- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeविचारसलह झुण्ड

सलह झुण्ड

- Advertisement -spot_img

किराको विवरण

सलह एउटा अति नै हानीकारक र बालीनाली पूरै क्षति गर्ने फट्यांग्रा कीरा हो । यिनीहरू समूह (स्वार्म) बनाएर लामो दूरी पार गर्न सक्छन् र एकै पटक पूरै खेती बाली नष्ट गर्न सक्छन् ।

यो अर्थोपटेरा अडरमा पर्ने किरा हो । सलह किरा अफ्रिकाबाट सन् २००३ मा उत्पत्ति भएको मानिन्छ । यो निकै नै पुरानो प्रवासी शत्रुजीव हो ।

अन्टार्कटिका र उत्तर अमेरिकाबाहेक सबैजसो महादेशमा यसले विपत्ति फैलिएको पाइएको छ । सलह किराहरू धेरै प्रजातीहरूका छन् जस्तैः–

१. अस्ट्रेलियामा फैलिएको सलहलाई ( Australian Plague Locust)
२. अमेरिकामा फैलिएको सलह (American Locust)
३. मरूभूमिको सलह (Schistocera gregaria) जुन अहिले पनि धेरै ठाउँहरूमा फैलिएर विनास फैलाइरहेको छ ।

सलह किराको संख्या सुरूमा कम हुने गर्दछ । तर लगातार वर्षाको कारण उक्त ठाउँ चिस्सिएर
(अण्डाबाट निस्किन उपयुक्त वातावरण) सलह किराको प्रजजन् दर (Breeding Rate) बढेको पाइन्छ ।

हरेक पटकको प्रजननमा यो किरा २० फोल्डसम्म सँगसँगै नयाँ पुस्ता २० गुना ठूलो हुने र यस किराको बाँच्ने दरसमेत ३–५ महिना जति हुने गर्दछ जुन वातावरणमा धेरै भर पर्छ ।

उमेरसँगै पछाडीको खुट्टामा स्पर्श उत्तेजनाको कारणले गर्दा सेरोटोनिन हर्मोनको मात्रा बढेर सलह किराको रङ, आहारा र प्रजजन् मा फरकपना आउँदछ ।

२०–४० दिनसम्मका किरालाई होपर भनिन्छ र यसका पखेटा पनि आइसकेका हुँदैनन् । यो किरालाई नियन्त्रण गर्ने उपयुक्त समय मानिन्छ र यसको रङ हरियो हुन्छ ।

त्यसपछि हरियोदेखि खैरो र गुलाबी हुँदै पहेंलो रङको हुन्छन् । जुन अवस्थामा यसको नियन्त्रण लगभग असम्भव छ । यी किराहरू समूह बनाएर झुण्ड रूप लिई बसाइँसराइ गर्न थाल्दछन् ।

किराहरू धेरैजसो सुस्तगतिमा हावा चलेको दिशा र कम चाप हुने ठाउँमा उड्ने गर्दछन् । झुण्डमा ससाना पखेटाबिहीन निम्फहरू र बलिया वयस्कहरू पनि हुने गर्दछन् । यी सबै मिलेर बालीनालीलाई नष्ट पार्दछन् ।

सामान्यतया एउटा सलह किराले आफ्नो वजन बराबरको (करिब २ ग्राम) खाना खान सक्छ । यिनीहरूको एउटै स्वार्मले १२०० वर्ग किमीभन्दा धेरै क्षेत्र ओगट्छ ।

प्रतिवर्ग किमीमा ४० देखि ८० मिलियन (४ देखि ८ करोड) सम्म सलहहरू रहन्छन् । एक वर्षमै २ देखि ५ पुस्ताहरू उत्पादन गर्न सक्ने सलह एकैदिनमा १०० देखि २०० किमीभन्दा लामो दूरी तय गरेर समुन्द्र सतहदेखि २००० मिटर जति माथि उड्न सक्छन् ।

अहिलेको अवस्थार चुनौती

अफ्रिका, मध्य अफ्रिकी देश र मध्य पूर्व एसिया हुँदै पाकिस्तानबाट यो कीराहरूको हुल अहिले छिमेकी भारतको उतराखण्डमा देखा परेका समाचार आईरहेका छन् ।

कोभिड–१९ महामारीबाट खाद्य संकटको जोखिम बढिरहेका बेला अचानक आएका सलहका बथान थप चुनौती बन्न पुगेका छन् । यी कीराहरू ४ करोडको झुण्डमा उड्ने गर्छन् ।

पछिल्लो समय भारतमा लाखौँ हेक्टर जमिनमा बाली नष्ट पार्दै घरआँगनमा समेत यी कीरा व्याप्त देखिएका छन् ।

यस्ता कीराले कसरी बाली नष्ट पारिरहेका छन् भन्ने दृश्य र भिडिओसमेत सामाजिक सञ्जालमा भाइरल बनेका छन् । भारतमा देखिएको यो समस्याप्रति विश्व खाद्य कृषि संगठनलगायत कृषि सम्बन्धी निकायले चासो र चिन्ता देखाएका छन् ।

विज्ञहरू यस समस्याबाट कसरी मुक्त हुने उपायको खोजीमा छन् । अघिल्लो वर्ष साउदी अरब र यमनका भूभागमा यस्तै सलहको प्रकोपले खाद्य संकट नै पैदा भएको थियो ।

यसपटक भारतमा ठूलो संख्यामा रहेका किसानको अन्नबाली नष्ट गर्न थालेका छन् । यसअघि पाकिस्तानमा पनि यसको प्रकोप बढेपछि त्यहाँ राष्ट्रिय संकट घोषणा गरिएको थियो ।

अहिले भारतका उत्तरी क्षेत्रमा यस्ता कीराले बाली नष्ट गरिरहँदा नेपालतर्फ बढ्न सक्ने चिन्ता विज्ञहरूको छ ।

नेपालको समिा नजिकै पर्ने जयपुरमा यसको असर देखिएपछि नेपालतर्फ पनि यी कीरा पुग्नसक्ने बताइएको छ । त्यसो त, झण्डै २५ वर्षअघि नेपालमा पनि यस्तै प्रकृतिका सलहले बाली नष्ट गरेको बताइन्छ ।

नियन्त्रणका उपायहरू

यस किराको प्रकोप निर्मूलरूपमा समाधान गर्ने अवस्था अहिले छैन । नेपाल लगायत विभिन्न विश्वका शक्तिशाली राष्ट्रहरू पनि यसको रोकथामका उपायहरू अपनाई रहेको अवस्था छ ।

सार्क राष्ट्र पाकिस्तानमा पनि हालसालै यसको नियन्त्रणमा कठिनाई भएपछि चीनबाट हाँसहरू ल्याएको पनि समाचार आएका थिए तर त्यो विधि प्रभावकारी हुन नसकेको भन्ने छ ।

सलह किराको प्रकोपलाई कम गर्नको लागि विभिन्न पहलहरू भईरहेका छन् र त्यी मध्ये केही उपायहरू यसप्रकार छन्ः–

बिषादीरहित उपायहरू

१. ठूलो आवाजको ध्वनी निकाल्ने यन्त्रको प्रयोग गरेर किराहरूलाई भगाउने ।
२. किराको संख्या नियन्त्रण गर्न किराले प्रजजन् गर्ने सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।
३. धुवा निकालेर, विभिन्न प्रकारका जालो, पासोको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्नेजस्ता क्रियाकलापबाट पनि केही हदसम्म यस किराको प्रकोपलाई कम गर्न सकिन्छ ।
४. जैविक विषादी प्रयोग गर्ने साथै जैविक विधि अपनाउने ।
५. विभिन्न सर्भेहरू जस्तैः जीपीएस (GPS), जीआईएस (GIS) को माध्यमबाट यस सम्बन्धी डाटाहरू संकलन गर्ने र सम्भावित प्रभाव क्षेत्रहरू पहिचान गर्ने ।

रासायनिक उपायहरू

विषादीको प्रयोगले वातावरण र प्रकृतिमा प्रतिकूल असर देखिने भएकाले सकेसम्म रासायनिक विषादीको उचित र उपोयोगी ढङ्गले प्रयोग गर्नुपर्दछ ।

भारतमा यसको नियन्त्रणमा मालाथिएनको प्रयोग गरेको पाइएको छ भने, पाकिस्तानमा डाइजिनन र फिप्रोनिल साथै अफ्रिकामा ग्रीन मसल भन्ने विषादीको प्रयोग सबभन्दा सफल देखिन्छ ।

विभिन्न उपकरणहरूको माध्यमबाट थोरै मात्रामा (ULV form) अर्गानोफोस्फेट रसायनहरूको प्रयोग गर्न सकिन्छ । त्यस्तै प्रकोप फलिएको ठाउँमा हवाईजहाज, ड्रोनको प्रयोग गरेर विषादी छिट्न पनि सकिन्छ ।

छिमेकी राष्ट्र भारतमा र नेपालको जयपुर लगायतका ठाँउका आसपासमा यसको प्रकोप देखिएको हुनाले नेपाल सरकारले यसमा थप ध्यान दिन जरूरी छ ।

विभिन्न जिल्लामा रहेका कृषि ज्ञानकेन्द्र, सेवाकेन्द्र, स्थानीय तहसँग समन्वय गरि यसको नियन्त्रणमा लाग्न थप जरूरी देखिन्छ ।

लेखकः कृषि ज्ञानकेन्द्र सोलुखुम्बुका बाली संरक्षण अधिकृत हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here