- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरकुसंगतबाट सतर्क रहौं

कुसंगतबाट सतर्क रहौं

- Advertisement -spot_img

कुसंगतबाट व्यक्तिमा सर्वप्रथम विचारमा प्रभाव पार्दछ । मानव शरीरलाई उचित तरिकाले सञ्चालन गर्न उसको मन मस्तिष्क स्वस्थ हुनुपर्छ ।
स्वच्छ स्वस्थ्य मन मस्तिष्कको निर्माण स्वतन्त्र उच्च विचारबाट मात्र हुने गर्दछ । जस्तो विचार हुन्छ मन मस्तिष्कबाट भावनासमेत त्यसै अनुरूप उत्पन्न हुन्छ । भावनात्मक कर्मको कारण व्यक्तिको व्यक्तित्व निर्माण हुन्छ ।
अमूल्य मानव जीवनलाई सदुपयोग गर्न संगत पनि उच्चस्तरीय भावनाशील व्यक्तिसँग गर्न आवश्यक हुन्छ । किनभने व्यक्तिको विचारमा प्रभाव पार्न साहित्य र साथीसङ्गीको भूमिका महत्वपूर्ण रहुन्छ ।
विचारमा सकारात्मक प्रभाव पार्न अश्लील पुस्तक, पत्रपत्रिका, लेख रचना तथा अनावश्यक विज्ञापनबाट सतर्कता अपनाउनु पर्दछ भने त्यसैअनुरूप कुसंगत दुव्र्यसनी, स्वार्थी, जुवाडे तथा अमानवीय कार्यमा संलग्न व्यक्ति संगतबाट बच्न सधैं सतर्कता अपनाउन जरूरी हुन्छ ।
व्यक्तित्व परिस्कृत निर्माण गर्न सत्साहित्यको अध्ययन, सामाजिक कर्ममा रूचिकर व्यक्तिहरूसँग नियमित संगतीकरण गर्न गराउन अभिप्रेरित गर्नुपर्ने हुन्छ ।
कुसंगतले महत्वपूर्ण मानव जीवन पशुपन्छीले झैँ व्यतीत गरेको तहमा पु¥याउने गर्दछ भने सत्संगको प्रभावबाट मानवलाई महामानवको तहसम्म पु¥याएको विभिन्न सफल महान व्यक्तिहरूलाई लिन सकिन्छ ।
कुसंगतको बढ्दो क्रममा दुष्प्रभाव आजको समय दुर्गति, अशान्ति, हिंसा, बलात्कारलगायतका अमानवीय कर्मफल भोग्न हामी बाध्य छौं ।

विश्वलाई सकारात्मक मार्गमा पदार्पण गराउने युवा जनशक्ति आज कुसंगतका कारण महत्वपूर्ण समय, श्रम, वैभव र विचार जुवातास, आलस्य, सामाजिक सञ्जाल, ईन्टरनेटको दुरूपयोग, फेसनवादको दलदलमा डुबेको छ ।
व्यभिचार सधैं कुसंगतको प्रभावबाट पर्ने गर्दछ । उच्च सुविचारशील व्यक्ति वा कुविचार भएको व्यक्तिको विचार व्यक्तित्व निर्माण वा प्रभाव कुनै व्यक्तिमा परेझैँ जीवजन्तु, पदार्थ र वनस्पतिमा समेत संगतको प्रभाव पर्दछ ।
उदाहरणका लागि जंगलीजन्तुमा घरपालुवा जनावरको गुण कर्मको प्रभाव पर्नु, ठोस तरल पदार्थको एकअर्कामा अन्तरघुलन र कुनै एक वनस्पतिमा चन्दन जस्ता वनस्पतिको गुण सुगन्धको प्रभाव पर्नु भनेको संगत समिपताको प्रभाव हो ।
हरेक व्यक्तिमा उत्कृष्ट विचार गुण कर्म रहन्छ । ती सुषुप्त उत्कृष्ट विचारलाई जागृत गराउन श्रेष्ठ उत्कृष्ट व्यक्तिको समिपमा जान जरूरी हुन्छ ।
कुनै सामान्य व्यक्ति श्रेष्ठ व्यक्तिको समीप रहि उसको दिनचर्या स्वच्छता, शान्ति र पवित्रता नियमित रूपमा अवलम्बन गरेमा उसको विचार सत्कर्ममा नजानिदो तरिकाले परिवर्तन हुन्छ ।
‘खाली दिमाग सैतानको घर’ भने झैँ विश्वभरका सबै समुदाय, सम्प्रदाय, जाति, लिङ्ग, उमेर र वर्गका मानिसलाई आतंकित पारिरहेको नोबेल कोरोनाभाइरस (कोभिड–१९) को प्रभाव पेशा व्यावसायसमेतमा प्रत्यक्षरूपमा पारेको छ ।

करोडौंको संख्यामा विशेषगरी युवा समूहले रोजगार गुमाउनु परेको छ । आफ्नो योग्यता दक्षता अनुसारको पेशा गुमाइ बेरोजगार वा समय सदुपयोग हुन नसक्दा दुव्र्यसन,
हिंसा, बलात्कार, चोरीलगायतका अपराधिक कर्ममा लागेका व्यक्तिहरूको समीपमा चाहेर नचाहेर गई कुसंगतको सिकार बन्नबाट बच्न बचाउन सतर्कता अपनाउन नितान्त जरूरी छ ।
अल्पज्ञानका कारण यस विषम परिस्थितिमा कोरोनाभाइरसबाट बच्न भन्दै घरेलु मदिरा सेवन गरी दर्जनौं व्यक्तिहरूको दुखद मृत्युको खबरसमेत आयो ।
अभिभावक, शिक्षक, सामाजिक अभियन्ता, चिकित्सक, अभिनेता, नेता, गुरू पुरोहित सबैले आ–आफ्नो तहबाट कुसंगतलाई मौलाउन नदिन अभियान थाल्नुपर्ने अतिआवश्यक छ ।
त्यसका लागि विशेषगरी युवा लक्षित मानवीय मूल्य मान्यतामा आधारित जीवन जीउने जीवनशैली प्रशिक्षण, सत्साहित्य केन्द्रको स्थापना, विभिन्न प्रयोजनमा सभा, सम्मेलन, साँस्कृतिक कार्यक्रम, अन्तरक्रिया, प्रवचन, सत्संग नियमित रूपमा सञ्चालन गर्दा कुसंगत झाँगिन पाउन थिएन ।
बढ्दै गएको कुसंस्कारको मूल कुसंगत हो सुसंस्कारयुक्त सभ्य, समृद्ध संस्कारवान व्यक्ति, समाज, राष्ट्र र विश्वको परिकल्पना साकार पार्न आ–आफ्नो तहमा कुसंगत न्यूनीकरणमा योगदान पु¥याऔं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here