Tuesday, March 26, 2024
Homeफिचरस्वास्थ्य सामग्री प्रदान

स्वास्थ्य सामग्री प्रदान

- Advertisement -spot_img

हेमराज शर्मा
राजपुर, २४ जेठ । क्रियटिङ पोसीबिलिटिज नेपालले राजपुर गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । पोसीबिलिटिज नेपालले हात नचलाई धाराबाट पानी र सेनिटाइजर निकाल्ने उपकरण प्रदान गरेको हो ।
स्थानीयस्तरमा निर्माण गरिएको उक्त उपकरणमा ५ सय लिटरको ट्याङ्की जडान गरिएको छ  । उक्त धारालाई खुट्टाले थिचेपछि पानी र सेनिटाइजर निस्कने गर्दछ ।
कोभिड–१९ भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि गाउँपालिकाले सञ्चालन गर्दै आएका प्रयासहरूलाई मध्यनजर गर्दै संस्थाले उक्त सामग्री उपलव्ध गराएको सिपि नेपालका निर्देशक दिनेश राज सापकोटाले जानकारी दिए ।
यसका साथै क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले २ सयवटा लुगा धुने साबुन, २ सय वटा नुहाउने साबुन, ८ सय वटा स्याम्पु, दुई हजार खाना खाने टपरी, पीपी फर्म २५ मिटर,
सेनेटरी प्याड १ सय थान, ४ वटा प्लास्टिक बाटा, ४ वटा बाल्टी, प्लाष्टिक गुन्द्री १५ वटा, प्लास्टिक मग ८ वटा गाउँपालिकाका अध्यक्ष लोकराज केसीलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष केसी, उपाध्यक्ष धनपति यादव, प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीलगायतको सहभागिता रहेको थियोे ।
राजपुर गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा नागरिक बस्दै गरेको अवस्थामा क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले कोरोना संक्रमण रोकथाम र न्यूनीकरणमा गाउँपालिकालाई सहयोग गरेकोमा राजपुर गाउँपालिकाका अध्यक्ष केसीले धन्यवाद दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here