- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरकिटमा आशंका

किटमा आशंका

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान (दार्मा), २४ जेठ । गत जेठ १८ गते सल्यानको दार्मा गाउँपालिकाका नौँ जनामा कोरोना संक्रमण देखियो । सुर्खेत प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरूलाई उपचारका लागि गाउँपालिकाको आइसोलेसनमा राखेको छ ।
इसोलेसनमा राखिएका कोरोना संक्रमितहरूको नियमित स्वास्थ्य चेकजाँचसमेत गर्ने गरिएको छ । तर संक्रमण पुष्टि भएको चौथो दिनमा नै आरडिटी रिपोर्ट नेगेटिभ देखिएपछि कोरोना परिक्षणका लागि प्रयोग गरिएका किटमाथि नै आशंका उत्पन्न भएको छ ।
कोरोना संक्रमण पुष्टि भएको एकसाता नपुग्दै संक्रमितहरूको एण्टीवडी रिपोर्ट नेगेटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयद्वारा खरिद गरिएका आरडिटी किटमाथि नै प्रश्न उठेको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानद्वारा हस्तान्तरित किटबाट दार्मा गाउँपालिकामा कोरोना पुष्टी भएका नौजनामा गरिएको परीक्षणमा एन्टीबडी नेगेटिभ देखिएको हो ।
शुक्रबार दार्माको आइसोलेसनमा रहेका व्यक्तिमा गरिएको आरडिटी परीक्षणमा कोरोना संक्रमण नभएको रिपोर्ट आएपछि प्रयोग गरिएका किट नै गुणस्तरहीन भएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताए । उनले प्रयोगशालाप्रति नै आफ्नो आशंका उब्जिएको बताए ।
‘पिसिआर पोजेटिभ देखिए उनीहरूको आरडिटी पनि अनिवार्य पोजेटिभ हुनुपर्ने हुन्छ तर यहाँ सबैको नेगेटिभ आयो’ उनले भने– ‘पिसिआर परीक्षणमा गम्भीर लापरबाही भएको हुनसक्छ,
जिम्मेवार निकायले यसको छानबिन गर्नुपर्छ ।’ प्रयोगशाला र रिपोर्टको व्यवस्थापनमा नै आशंका रहेको भन्दै तत्काल सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुन जरूरी रहेको बताए ।
स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले पिसीआर रिपोर्ट गलत नभएर आरडिटी किट नै गुणस्तरहीन भएको बताए ।
संक्रमितको स्वाव लिएको ५ देखि ७ दिनपछि आरडिटी परीक्षण गर्नुपर्ने भन्दै डा. बुढाले पिसिआर पोजेटिभ भएकाको आरडिटी नेगेटिभ सम्भव नभएको बताए ।
पिसीआर मेसिनबाट रिपोर्ट गलत नहुने उनले दावी गरे । तर आरडिटी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपनि स्वयं स्थास्थ्यकर्मीहरू अन्यौलमा परेको उनको भनाई छ ।
स्वास्थ्य मन्त्रालयले खरिद गरेको आरडिटी परीक्षण किट प्रदेश सरकारमार्फत स्वास्थ्य कार्यालय सल्यानमा आएको थियो । स्वास्थ्य कार्यालयले सरकारमार्फत प्राप्त किट गाउँपालिकालाई उपलब्ध गराएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here