कुनै खतरा नभएको भनिन्छ । सजग भइ घर फर्कन अनुरोध छ ।’
सार्वजनिक ठाउँमा जम्मा भएका मानिसहरू आ–आफ्नो घरतर्फ लाग्छन् । विपद्को पूर्वतयारी र बाढी पूर्वसूचना प्रणालीअन्तर्गत समुदायस्तरमा अभ्यासको रूपमा गरिएको कार्य अहिले बाढी आउँदा र विपद् पर्दा प्रभावकारी देखिएको छ ।
यहाँ हरेक बर्ष बाढी पस्ने गर्छ । गाउँमा बाढी सोझिन थालेपछि मानिसहरू अस्थायी रूपमा बसाई सर्नुपर्ने बाध्यता छ । लमही नगरपालिका–८ धनबरूवाका लक्ष्मीप्रसाद चौधरीले भने, ‘यही समुदायमा बाढी पूर्वसूचना प्रणालीले धेरै सुरक्षित बनाएको छ ।’
कोरोना महामारीसँग जुधिरहेका नागरिकहरू अब बाढीले पु¥याउन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न जुटेका छन् । ‘कोरोनाभाइरसको कहर चलिरहेको छ ।
यस्तो अवस्थामा हामीहरू बाढीको त्रासमा पनि पर्नु परेको छ’ उनले भने, ‘मनसुन सुरू हुन थालेको छ यसमै त्रसित छौं ।’
‘अब हामीले अर्को विपद्को सामना गर्नुपर्ने अवस्था आउदैछ’ भन्ने चिन्ता पनि लागेको छ लक्ष्मी प्रसादले भने ‘बाढी आईहालेमा कसरी सूचना पु¥याउने र कसरी सुरक्षित स्थानतर्फ लाग्ने ? भन्ने अभ्यास पनि गरेका छौं । यसबाट धेरै नयाँ कुरा थाहा भएको छ ।’
समुदायलाई बाढीबाट हुने क्षतिलाई कम गर्दै सुरक्षित राख्न समुदाय नै बढी सचेत र चनाखो हुनुपर्ने विपद् पूर्वतयारी र बाढी पूर्वसूचना प्रणाली सवलीकरण परियोजनाका कार्यक्रम संयोजक सन्तोष ढकालले बताए ।
दाङमा मध्यराप्ती जलाधार क्षेत्र र बबई जलाधार क्षेत्रका ६८ समुदाय बाढीको उच्च जोखिममा छन् । ती समुदायलाई बाढीबाट सुरक्षित राख्न र पूर्वसूचना प्रणालीको अभ्यास गरिएको हो । एकै समयमा ६८ वटा समुदायमा यस्तो अभ्यास गरेर सचेत पारिएको संयोजक ढकालले बताए ।
‘बाढीको जोखिम त पहिला पनि थियो । यसको क्षति व्यवस्थापन गर्न र समुदायलाई जागरूक गराउन सबै प्रयासहरू थालिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका सूचना व्यवस्थापन अधिकृत विश्व अर्यालले बताए ।
उनले बाढीको लागि पूर्णसूचना मात्रै नभएर आवश्यक पूर्वाधारको व्यवस्थापन समेत केन्द्रले गरेको बताए । बबई जलाधार क्षेत्रमा चार पालिकाअन्तर्गत २८ समुदाय बाढीको उच्च जोखिममा छन् भने मध्यराप्ती जलाधार क्षेत्रमा चार पालिकाभित्र ४० समुदाय बाढीको जोखिममा छन् ।
यी समुदायमा दातृ निकाय यूएसएआइडीको सहयोग र प्राक्टिकल एक्सनको साझेदारीमा नेपाल रेडक्रस सोसाईटी दाङले विपद् पूर्वतयारी र बाढी पूर्वसूचना प्रणाली सवलीकरण परियोजना सञ्चालन गरेर सचेतीकरण कार्यक्रम गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here