Friday, March 29, 2024
Homeफिचरमान्छे कति सुन्दर छन्

मान्छे कति सुन्दर छन्

- Advertisement -spot_img

अझ कति को विचारले त
दिल पनि छोडिन्छ ।
दिल मै बसिदिन्छन् ।
तर अफसोस् उनीहरू मरिदिन्छन
बिलाईदिन्छन् हावामा
मेटाई दिन्छन् आफ्नै अस्तित्व
दुनियाँबाट
जिन्दगी विश्वासमै अडिन्छ ?
विश्वास गरेर त हो नि
आफूले चाहेको गर्न नसकिने
चोट पुगिदिन्छ कि भनेर
चोट पुग्ला भनेर आफूलाई
कहिलेसम्म भुलाउन सकिन्छ ?
दुनियाँ दुःख पढेर रोइ देलान्
म त त्यो दुःख मुस्कुराएर लेख्न चाहन्छु ।
लाग्छ, जिन्दगीलाई
यसरी स्वार्थमा भुलाउन थालेका छौं कि
जसरी कूल देवतालाई बोको चढाइन्छ
त्यसरी नै अनेकथरी
भोग चढाउन मै ब्यस्त छ दुनिया ।
भोग चढेको दिन त मुस्कुराउँछन्, हाँस्छन्
क्षणिक सुख देखेर
आफैले आफैलाई ऐनामा हेर्दा भने
कोही खुसी हुँदैनन् ?
स्वार्थ पनि यसरी पूरा हुन्छ
त्यसको लागि अरुकै सहारा चाहिने ।
त्यो स्वार्थले कति दिन
सुखमा राखी राख्ला र
जिन्दगीमा आफ्नो
कोही भएन भनेर पिर मान्नेले
यो सोचेनौं कि, आफ्नो नै छैन भने
हाम्रो कोही शत्रु हुन सक्छ त ?
शत्रु नै छैन भने
स्वार्थको पछि किन लागियो
जिन्दगीलाई अगाडि
बढाउन के ले रोक्यो ?
सायद जिन्दगीले पनि हामीलाई
भुली सक्यो भन्ने सोची दिन्छ होला
कुनै बेला त
नसोचोस् पनि कसरी
हामी आफैलाई थरी–थरीको
भोग चढाउन मै ब्यस्त छौं
सायद जिन्दगीले मरेर जाने बेला
दुःख त हैन अफसोस भने
पक्कै गरिदिन्छ होला ।
म भएर पनि
उसको हुन सकेन भनेर ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here