- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरकस्तो हो यो प्रेम ?

कस्तो हो यो प्रेम ?

- Advertisement -spot_img

कस्तो हो यो प्र्रेम ज्यानै लिई गयो
मायाको बदलामा
फाँसीको उपहार दियो ।
थाहा थिएन नवराजलाई
मायाभन्दा ठूलो जात रहेछ भनेर
बेहुला बन्न खोज्दा देह
खरानी हुन्छ भनेर ।
चोखो माया गरेका थिए
उनले जीवन सजाउँछु भनेर
के थाहा उनलाई
मायामा हत्या हुन्छ भनेर ?
सबै जात समान छौं भन्दै
भाषण ठोक्ने नेताहरु हेर
दलितका हकअधिकार केही हुँदैन
संविधानमा लेखेर ?
यस्तो अन्याय हुँदासम्म पनि
मौन बस्ने नेताहरु हो
दलितलाई न्याय दिलाउँदा हुन्छ
तिमीलाई किन गाह्रो ?
कसले सुन्ने, कसले बुझ्ने
दलितका पीडाहरु
सरकारले न्याय नदिए
उठौं सबै दलितहरु ।
आखिर कहिलेसम्म हुन्छ
यहाँ भेदभाव उचनिच
जवाफ चाहियो सरकार
हामीलाई प्रेमको सजाय मृत्यु किन ?
लेखिकाः सगरमाथा बालबाटिका ई.बोर्डिङ स्कुलकी शिक्षिका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here