- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरएम्बुलेन्समा ब्राउन सुगर

एम्बुलेन्समा ब्राउन सुगर

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २४ जेठ । तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्स लागूऔषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहीबार राति चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेपछि एम्बुलेन्ससहित तीनजनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निवासी तिलक विक, घोराही उपमहानगरपालिका– बडहरा निवासी २३ वर्षका शंकर पुन र तुलसीपुर उपमहागनरपालिका–५ निवासी १७ वर्षकी दिपा थापा रहेका छन् ।
उनीहरूको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । उनीहरु नक्कली बिरामी भई कोहलपुर गएर ब्राउन सुगर खरिद गरेर आएको खुल्न आएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले लागूऔषधसहित एम्बुलेन्स समातिएको बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालतमा लगिएको सिंहले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here