- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsअलैंची र भुई स्याउले बजार पाएन

अलैंची र भुई स्याउले बजार पाएन

- Advertisement -spot_img

इन्द्र बुढाथोकी

सल्यान, २४ जेठ । सल्यानमा लगाइएको अलैची र भुई स्याउले बजार नपाउँदा किसान मारमा परेका छन् । उत्पादित अलैंची र भुई स्याउ बिक्री नै नभएपछि अलैंची किसान मारमा परेका छन् ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ काराकोटको हिलेमा लगाएको अलैंचीले बजार नपाउँदा चार वर्षदेखि गर्दै आएको अलैंची खेती गर्ने किसान समस्यामा परेका छन्  ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ का टोप बहादुर पुनले विगत चार वर्षदेखि आफ्नो एक रोपनी जग्गामा लगाएको अलैंची खेतीले बजार नपाउदा समस्या भएको बताए ।

आफूले रेडियोबाट कृषि कार्यक्रम सुनेर बिगत चार वर्ष पहिलेदेखि कृषि खेती गर्दै आएको र १८ सयमा बिक्री हुन्छ भनी सुनेको तर अहिले बारीमा कुहिएको कृषक पुनले बताए ।

उनले भने ‘नगदे बालीको रूपमा रहेको अलैंचीलाई मुख्य व्यवसाय बनाउने सोंचमा थिए । सोचेजस्तो नभएपछि रोपेका अलैंचीका विरूवाहरू उखेलेर फालि सके ।’

यस्तै भुई स्याउले पनि बजार पाउन नसकेको उनको भनाइ छ । बारीमा लगाएको भुई स्याउ बिक्री नभएपछि उखेर फालेको समेत उनले बताए ।

भुई स्याउ रक्तचाप, मधुमेह लगायत विभिन्न प्रकारका रोगहरू सञ्चो हुने भन्ने सुनेर लगाएको तर बारीमै कुहिने अवस्था आउँदा केही विरूवा उखेलेर फालेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here