Wednesday, March 27, 2024
Homebreaking-newsबंगलाचुलीमा ५० बेडको आइसोलेसन

बंगलाचुलीमा ५० बेडको आइसोलेसन

- Advertisement -spot_img

प्रदेश टुडे
बंगलाचुली, २३ जेठ । दाङको बंगलाचुली गाउँपालिकाले ५० बेडको आईसोलेसन निर्माण गर्ने भएको छ । गाउँपालिकाले कोरोना संक्रमितहरूको उपचारका लागि अहिले ४० बेडको आईसोलेसन तयार पारी सकेको छ ।
गाउँपालिका–४ को झुलिडाँडामा १५ बेडको र वडा १ को प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा २५ बेडको आइसोलेसन निर्माण गरिसकेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले जानकारी दिए । साथै प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा १० बेडपछि थप गरिने समेत प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।
बंगलाचुली गाउँपालिकाले अहिले १४ जना कोरोना संक्रमित बिरामीहरूलाई आफ्नै आइसोलेसनमा राखेर उपचारसमेत थालिसकेको छ ।
यसभन्दा पहिले संक्रमित भएका ४ जनालाई कोरोना अस्पताल बेलझुण्डीमा राखिएको छ भने प्यूठान जिल्लाका २ जनालाई माण्डवी गाउँपालिकामा हस्तान्तरण गरिएको छ ।
संकट व्यवस्थापन केन्द्र दाङको जेठ २१ गते बसेको बैठकले हरेक स्थानीयतहले आफ्नो पालिकामा संक्रमितहरूलाई राख्न आइसोलेसन निर्माण गर्ने गरेको निर्णयानुसार बंगलाचुलीमा निर्माण गरिएको हो ।
यसभन्दा अघि नै शान्तिनगरले पालिकास्तरको १० बेडको आइसोलेसन अस्पताल तयार पारिसकेको थियो ।
कोरोना संक्रमितहरू दिन प्रतिदिन बढ्दै गएको र जिल्लामा आइसुलेसनको पर्याप्त व्यवस्था नभएको भन्दै संक्रमितहरूलाई उपचार गर्नका लागि पालिकाले आफै आइसुलेसन बनाउनुपर्ने निर्णय गरेको थियो ।
बंगलाचुली गाउँपालिकाको आइसुलेसनमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीहरूको टिमबाट संक्रमितहरूलाई स्वास्थ्य उपचार तथा परामर्श,
उपयुक्त प्रेषणको व्यवस्था, सन्तुलित आहारको व्यवस्था गरेको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले जानकारी दिए । साथै आइसुलेसनमा आवश्यकता अनुसार अक्सिजनको व्यवस्थासमेत गरिएको उनले बताए ।
बंगलाचुली गाउँपालिकामा पिसिआर परिक्षणका क्रममा दिन प्रतिदिन कोरोना संक्रमण देखिन थालेको छ । गाउँपालिकामा बिहीबारसम्म एकजना वडा अध्यक्ष र दुईजना प्यूठान जिल्लाका गरी जम्मा २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यसैबीच अहिलेको विषम परिस्थितिमा बंगलाचुलीका स्थानीयबासीहरू हतास नभई आ–आफ्नो सुरक्षा अपनाउँदै अग्रमोर्चामा रहेर नागरिकको स्वास्थ्य रक्षाका लागि खट्नु हुन बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले सबैमा अपिल गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here