- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरमेरा आफ्नाहरू

मेरा आफ्नाहरू

- Advertisement -spot_img

म सोझो बाबुको सोझो छोरो,
फाटेको जिन्दगी सिउन ठिक्क छ,
चोटहरुमा मलम लगाउँदा लगाउँदै,
मेरा केही आफ्नाहरू मलाई सोझो सम्झी,
मै माथि परेड खेलिरहेछन्,
अनि मै माथि बुर्कुसी मारी,
आफ्नै भएको अनेक दम्भ पेश गर्छन्,
तर म मौन अनि निःशब्द छु,
किनकि मलाई आफ्नादेखि डर लाग्छ,
आफूहरुलाई लक्का जवान सम्झी,
बादशाह सरह खोक्रो रवाफसहित,
मलाई आदर्शका रसहरू पिलाउछन्,
उनका गमलामा कोमल फूल होइन,
घमण्ड र डाहाका फूलहरू झुल्ने गर्छन्,
म उनीहरुको नजरमा अचानो हुँ,
जो हरेक खुकुरीको चोटमा मुस्काउँछ,
आफू खिईदै गए पनि,
इङ्कार कहिल्यै गर्दैन,
तर म सम्झञ्छु,
आज गमक्क फुल्नु बेकार छ,
किनकि निर्वल पनि बलवान हुन सक्छ,
निर्धन पनि धनवान हुन सक्छ,
ती सुख्खा अनि उजाड पछि,
बसन्तका पालुवा मैले देखेको छु,
समय एकचक्र हो,
हरेक पटक घुमिरहञ्छ,
जिन्दगी कहाँ गएर टुङ्गिन्छ पत्तो छैन ।
गढवा, देउखुरी

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here